नेपाली फिल्ममा अष्ट्रेलियन नायिका

अनलाइन खबर लेख छन, खासै गुणात्मक फड्को मार्न नसकेपनि नेपाली सिने जगतले बिदेशी कलाकारलाई भने एकपछि अर्को गर्दै आर्कर्षित गरिरहेको छ । भारतीय नायिका मोनिका बेदी काठमाडौं आएको हल्लाखल्ला नेपाली मिडियामा भइरहँदा एक अष्ट्रेलियन नायिकाले भने काठमाण्डौंमा नेपाली निर्देशकको निर्देशनमा अभिनय गरिरहेकी छिन् ।

काठमाडौंका बिभिन्न ठाउँमा छायाँकन भइरहेको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’मा अष्ट्रेलियन नायिका सराह मावेले अभिनय गरेकी हुन् । बिभिन्न अंग्रेजी चलचित्रमा अभिनय गरीसकेकी सराहको यो पहिलो नेपाली फिल्म हो ।

काठमाडौंमा सोमबार राति ‘डेस्टिनेशन काठमाडौं’ सुटिङ भइरेका बेला अनलाइनखबरका फोटो पत्रकार रमेश सुबेदी त्यहाँ पुगेका थिए । दीपक रायमाझीले निर्देशन गरेको यो चलचित्रमा नायिका सराहालाई स्कि्रप्ट रोमनमा लेखेर कण्ठ पार्न लगाइएको छ । सराहाले केहि नेपाली शब्द पनि सिकिसकेकी छन् । अनलाइनखबरसंगको कुराकानीमा उनले नेपाली भाषा रमाइलो लागेको बताइन् ।
पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

फेसबुकमा निशा सुनवार


पढ्नेक्रम जारी राख्नुहोस्

रेखा फिल्म ‘कसले चोर्‍यो मेरो मन’ लिएर अस्ट्रेलियामा

अभिनेत्री रेखा थापा फिल्म ‘कसले चोर्‍यो मेरो मन’ रिलिज गर्न बिहीबार अस्ट्रेलिया उडेकी छिन्। २० दिनको बसाइमा त्यहाँका विभिन्न सहरमा फिल्म देखाउने कार्यक्रम रहेको उनले जानकारी दिइन्। यसलाई उनले विदेशमा नेपाली फिल्मको अवस्था थाहा पाउने अवसर ठानेकी छिन्।
‘आफूले बनाएको फिल्म देखाउन म पहिलो पटक विदेश जान लागेकी हुँ। अस्ट्रेलियापछि अन्य मुलुकमा पनि फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको छ,’ उनले नागरिकसँग भनिन्, ‘यो अलि बढी बजेटको फिल्म हो। विदेशी बजारको प्रतिक्रिया बुझेर अर्को फिल्म अझै स्तरीय बनाउने कोसिस गर्छु।’ पढ्नेक्रम जारी राख्नुहोस्

नाङा कलाकारहरु भन्दै छन: कसलाई दिउ यो जोवान ?

नेपाली फिल्मले के कती प्रगती गर्दै छ भनेर गूगलमा आज सर्च गर्दा गजबको फ्लिम भेटे । फ्लिमको नाम चै कसलाई दिउ यो जोवन रे । हिन्दी सिनेमामा गीतको बोलबाट फ्लिमको नाम राख्ने क्रम तिब्र भै राखेको बेलामा नेपाल पनि के कम भनेर यो फ्लिमको नाम राखे जस्तो लाग्यो । लोकप्रिय गीत घास काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउ यो जोवनबाट प्रभाबित भएर एक लाइन चोरे पनि यो फ्लिम त्यो पुरानो गीत जति लोकप्रिय हुन्छ कि हुँदैन त्यो त पढ्नेक्रम जारी राख्नुहोस्

करिश्मा मानन्धर पुत्री कवितालाई प्रस्ताव

करिश्मा मानन्धर अझै पनि नायिकाका रूपमा अभिनय गरिरहेकी छिन् । राजेश हमालले करिश्माको जोडीका रूपमा थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् । अझै पनि राजेश र करिश्माको केमेस्ट्री मिल्छ भन्नेहरू प्रशस्त छन् । यसबीच केही साताअघि करिश्माकी छोरी कविताले आफ्नो १६ औं जन्मदिन एउटा पेज थ्री पार्टी आयोजना गर्दै मनाइन् । पार्टीमा चर्चित सेलिब्रेटीहरूको उपस्थिति थियो । जसमध्ये एक निर्माताले कविताका लागि एउटा रमाइलो प्रस्ताव राखे । उनको प्रस्ताव १६ वर्ष पुगेकी कवितालाई नायिका बनाउने पढ्नेक्रम जारी राख्नुहोस्

मोबाइलबाट सेक्स टेप सार्वजनिक….

सपिङ सकेर कोठामा फर्किंदा समृद्धिले आफ्नै बहिनीको रक्ताम्मे शव देख्छिन् । नाडीबाट बगिरहेको रगतले नजिकैको डायरी लतपतिएको छ, जसमा लेखिएको छ, ‘अब म बाँच्नलायक रहिनँ ।’

खासमा समृद्धिकी बहिनी शिरीषले आपmनो सेक्स टेप युट्युब र फेसबुकबाट सार्वजनिक भएपछि सहन नसकी आत्महत्या गरेकी हुन्छिन् । ब्वाइप|mेन्ड चेकोसँग लागूपदार्थमा लठ्ठिएर गरेको यौनसम्पर्कको मोबाइल भिडियो अन्य साथीमार्फत सार्वजनिक भएको हुन्छ । शिरीषलाई एकतर्फी मन पराउँदै आएको योदिनले साथीहरूसँग मिलेर ‘फेक अकाउन्ट’ खोलेर त्यो काम गरेको हुन्छ ।

युवापुस्तामा पछिल्लो विकृतिका रूपमा फैलिएको घटनालाई लिएर यतिखेर निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले माथिका दृश्यहरू क्यामेरामा कैद गरिरहेका छन्, फिल्म ‘सायद’ का लागि । मंगलबार जोरपाटीस्थित चापागाइर्ं स्टुडियोमा, जसलाई समृद्धिको कोठा बनाइएको छ, धमाधम सुटिङ भइरहेको थियो । दिदी बनेकी झरना थापाले पढ्नेक्रम जारी राख्नुहोस्

सुटिङमा ९ फिल्म


* लगातार फ्लपपछि निर्माता डुब्नेक्रम बढ्दो
* राजधानी र मोफसलमा गरी ९ फिल्म सुटिङमा
* बाटोमुनिको फूलको क्लाइमेक्स फेरि खिचिने

काठमाडौं : एकसँगै अर्काे लगातार फ्लप जाँदा पनि नेपाली फिल्म निर्माणको क्रम रत्तिभर डग्मगाएको छैन । फिल्म जति जति फ्लप गइरहेका छन्, नयाँ बन्ने क्रम त्यति नै चुलिँदै गएको छ । एकातिर प्रदर्शनका लागि हल पाउन निकै पापड बेल्नुपर्ने र हल पाइहाले पनि दर्शक नआउनाले निर्माता बनेकोमा पछुतानेको जमात बढिरहेको छ भने अर्काेतिर फिल्म बनाउन तम्सिने र सुरु गरिहाल्नेको पनि कमी छैन ।

अचेल राजधानी र मोफसलमा गरी नौवटा पढ्नेक्रम जारी राख्नुहोस्