नेपाली फिल्ममा अष्ट्रेलियन नायिका

अनलाइन खबर लेख छन, खासै गुणात्मक फड्को मार्न नसकेपनि नेपाली सिने जगतले बिदेशी कलाकारलाई भने एकपछि अर्को गर्दै आर्कर्षित गरिरहेको छ । भारतीय नायिका मोनिका बेदी काठमाडौं आएको हल्लाखल्ला नेपाली मिडियामा भइरहँदा एक अष्ट्रेलियन नायिकाले भने काठमाण्डौंमा नेपाली निर्देशकको निर्देशनमा अभिनय गरिरहेकी छिन् ।

काठमाडौंका बिभिन्न ठाउँमा छायाँकन भइरहेको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’मा अष्ट्रेलियन नायिका सराह मावेले अभिनय गरेकी हुन् । बिभिन्न अंग्रेजी चलचित्रमा अभिनय गरीसकेकी सराहको यो पहिलो नेपाली फिल्म हो ।

काठमाडौंमा सोमबार राति ‘डेस्टिनेशन काठमाडौं’ सुटिङ भइरेका बेला अनलाइनखबरका फोटो पत्रकार रमेश सुबेदी त्यहाँ पुगेका थिए । दीपक रायमाझीले निर्देशन गरेको यो चलचित्रमा नायिका सराहालाई स्कि्रप्ट रोमनमा लेखेर कण्ठ पार्न लगाइएको छ । सराहाले केहि नेपाली शब्द पनि सिकिसकेकी छन् । अनलाइनखबरसंगको कुराकानीमा उनले नेपाली भाषा रमाइलो लागेको बताइन् ।

टिप्पणी छोड्नुहोस्