नेपाली फिल्ममा अष्ट्रेलियन नायिका

अनलाइन खबर लेख छन, खासै गुणात्मक फड्को मार्न नसकेपनि नेपाली सिने जगतले बिदेशी कलाकारलाई भने एकपछि अर्को गर्दै आर्कर्षित गरिरहेको छ । भारतीय नायिका मोनिका बेदी काठमाडौं आएको हल्लाखल्ला नेपाली मिडियामा भइरहँदा एक अष्ट्रेलियन नायिकाले भने काठमाण्डौंमा नेपाली निर्देशकको निर्देशनमा अभिनय गरिरहेकी छिन् ।

काठमाडौंका बिभिन्न ठाउँमा छायाँकन भइरहेको चलचित्र ‘डेस्टिनेशन काठमाडौं’मा अष्ट्रेलियन नायिका सराह मावेले अभिनय गरेकी हुन् । बिभिन्न अंग्रेजी चलचित्रमा अभिनय गरीसकेकी सराहको यो पहिलो नेपाली फिल्म हो ।

काठमाडौंमा सोमबार राति ‘डेस्टिनेशन काठमाडौं’ सुटिङ भइरेका बेला अनलाइनखबरका फोटो पत्रकार रमेश सुबेदी त्यहाँ पुगेका थिए । दीपक रायमाझीले निर्देशन गरेको यो चलचित्रमा नायिका सराहालाई स्कि्रप्ट रोमनमा लेखेर कण्ठ पार्न लगाइएको छ । सराहाले केहि नेपाली शब्द पनि सिकिसकेकी छन् । अनलाइनखबरसंगको कुराकानीमा उनले नेपाली भाषा रमाइलो लागेको बताइन् ।
पढ्नेक्रम जारी राख्नुहोस्

फेसबुकमा निशा सुनवार


पढ्नेक्रम जारी राख्नुहोस्

रेखा थापा र हट पोज

फिल्म ‘कसले चोर्‍यो मेरो मन’ प्रदर्शन गर्न अस्ट्रेलिया पुगेकी रेखा थापा त्यहाको बसाइमा आफ्नो साथी सँग केही हट पोज दिएकी छिन ।

पढ्नेक्रम जारी राख्नुहोस्

सुष्माको काठमाण्डौमा जम्ने दाउ

चलचित्र क्षेत्रमा लागेर नाम कमाउने ठूलो सपना बोकेकी धनगढीकी सुष्मा अधिकारी यतिबेला काठमाडौंमा संघर्ष गर्दैछिन् । सुष्माको यो सपना पुरा होला त ? ‘कर्म गर्दै जान्छु एक दिन कसो सफल नभइएला ।’ उनको आत्मबिश्वास छ ।

सुष्मा यतिबेला काठमाडौंको एक प्रसिक्षण केन्द्रमा मोडलिङ्सम्बधी तालिम लिइरहेकी छिन् । यो तालिमले आफ्नो उदेश्यलाई सहयोग गर्ने उनको भनाई छ ।

यसबिचमा सुष्माले राजेशपायल राईको एक चर्चित गीतमा मोडलिङ् गरिसकेकी छिन् भने छापा बिज्ञापनमा पनि मोडलिङ गरेकी छिन् । उनले निर्माणको क्रममा रहेका केही चलचित्रबाट आफु चाँडै उदाउने बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्

करिश्मा डाइरेक्टर हरिवंशपुत्र मोहित हिरो

नायिका करिश्मा मानन्धरलाई अब चाँडै नै नाचगान र अभिनय गर्न छोडेर एक्सन कट गरिरहेको देख्न पाइने भएको छ। हो करिश्मा अब निर्देशक बनेर एक्सन कट भन्दै अरु कलाकारलाई अभिनय सिकाइरहेको र क्यामराको एंगल मिलाइरहेको देखिने भएकी छिन्। उनी गोपीकृष्ण मुभिजले निर्माण गर्ने एउटा नयाँ फिल्ममा निर्देशकका रुपमा देखिन लागेकी हुन्।

लामो अमेरिका बसाइपछि नेपाल फर्केयता गिनेचुनेका फिल्ममा मात्र अभिनय गर्दै आएकी करिश्मालाई निर्माता वितरक तथा प्रदर्शक उद्धव पौडेलले आफ्नो नयाँ फिल्म निर्देशन गरिदिन अफर गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा नायिका रञ्जना शर्मा

विगत केही महिनादेखि अमेरिकामा हराइरहेकी नायिका रञ्जना शर्मा स्वदेश आउने त टुङ्गो बुङ्गो छैन, धेरैलाई लाग्ला रञ्जनाको नयाँ समाचार यही हो । तर होइन रञ्जना हराइरहे पनि उनको अर्को खबर छ, त्यो हो रञ्जना ‘सिंगल’ भएको । यो फेरी हामीले भनेका छैनौं, यो भनिरहेको छ नायिका रञ्जना शर्माको फेसबुकले ।

नेपालमा रहँदा नायिका रञ्जनाको निर्देशक श्याम भट्टराईसँग विहे भएको थियो । लामो समयसम्म एक साथ बसेका यी जोडीमा विवाद भए पछि नौ महिनाका लागि अलग अलग बसेका थिए । नौ महिना पछि नाटकीय ढंगले रञ्जना र श्याम एक साथ बस्न थालेका थिए ।

अनी अर्को कुरा उनलले हालसालै अमेरिकाको समुद्री किनारमा फोटो शेसन गराइन । अमेरिकामा बस्ने फोटोग्राफर प्रतिक पाण्डेले कैद गरेका तस्विरहरु । पढ्नेक्रम जारी राख्नुहोस्

रेखा फिल्म ‘कसले चोर्‍यो मेरो मन’ लिएर अस्ट्रेलियामा

अभिनेत्री रेखा थापा फिल्म ‘कसले चोर्‍यो मेरो मन’ रिलिज गर्न बिहीबार अस्ट्रेलिया उडेकी छिन्। २० दिनको बसाइमा त्यहाँका विभिन्न सहरमा फिल्म देखाउने कार्यक्रम रहेको उनले जानकारी दिइन्। यसलाई उनले विदेशमा नेपाली फिल्मको अवस्था थाहा पाउने अवसर ठानेकी छिन्।
‘आफूले बनाएको फिल्म देखाउन म पहिलो पटक विदेश जान लागेकी हुँ। अस्ट्रेलियापछि अन्य मुलुकमा पनि फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको छ,’ उनले नागरिकसँग भनिन्, ‘यो अलि बढी बजेटको फिल्म हो। विदेशी बजारको प्रतिक्रिया बुझेर अर्को फिल्म अझै स्तरीय बनाउने कोसिस गर्छु।’ पढ्नेक्रम जारी राख्नुहोस्