‘रेडलाइट एरिया चाहिन्छ’ (विशेष अन्तर्वार्ता)

काठमाडौं : मलाई लोग्ने होइन लोग्नेमान्छे

चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् ।
नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पुरुषले म हिलालाई खेलौनाका रुपमा मात्र प्रयोग गर्ने गरेको उनको आफ्नै अनुभव छ । पुरुषले महिलालाई खेलौनाका रुपमा प्रयोग गर्दा हुने तर महिलाले पुरुषलाई किन प्रयोग गर्न नहुने भनेर उनमा बिद्रोह जन्मिएको हो । पुरुषप्रधान नेपाली समाजका लागि उनको यो विद्रोह ठूलो चुनौती पनि हो ।
पुरुषले महिलालाई सधैं प्रयोगमात्र गर्न थालेपछि यौनका ’boutमा परम्परागत नेपाली समाजभन्दा भिन्न धारणा राख्ने यिनै स्मिता थापासँग धर्तीआवाजले विशेष र लामो अन्तर्वार्ता लिएको छ । प्रस्तुत छ स्मिता र धर्तीआवाजको त्यही सवाल–जवाफ :
भर्खरै प्रकाशित खेलौना उपन्यास तपाइँकै वास्तविक जीवन कथा हो त ?
हो, खेलौना उपन्यासमा ८० प्रतिशत मेरो वास्तविक जीवन कथा छ, २० प्रतिशतचाहिँ थपथाप मसला हालिएको होला । अलिअलि त मसला पनि चाहियो नि होइन ।
उपन्यासकी पात्रको नाम पनि स्मिता नै राख्न तपाइँले आग्रह गर्नु भएको हो रे होइन ?
जब उपन्यास नै मेरो कथामा आधारित भएर बनेपछि नाम किन नराख्ने भनेर मैलै नै वास्तविक नाम राख्न भनेकी हुँ । सुरुमा त उपन्यासकी पात्रको नाम रीता लेखिएको रहेछ ।
कसरी हिम्मत गर्नु भयो त त्यस्तो सेक्सको कथामा आधारित उपन्यासमा आफ्नो वास्तविक नाम राख्न ?
यो सामान्य कुरा हो, उपन्यास नै मेरो वास्तविक कथामा बनेपछि नाम राख्न किन हिच्किचाउने भनेर राख्न लगाएकी हुँ । कथा नै ममा आधारित भएपछि नाम दिनु के ठूलो कुरा भयो र ?
उपन्यासको विषय वस्तु पनि तपाइँकै एउटा भनाई ‘मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ’ बाट बनेको रहेछ, साँच्चै तपाइँलाई लोग्नेमान्छे मात्रै चाहिएको हो ?
अहिलेसम्म त्यस्तै भएको छ । अहिलेसम्म मैले जति पुरुषसँग संगत गरे सबैसँग त्यस्तै भएको छ । मेरो जिन्दगीमा जति पुरुष आए सबै त्यस्तै आए  । अहिलेसम्म पनि मसँग त्यस्तो कोही आएको छैन, जो सँग म जीवन बिताउँछु भन्ने होस् । लाइफ पार्टनर भन्ने त्यस्तो केही भएन, अहिले पनि म सिंगल छु, कारण त्यही हो, मैले भनिसकेकी छु– मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ । यही नै भइरहेको छ ममाथि ।

लोग्ने मान्छेप्रति त्यस्तो धारणा बन्नुको खास कारण के हो ?
सुरुमा मेरो एकजनासँग तीन वर्षसम्म अफेयर्स चलेको थियो, ऊ सँग ब्रेकअप भएपछि मलाई लोग्नेमान्छेसँग विश्वास मर्दै गयो अनि यस्तै रहेछ भन्ने लाग्यो । मैले कसैसँग सिरियस्ली जान्छु भनेर पनि सोचेकी थिएँ तर त्यस्तो भएन । मसँग हुँदा पनि म नभएका बेला अरु केटीसँग डेटिङ जाने भएपछि ममा पनि यस्तो धारणा बनेको हो । अहिलेसम्म पनि त्यस्तै भइरहेको छ ।
अहिलेसम्म पनि त्यस्तै धारणा हो लोग्नेमान्छेप्रति ?
म लोग्नेमान्छेलाई घृणा पनि गर्दिन तर त्यस्तै धारणा छ ।
अहिलेसम्म कतिजना पुरुषसँग संगत गर्नु भयो त ?
थाहा छैन हाउ, गनेर को बस्छ (लामो हाँसो) … अहिले गन्ने कसलाई फुर्सद र, गनेको छैन । छोटो समय संगत भएका केटाको मलाई नाम त याद हुँदैन । कहिलेकाँही फेसबुकमा मलाई चिनेनौ म त्यो मान्छे भन्छन मलाई यादै हुँदैन । पछि फोटो हेरेपछि बल्ल ए भन्ने हुन्छ ।
भनेपछि तपाइँ पुरुष साथी अर्थात् सेक्स पार्टनर फेरिरहनु हुन्छ ?
फेरिरहने भन्दा पनि मान्छे नै हुँ म पनि, कसैको साथ चाहिन्छ नै, छोटो समय होस् या लामो समय कोही न कोही त चाहिन्छ । चाहिएको समयमा कोही हुन्छ, त्यस्तै हो कोही सर्ट टाइमको, कोही लङ टाइमको भइरहन्छ । फेरिएकै जस्तो लागिरहेको छ मलाई पनि ।
एउटा पुरुषसँग कति समय संगत गर्नुहुन्छ ?
म त्यसरी टाइम तोक्दिन, तर अब संगत गर्दै जाँदा आफसेआफ त्यस्तै हुन्छ । विश्वास तोडिदै गएपछि ब्रेकअप हुन्छ । मन मिलुन्जेल साथ हुन्छ त्यसपछि आआफ्नो बाटो लाग्यो त्यही हो ।
यसरी नै बित्छ त जिन्दगी ?
(हाँसो) मलाई नै थाहा छैन, यसरी नै बिताउँछु भनेर सोचेको छैन । जहिलेसम्म बित्छ बिताउने हो ।
अनि बिहे चै नगर्ने नै हो ?
अब त्यस्तै भन्नु पर्ला ।
अनि बिहे नगरी छोरी त जन्माउनु भएछ नि ?
हो, छोरी जन्माएको त दुई वर्ष पो भइसक्यो त ।

तपाइँको पेसाचाहिँ के हो त ?
अहिले त केही छैन, खायो बस्यो त्यति हो ।
यसरी नै चल्दो रैछ त ?
यसरी नै त कहाँ चल्छ र तर अहिलेचाहिँ केही छैन ।
मोडलिङ पनि गर्नु हुन्छ होइन ?
गर्छ, अहिले तत्काल त त्यस्तो केही गरेको छैन पहिले पहिले गर्थें । म सन् २००४ को मिस पूर्वाञ्चल पनि हो । मैले त्यति बेलादेखि नै मोडलिङ गर्न थालेको हो ।
तपाइँ त इन्जिनियरिङको विद्यार्थी पनि हो नि, किन छोड्नु भयो पढाई ?
हो म फुड टेक्नोलोजीको विद्यार्थी हो, आईटेक क्लियर छ बीटेक क्लियर छैन । बीटेक दोस्रो वर्षमा ब्याक लाग्यो अनि त्यत्तिकै छोडिदिएँ ।
जीवनको लक्ष के छ त ?  
एउटा छोरी भई, सबै समय उसैसँग बित्छ, अब यही छोरीलाई पढाउने, लेखाउने, हुर्काउने, छोरीको भविष्य बनाइदिने त्यही छ दिमागमा, अब अरु के भन्नु (हाँसो) ।
आमा भएपछि जिम्मेवारी महसुस हुँदो रहेछ ?
हुँदो रहेछ त्यो त, जहाँ भए पनि समयमा घर पुग्नै पर्ने, बिहान पनि आज म ढिलो उठ्छु भन्न नपाउने । छोरीको लागि कहिल्यै जु (चिडियाखाना) नजाने मान्छे आज त्यहाँ पनि गएर आएँ ।
तपाइँ यस्तो हट मोडेल, चर्चामा पनि आउनुभयो, फिल्म खेल्न कसैले प्रस्ताव गरेन ?
अफर त धेरै आएको हो तर इन्ट्रेस्ट नभएर होला फिल्म खेलिन । प्रस्ताव त अहिले पनि आइराख्छन् ।
खेलौना जस्तै तपाइँकै जीवनमा आधारित फिल्म कसैले बनायो भने खेल्नु हुन्छ ?
आफ्नैमा त के खेल्नु (हाँसो), आफ्नै कथामा त मजै आउँदैन नि । आफ्नोमा त झन् नखेल्ने । कसैले राम्रो बनायो भने बिचार गर्नुपर्ला ।
जिन्दगी के रहेछ त ? के बुझ्नु भयो यहाँसम्म आइपुग्दा ?
खोई के भन्नु र, मलाई त जवाफ नै आएन । नाटक त होला नि । आउँछन् केटाहरु माया गर्छु भन्छन् फेरि कहाँ जान्छन् जान्छन्, फेरि खोज्नुपर्छ यस्तै हो ।
पहिले संगत भएका पुरुष अहिले पनि सम्पर्कमा आउँछन् ?
अहँ, छैन कोही पनि । ब्रेकअप भएपछि फेरि त्यसलाई फर्केर हेर्ने बानी छैन । सम्पर्क गर्न त खोज्छन् तर म सम्पर्क गर्दिनँ । एकपटक थुकेको थुक फेरि चाट्ने बानी छैन मेरो ।
सेक्समा पनि उदार हुनुहुन्छ रे नि तपाइँ ?
बाहिरको मान्छेसँग त होइन, अब ब्वाइफ्रेण्डसँग रिलेसन बनाउनु ठूलो कुरा होइन । मन मिल्छ भने रिलेसन राख्नु ठूलो कुरा होइन ।
तर, नेपाली समाजले त यौन सम्पर्कका लागि बिहे गर्नु पर्छ भन्छ नि ?
बिहे गरेर के नै पाउने हो ? बच्चा पाउने हो, घरपरिवार हुन्छ त्यसलाई पनि रिझाउन सक्नु प¥यो । अब अहिले डिभोर्सका कति केस आएका छन् त्यो कुरा गरौं न । नेपालमै दिनमा ४–५ वटा डिभोर्सका केस आइरहेका छन् । बिहे गर्दैमा म खुसी हुन्छु भन्ने होइन ।
किन बढिरहेका होलान् त सम्बन्ध बिच्छेदका घटना ?
ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डमा भएजस्तो बिहे गरेपछि हुँदैन । सुरुमा मन मिल्यो हामी बिहे गरौ भनेर हुन्छ तर बिहेपछि धेरै फरक हुन्छ । मैले धेरै साथीभाइको देखेको पनि छु । मन नमिलेपछि डिभोर्स त भइहाल्ने भयो । अब एकजनासँग मात्र रिलेसन बनाउँदा बनाउँदा वाक्क पनि हुन्छ, त्यसैले मलाई एकजनासँग मात्र बसेर वाक्क हुन मन लाग्दैन के ।
भनेपछि नयाँनयाँ टेस्ट लिइराखौं भन्ने हो तपाइँको मान्यता ?
रिलेसन त्यस्तै हुन्छ, अब ब्वाइफ्रेण्ड गलफ्रेन्डबीच ३–४ वर्ष हुँदा पनि किन ब्रेकअप हुन्छ ? सर्ट टाइमको लागि मात्रै हो के । सर्ट टाइमको लागि हामी सोच्छौं यही हो मेरो भनेर बिहे गरिहालौ भन्ने सोच्छौं । तर बिहे गरेपछि त्यस्तो हुँदैन । नेपालमा पनि बाहिर रिलेसन राख्ने क्रम बढ्दै गएको छ । अब एउटै दाल, भात, तरकारी मात्र खाँदा खाँदा वाक्क पनि हुन्छ नि । त्यही भएर महिला होस वा पुरुष बाहिर रिलेसन भइरहेको हुन्छ, अफेयर्स चलिरहेको हुन्छ ।

हो, समाजमा त्यस्तो सम्बन्ध धेरैको हुन्छ तर तपाइँजस्तो भन्ने हिम्मत गर्दैनन् नि ?
सबैले लुकाउनै खोज्छन, मैले त्यस्तो भनें भने अरुले के भन्लान् भन्ने सोच्छन् । आफूले त्यस्तै व्यवहार गरे पनि अरुको चाहिँ कुरा गर्ने आफ्नो लुकाउने गर्छन् । भन्न डराएरै हो ।
तपाइँको भनाई आफ्नो जिन्दगी आफूले चाहेअनुसार जिउन पाउनुपर्छ भन्ने हो ?
हो, त्यही हो ।
महिलामाथि हिंसाका घटना किन भएका होलान् ?
पुरुषप्रधान समाजकै कारण हो । पुरुष हाबी हुन खोज्ने कारणबाट हो । पुरुषले मै हुँ भन्ने सोचेर समाजमा श्रीमती पिटिने, आफ्नै श्रीमतीलाई बलात्कार गर्ने घटना भइरहेका हुन् । पुरुषले महिलालाई सधैं दबाएर राख्न खोज्छन् । पुरुषले आफूलाई मै हुँ भन्ने ठानेर यस्तो भएको हो ।
पछिल्लो समयमा समाजमा बलात्कारका घट्ना धेरै नै बढेका छन् नि, किन यसरी यौन हिंसा बढिरहेको होला ?
जे कुरा लुकाएर राखिन्छ त्यही कुरामा बढी खुल्दुली हुन्छ, सेक्सका कुरा हामी मान्छेका अगाडि भन्दैनौ तर त्यही कुरा पत्रिकादेखि लिएर वेबसाइटसम्म खोजीखोजी हेरिरहेका हुन्छौं । त्यो हामी खुलेआम होइन लुकीलुकी हेर्छौं । सेक्सका ’boutमा भएको कुरा बिक्छ । अब खेलौना उपन्यासकै कुरा गरौं न, त्यहाँ सेक्सकै कुरा छ भनेर सबैले किनेका हुन् । सामान्य एउटी भातभान्सामा सीमित महिलाका ’boutमा त्यो भएको भए कसैले किन्दैन थियो । हो, समाजमा यही सेक्स लुकाउन खोज्ने प्रवृत्तिले गर्दा बलात्कारलगायत यौन हिंसाका घटना बढिरहेका हुन् ।
भनेपछि यौन स्वतन्त्रता चाहियो भन्न खोज्नु भएको हो ?
हो, चाहियो । नेपालमा अब रेडलाइट एरिया (वेश्यालय) अत्यावश्यक भइसक्यो । रेडलाइट एरिया तोकिदिएर यौन व्यवसाय गर्न दिने हो भने पनि समाजमा बलात्कारका घटना कम हुन्छन् ।
रेडलाइट एरिया छुट्याए पनि त्यहाँ त पुरुषका लागि मात्रै होला नि ? महिलालाई पनि आवश्यक होला नि हैन ?
महिलाका लागि पनि आवश्यक छ, पुरुषका लागि मात्र होइन महिलाले आवश्यक महसुस गर्दा जाने ठाउँ पनि आवश्यक छ । अहिले पनि बाहिर सार्वजनिक नभए पनि नेपालमा जिगोलो (पुरुष यौनकर्मी) छन् । भित्रभित्रै भए पनि त्यस्तो काम हुँदै आएको छ । पुरुषले महिलालाई जति बलात्कार गरिरहेका छन्, महिलाले पुरुषलाई बलात्कार गरे भन्ने घटना पनि त कम छन् नि ।
रेडलाइट एरिया पचाउला त नेपाली समाजले ?
पचाउँछ जस्तो लाग्छ मलाई त । बाहिर सार्वजनिक नभए पनि भित्रभित्रै कति छन् कति रेडलाइट एरिया । अहिले तपाइँ प्रत्येकजसो टोलमा यस्तो काम हुने घर भेट्टाउनु हुन्छ । तर यी सबै लुकीछिपी हुन्छन् । तपाइँ आफै भन्नुस यसरी लुकीछिपी चाहिँ चल्ने अनि वैधानिक रुपमा रेडलाइट एरिया छुट्याउँदा नपचाउने भन्ने हुन्छ । खोज्ने हो भने हरेक १० वटा घरमा दुईवटा त्यस्ता काम हुने घर पाइन्छ । पचाउँछ पचाउँदैन भन्ने कुरा होइन घरघरमा यस्तो काम चाँहि हुने अनि वैधानिक बनाउन नहुने भन्ने होइन । सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्छ ।
पोर्न फिल्म हेर्नु हुन्छ ?
एकपटक नौ कक्षामा पढ्दा साथीको घरमा हेरेकी थिएँ, त्यत्ति हो त्यसपछि हेरेकी छैन ।
पुरुष छान्दा के हेर्नु हुन्छ ? के केलाई आधार बनाउनु हुन्छ ?
(लामो हाँसो) पहिलो त बोली नै हो । फेरि त्यस्तो होइन कि यो सँग नजिकिन्छु नै भनेर पनि होइन । यो नै चाहिन्छ, यो नै मेरो लागि परफेक्ट हो भन्ने हुँदैन । अब सबैसँग रिलेसन पनि हुँदैन । मेरा अझै पनि कति केटा साथी छन्, ती सबैसँग रिलेसन हुँदैन । साथीभाइ पनि त चाहियो नि हैन? सबैसँग रिलेसन गर्दै छोड्दै गयो भने त एक्लै हुँला नि फेरि (हाँसो) ।
नेपालमा पछिल्लो समयमा विवाहभन्दा बाहिर अर्थात श्रीमान् श्रीमती सँगै पनि बस्ने तर श्रीमानले अर्की महिला तथा श्रीमतीले पनि अर्को पुरुषसँग यौन सम्बन्ध बनाउने प्रचलन बढ्दै गएको हो ?
हो, समाजमा त्यस्तो पाइन्छ । हामी समाजका अगाडिचाहिँ खुसी छु सन्तुष्ट छु श्रीमान् श्रीमतसँग भन्छौ । तर भित्र के छ त्यो थाहा हुँदैन । अब बाहिर अफेयर्स चलाउनु कारण के हो त ? एकअर्कासँग सन्तुष्ट नभएर नै हो । सेक्समा सन्तुष्टि नभएर होस् या मन नमिल्ने कुरा होस् बाहिर अफेयर्स चल्नुको कारण त्यही हुन्छ । मैले मेरै परिवारमा पनि देखेको कुरा हो, बाहिर अफेयर्स किन चल्दो रहेछ भनेर । श्रीमानभन्दा श्रीमती धेरै कमाउने छ भने पनि खटपट हुँदो रहेछ तर बाहिर देखाउनु त भएन । विवाहभन्दा बाहिर अफेयर्स चलाउनु सामान्य भइसक्यो नेपालमा पनि ।
घरमा श्रीमान् श्रीमतीका रुपमा पनि बस्ने अनि बारिह पनि अफेयर्स चलाउने त ठीक नहोला नि ?
मलाई त ठीक लाग्छ, अब योसँग मेरो घरजम बस्यो मैले बाहिर हिँड्नु हुँदैन भन्ने होइन । सन्तुष्ट नभएपछि त्यहीमात्र हो मेरो जीवनमा भनेर बस्नु पर्दैन । अब बच्चा हुन्छ, छुट्टिएर जीवन चलाउन गाह्रो हुन्छ । त्यही भएर पनि वैधानिक रुपमा चाहिँ नछुट्टिउ भन्ने हुन्छ तर सन्तुष्टिका लागि विकल्प खोज्दा केही फरक पर्दैन जस्तो लाग्छ मलाईचाहिँ ।
धेरैजसो श्रीमान् श्रीमतीबीचमा यौन असन्तुष्टिकै कारणबाट खटपट सुरु हुँदो रैछ होइन ?
हो, हामी ९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन अरे नि त । हामीलाई सेक्स गर्न नआएरै त्यसो भएको होला ।
किन नआएको होला त नेपालीलाई सेक्स गर्न ?
यौन शिक्षाको कमीले गर्दा यस्तो भएको हो । स्कुलमा कोर्स भए पनि शिक्षकले यौनका विषय नपढाउने । हामीले समाजमा पनि सेक्सका ’boutमा खुलेर कुरा नगर्ने यस्तै कारण नै हुनसक्छ त्यसमा । रिलेसन बिग्रिनुको कारण पनि मुख्य यही नै हो ।
आसन नजानेर पनि यस्तो समस्या आएको भन्छन नि ?
नेपालीहरुको त्यही एउटै परम्परागत आसन हो भन्छन् । अब हामीलाई सधैभरि एउटै दालभात मात्र खाइरँदा कस्तो दिक्क हुन्छ । कहिलेकाही त मासुको परिकार पनि खान मन लाग्छ नि । सेक्समा पनि त्यस्तै हो, एउटै आसनमात्र प्रयोग गर्दा त्यस्तो भएको होला । हामीलाई आसन नआएर पनि होला । त्यसको लागि यौन शिक्षा आवश्यक छ ।
यहाँको एउटा मिसन यौन स्वतन्त्रता हुनुपर्छ भन्ने हो ?
हुनुप¥यो नि, यौन शिक्षा पनि अत्यन्त आवश्यक छ नेपालमा ।
यसको लागि अभियान चलाउने विचार गर्नु भएको छैन त ?
अब एक हातले मात्र ताली बज्दैन, कोही कसैको साथ सहयोग भए अवश्य पनि म यो अभियान चलाउन चाहान्छु तर एक्लै त केही पनि गर्न सकदैन नि ।
अब बिहेचाहिँ गर्दिन नै भन्ने बाचा गर्नु भएको हो त ?
अब बिहे गर्दिन भन्दा पनि एउटा बच्चा चाहिँ भयो, अब बच्चा भएपछि अर्काको बच्चा उठाउने कसले आँट गर्छ र । हाम्रो समाजमा स्मिताले यस्तो ग¥यो लु म छु है भन्ने हिम्मत भएका बोल्ड मान्छे नै छैनन् । बिहे गर्नु त परै जाओस् अहिले छेउमा आउन पनि डराएका छन् (लामो हाँसो) ।
छोरीको बाबुका ’boutमा भन्नुस न त ?
छोरीको बाबुका ’boutमा कुरा नगरौं । एक वर्ष भयो हामी छुट्टिएको । पहिले सँगै बस्थ्यौं अहिले छुट्टिएका छौं । छोरीलाई मैले आफ्नै थर दिएकी छु बाबुको दिएकी छैन । बाबुको दिन जरुरी पनि छैन । नागरिकता पनि म मेरै नामबाट दिन्छु । म बाबुको नाम त दिदै दिन्न त्यति रिस पनि उठेको छ मलाई ।
पछि छोरीले बाबु चिन्छु भनिन् भने चिनाइ दिनु हुन्छ ?
होइन अहिले पनि उनीहरु त भेट्छन् । छोरीले चिन्छ अहिले पनि आफ्नो ड्याडीलाई । म त्यस्तो पनि होइन, उसको पनि छोरी हो हेर्न उसलाई पनि मन लाग्छ होला भनेर म भेट्न दिन्छु ।
भेटेको बेला आफू पनि बोल्नु हुन्छ ?
अ अलि अलि बोल्छु । त्यस्तो कुरो नै हुँदैन ।
कति वर्षसँगै बस्नुभयो त छोरीको बाबासँग ?
त्यस्तै डेढ वर्ष जति सँगै बसियो होला । त्यसपछि ब्रेकअप भयो ।
उहाँले अर्को बिहे गरिसक्नु भयो त अहिले ?
बिहे गरेको त छैन ।
किन मन मिलेन त उहाँसग ?
अब मसँग हुँदाहुँदै अरु केटीसँग रिलेसन राख्यो, धोका दिने काम भएपछि कुरा मिलेन । मान्छेको मन भनेको चेन्ज भइराख्दो रैछ । बिहे नगरी त ’twas झन बिहे गरेको भए त धोका हुने नै रहेछ ।
तपाइँलाई त कम उमेरको भन्दा अलि बढी उमेरको पुरुष मन पर्छ अरे होइन ?
(हाँसो), भन्न खोजेको त्यस्तो पनि होइन । सेक्स एजुकेसनको कमीले गर्दा मलाई पनि त्यस्तो लागेको होला । मैले जतिसँग संगत गरे ती सबैको उमेर मेरोभन्दा बढी नै थियो । मलाई फेरि अलि म्याचोड मान्छे नै मन पथ्र्यो पहिलेदेखि नै । स्कुलमा पढ्दा पनि लभ त गरिएन तर आफूभन्दा अलि सिनियर नै केटो होस भन्ने चाहिँ लाग्थ्यो ।
यौनका मामिलामा पनि अनुभवी हुन्छन् भनेर हो ?
हुन्छन् त्यो पनि । तर मैले त्यसरी नै छानेको हैन । त्यस्तै त्यस्तै संगतमा आए । त्यसले गर्दा यस्तै देखियो ।
यहाँले त सानै उमेरमा सेक्सको अनुभव गर्नु भएको थियो रे हो ?
(हाँसो… सम्झन खोज्दै) अ त्यस्तै होला, मैले एसएलसी दिएपछि होला । त्यस्तै १६ वर्षको उमेरमा होला मैले पहिलोपटक ओरल सेक्स गरेको ।
सानैदेखि सेक्स स्वतन्त्रताको पक्षपाती हुनु हुँदो रहेछ हैन ?
(हाँसो) अब खै के भन्ने, मुभीहरु हेरियो, इन्ट्रेस्ट त जसलाई पनि लागि हाल्छ नि । के के न हुन्छ जस्तो हुन्छ भयो । त्यसमा पनि खास म त्यस्तो नै गर्छु भनेर होइन तर त्यस्तै भयो ।
छोरी जन्मिएपछि तौल पनि घटेछ होइन ?    
हो, अहिले अलि घटेकी छु तर टेन्सनले भन्ने नसोच्नु होला नि ।
तपाइँलाई पुरुषले आकर्षित गर्छन् कि तपाइँले चाहिँ पुरुषलाई आकर्षित गर्नुहुन्छ ?
अँ हेरेर हुन्छ, मलाई मन परेको छ भने म आफै गर्छु । तर प्राय त केटाले नै गर्छ नि हैन ? मलाई इन्ट्रेस्ट लाग्या छ भने म आफै फरवार्ड भएर अगाडि जान्छु । केटाले नै प्रपोज गरोस् अनि म एस भन्छु भनेर पर्खेर बस्दिनँ । म राम्रो लाग्यो भने राम्रो लाग्छ भन्छु ।
कस्तो पुरुष राम्रो लाग्छ त ?
मलाई त ब्ल्याक ब्ल्याक हेन्डसम मान्छे मन पर्छ । कालेकाले हाइटी, सेक्सी बडी भएको मन पर्छ ।
पछिल्लो समयमा चाहिँ कोही ब्वाइफ्रेन्छ छ कि छैन त ?
छ, कसैसँग डेटिङ गरिरहेकी छु । एक डेढ वर्ष त खाली पनि बसेकै हो तर हिजोआज कसैसँग डेट गर्दैछु ।
अन्त्यमा नेपाली महिलालाई के भन्न चाहानु हुन्छ ?
कसैको दबाबमा नबसौं, कुन्ठा दबाएर नबसौं । इच्छा के छ त्यो दबाएर नबसौं । मैले त इच्छा मारेकी छैन, अरुलाई पनि इच्छा नमार्नुस भन्छु । यौन स्वतन्त्रताका लागि आवाज उठाउनुस । मेरो जस्तै बोल्ने आँट गर्नुहोस् । मैले सेक्समा मात्र भन्न खोजेको होइन, सबै क्षेत्रमा अगाडि बढ्नुस । परिवारले गर्न दिएर भनेर दबिएर नबस्नुस । घरमा दालभात पकाएर मात्र नबसौं । दुई दिनको जिन्दगानी भन्छौ नि हामी खुसी भएर बाँचौं । मैले एउटैसँग जिन्दगी बिताउनुपर्छ भन्ने नसोचौं । एकजनासँग सेक्स गरियो अब अरुसँग गर्नु हुँदैन भन्ने नसोचौं । सेक्समा सन्तुष्टि नभएर पनि त्यहीसँग बसिरहनु पर्छ भन्ने हुँदैन ।

टिप्पणी छोड्नुहोस्