प्रेम दिवस भ्यालेन्टाइन डे

प्रत्येक फेब्रुवरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू त्ायार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । आज विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

माघेसंक्रान्ति चाड

माघे सङ्क्रान्ति/मौसमी चाड/सामयिक पर्व/मकर मेला । सबै हुन् यी । माघ महिनाको प्रथ्ाम दिन माघे सङ्क्रान्ति । माघ महिनाको सुरु दिन । लुरुलुरु आइपुग्छिन् सहोदर दिदीबहिनीझैं आफ्नो जन्मस्थल माइतीघर । लाग्छ, यो एक मेला-पर्व नै हो । सहोदर दाजुभाइ-दिदीबहिनीहरू कौसी र आँगनका घामका ओँठहरूले मीठो म्वाइ चुक्क चुम्चुमाउन लाउँछन् । जीउमा तोरीको तेल, बडीलोसन, भ्यासलिन घस्छन् । घामका हतकेलाहरू हाम्रा आङभरि सुमसुमाइरहन्छन् । मानौ यो घामका म्वाइहरूका अवसर हुन् । होलान् अनि यो सङ्क्रान्ति घामका हत्केलाले जीउ सुमसुम्याउन लाउने घामको वसन्त पनि । मलाई माघे संक्रान्तिको घाम पारिलो लाग्छ । म घामलाई जीउभरि/अँगालिदिन्छु । सङ्क्रान्ति घाम ।
सङ्क्रान्ति एक क्रान्ति/क्रान्ति समय सापेक्ष क्रान्ति/एक महिनाको अन्त्य/अर्को महिनाको आगमन/आगमनको आरम्भ दिन/एक महिनाको ढोका बन्द/अर्कोको खुल्ला प्रवेश । मानौ पुसले पूर्णता पाउँछ, माघलाई पालो कस्न । उसको पालो पुग्छ, यसको पालो आउँछ । एक क्रमको समय पूरा हुन्छ, अवधि अर्कोको थालनी । माघे परम्परा पढ्नेक्रम जारी राख्नुहोस्