यौन आनन्द प्राप्तिका लागि कृत्रिम यौनांगहरू

यौन आनन्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम यौनाङ्ग संसारका सबैजसो सहरमा पाइन्छन् । नेपालमा पनि यसको बजार विस्तार हुँदैछ । यस्ता साधनले असुरक्षित यौ नसम्पर्कका कारण सर्ने एचआईभीलगायत यौनजन्य संक्रमण रोकथामका लागि सहयोग पुर्‍याउँछन् । बजारमा खासगरी कृत्रिम लिङ्ग र योनि पाइन्छन् । कुनै कृत्रिम लिङ्गमा भाइब्रेटर जडान गरिएको हुन्छ त कुनैमा हुदैन । भाइब्रेटरले यौन उत्तेजना ल्याउनमा सहयोग गर्ने भएकाले यसको प्रयोग बढ्दै गएको पाइन्छ । भाइब्रेटर पनि विभिन्न प्रकारका हुन्छन् । गुद्धारमा प्रयोग हुने, योनिमा प्रयोग हुने आदि विविधता त छँदैछ । यस्ता साधन सिलिकोन, रबर वा ल्याटेक्स, ग्लास आदिबाट बन्छन् । बोरोसिलिकेटबाट बनेका यौनाङ्ग सबैभन्दा सुरक्षित मानिन्छन् । रबर वा ल्याटेक्सबाट बनेका यौ नाङ्गहरू मानव स्वास्थ्यका लागि राम्रो मानिँदैनन् । ग्राहकहरूले ती साधन केबाट बनेको छ, यसको प्रयोगबाट शरीरमा के-कस्ता असर पर्न सक्छन् भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ ।

हाम्रो जस्तो बन्द समाजमा यस्ता साधनको प्रयोग अत्यधिक रूपमा हुनसक्छ तर साधन किन्दादेखि प्रयोग गर्दासम्म चाहिने आवश्यक ज्ञान र सीपको अभाव छ । यस्तो हुनुमा समाजमा कृत्रिम यौनाङ्गको प्रयोग र असरका ’boutमा पर्याप्त छलफलको अभाव मुख्य कारण हो । यस्ता साधनको प्रयोग पनि नितान्त व्यक्तिगत हुनुपर्छ । एउटै यौनाङ्ग धेरैले प्रयोग गरे यौनजन्य संक्रमण बढ्ने वा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने हुन सक्छ । सुरुमा समाजलाई पचाउन गाह्रो भए पनि अबको समाजमा यस्ता साधन रोकेर साध्य नलाग्ने गरी आउँछन् र यस्तो साधनको प्रयोगमा प्रोत्साहन गरिनु भनेको यौनजन्य संक्रमण, अनिच्छित गर्भधारण र त्यसबाट आउने दुष्परिणामलाई न्यूनीकरण गर्नु पनि हो । समाजले पनि यसलाई वैकल्पिक र सुरक्षित यौन व्यवहारका रूपमा लिनुपर्छ । हाम्रा संस्कार एवं धर्मग्रन्थहरू हेर्ने हो भने पनि आदिमकालदेखि नै यस्ता साधनको प्रयोग भएको पाइन्छ । यसलाई ठूलो र नौलो कुरो बनाउनुपर्ने आवश्यकता छैन । सहर-बजारमा विभिन्न ठाउँमा यौन व्यवसाय मौलाउँदै छ । यौन व्यवसायी र तिनका ग्राहकमा सुरक्षित यौन व्यवहारसम्बन्धी ज्ञान र सीप ज्यादै कम छ । उनीहरूलाई सशक्तीकरण गर्ने एचआईभी एड्स क्षेत्रको महत्त्वपूर्ण काम भए पनि सरकारी उदानसीनता र यौन व्यवसायलाई कानुनी मान्यता नदिनाले यौन व्यवसाय सुरक्षित छैन । त्यसैले यौन उत्तेजना र चाहनालाई बन्द कोठाभित्र पूरा गर्न चाहने ग्राहकहरूका लागि कृत्रिम यौ नाङ्गले ठूलो मद्दत गर्न सक्छ ।

Advertisements

One Response

  1. कृत्रिम यौनांग हरू को सम्बन्धमा लेख राम्रो लाग्यो.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: