लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा जीवनी

लोकगायक राम थापा

लोकगायक तथा प्रसिद्ध संगीतकार राम थापा रहेनन् । लोकगीत, लोकसंगीतका साधक थापाको नाम नसुन्ने नेपाली सायदै होलान् । अमेरिकादेखि युरोपसम्म, जापानदेखि टिमोर वा हैंटीसम्म जहा“-जहा“ नेपाली छन्, राम थापाका ठटयौला लोकगीतहरू, नेपालीपनका संगीत र नेपाली माटो सुहाउदा स्वदेश गानहरूले नेपालीलाई ऊर्जा दिलाएको हुनपर्छ । रणसंग्राममा होस् वा कलकारखानामा, चुल्होचौकोमा होस् वा खेतबारीमा राम थापाले सबैलाई हसाए, मोहित तुल्याए । आखिरमा आर्यघाटमा हामी सबैलाई रुवाए । प्रसिद्ध गीतकार डा कृष्णहरि बराल भन्छन्, ‘लोकगीतलाई आधुनिकपनमा ढालेर ‘नया“ फयुजन’ दिनसक्ने युगअनुसारका स्रष्टा हुन्, राम थापा ।’ हुन पनि राम थापाले जुन गीतमा संगीत दिए, तिनै गीतहरू कर्णप्रिय बने । बरालका धेरैजसो गीतमा संगीत दिएका छन्, राम थापाले ।

‘माइलो दाइ कृष्णबहादुर थापा मगरको निधन भएको ८ महिना नबित्दै दाजु राम थापा मगरलाई पनि चितामा जलाउनुपर्‍यो’, दाजुको निधनमा शोकमग्न कान्छा भाइ पुरुषोत्तम थापा मगर वेदना व्यक्त गर्दै थिए, पशुपति आर्यघाटमा । संगीतकार थापाका एकमात्र छोरा निशाप (निशु) को पनि ०५६ सालमा १७ वर्षो उमेरमा दुःखद निधन भएको थियो । छोराको निधनले विछिप्त मनस्थितिका गायक बेला-बेला ‘अब मेरो सहारा गीत-संगीत र रजनी’ भन्ने गर्थे । हुन पनि पार्थिव शरीरमा दागबत्ती उनको जीवनसंगीनी

रजनी थापाले अर्धचेतन अवस्थामा दिइन् । एउटा प्रतिष्ठित गायकको जिन्दगी आर्यघाटमा आगोको मुस्लोस“गै उडेर गयो ।

‘कुन देशकी परी हौ तिमी… (गायक हिक्मत माली), सुन-सुन मेरा साथी… -गायिका ताथा थापा), रिसाउ“दा झनै राम्री रिसाइ देउन विन्ती… (रविन शर्मा) मा संगीतका परागस“गै मुस्काएका देखिन्छन्, राम थापा । यसैगरी सदावहार गीतहरू- कुन बेला टेक्यौ… (गायिका तारा थापा), वैगुनी छौ भनु“ भने… -प्रकाश श्रेष्ठ), तिमीलाई अचेल कहा“ भेटु“… (प्रेमध्वज प्रधान), बा“धेर किन छोडयौ हातहरू… (सुनिता सुब्बा), फूल झरे पनि का“डा र्झदैन… (रविन शर्मा, तारा थापा) आदिमा फक्रेका देखिन्छन् थापा । ०३८ सालमा रेडियो नेपालमा वाद्य संगीतमा जागिरमा प्रवेश गरेका उनी लोकगायनमा अब्बल दर्जाका गायकका रूपमा देखापरे । ‘हाईहाई वनकाली माई…’ को कर्णप्रिय लोकगीतबाट गायन क्षेत्रमा उदाएका थापा वनकालीको नजिकै रहेको आर्यघाटमा ५१ वर्ष जिन्दगीमा अस्ताए ।

सन् २००३ मा बीबीसीले र्सवेक्ष्ँण गरेको विश्वका विभिन्न राष्ट्रहरूको संगीत प्रतिस्पर्धामा नेपालको संगीत ७ औं स्थानमा आउन सफल भएको थियो । ‘ऋतुहरूमा तिमी हरियाली बतास हौ…’ गीतका गायक अरुण थापा र संगीतकार राम थापा हुन् । दुवै अमर स्रष्टा समाजबाट ओझेलमा परिसके भने उक्त गीतका गीतकार राजेन्द्र थापामात्र हामीमाझ छन् ।

संगीतका विद्यार्थीलाई ‘संगीतको नोटेसन पुस्तक’ उपहार दिएका राम थापा गायक, संगीतकारमात्र नभएर पुस्तकका लेखक पनि हुन् । राजधानीको मुटु कमलपोखरीमा जन्मेका उनले सहरी जीवनको हाउभाउभन्दा गाउ“ले परिवेशलाई रोजे । अनि लोकगीतका माला उनेर श्रोतालाई उपहार दिए । राम थापाका लोकगीतमा जीवनशैलीको शिल्फीपन प्रचुर मायामा भेटिन्छ । कति बस्छयौ माइतीको कौसीमा, कटर-कटरमा त्रि्रो सुहाउ“दो ज्वाइ“ आयो मोटरमा, नेपाली हो चोयाको डोको, ठोक्न मादल ठोक्, सुको पैसा रहेन खल्तीमा आदिजस्ता लोकगीत सुन्दा केही ठटयौलीपन देखाए पनि नेपाली समाजमा सँंगीतिक जलप लगाएको अनुभूति हुन्छ ।

टिप्पणी छोड्नुहोस्