गायिका योगिताले किन गरिन् आत्महत्या ?

६ फागुन, काठमाडौं । विवाह वन्धनमा बाँधिएको चार महिना नपुग्दै गायिका योगिता मोक्तानले विहिवार राती आत्महत्या गरेकी छन् । सलको पासो लगाएर घरको सिलिङमा झुण्डिनुअघि योगिताले खुकुरी रम पिएको पाइएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सिलिङमा आफ्नै सलको पासो लगाएर झुण्डिएको अबस्थामा भेटिएकी योगिताको कानमा एअरफोन थियो भने मोवाइल भुँइमा खसेको अवस्थामा थियो ।

प्रहरीले घट्नास्थलबाट पिएर बाँकी रहेको खुकुरी रमको बोत्तल पनि बरामद गरेको छ । विहेबन्धनमा बाँधिएपछि सरेको नयाँ घरमा आत्महत्या गरेकी योगिताको कोठामा सुसाइड नोट भने भेटिएको छैन । जसले गर्दा उनले किन आत्महत्या गरिन भन्ने कुरा पत्तो लगाउन अनुसन्धानमा संलग्न प्रहरीलाई अप्ठ्यारो परेको छ ।

५ बर्ष लामो प्रेमसम्बन्धलाई गत मंसिर २ गते बिबाहमा परिणत गरेकी २८ बषिर्य योगीताले नयाँ आधुनिक गीतको एल्बमका लागि तयारी गरिरहेकी थिइन् । बुधबार मात्र उनी म्युजिक भिडियो सुटिङ गरेर सिन्धुपाल्चोकको मुढेबाट फर्किएकी थिइन् । योगिता निकट कलाकारहरुका अनुसार उनका श्रीमान दुवईको एक कम्पनीमा म्यानेजर छन् । ५ बर्ष लामो प्रेमसम्बन्धपछि बिबाह गरेपनि योगिताका एक पुरुष साथी अक्सर उनको साथ देखिन्थे । नेवार समुदायका ती बिवाहित पुरुष साथी उनका प्रेमी हुनसक्ने अनुमान उनी निकट कलाकारहरुको छ ।

योगिताले केही साथीहरुसंग ती युवकलाई आफ्नो साथीका रुपमा चिनाउँदै पनि आएकी थिइन् । हालै मुढेमा भएको सुटिङमा पनि ती प्रेमी पुगेको निकटवर्तीहरु बताउँछन् । पूर्व प्रेमी र श्रीमानको दोहोरो दबाब परेपछि योगिता तनावमा परेको हुनसक्ने र त्यसैका कारण आत्महत्यासम्म पुगेको हुनसक्ने उनीहरुको अनुमान छ ।

आत्महत्याको कारण पत्ता लगाउन प्रहरीले योगिताको मोबाइलको कल रेकर्ड अध्ययन गर्ने भएको छ ।

को हुन् योगिता ?

योगिता मोक्तानले तामाङ सेलो गीतमार्फत् ब्यबसायीक गायनको सुरुवात गरेकी थिइन् । रसुवा मुल घर भएकी योगिताले त्यसअघि माओवादी जनयुद्धमा सामेल भई जनवादी गीत गाएकी थिइन् ।

परिवारकी जेठी छोरी योगिताका एक भाई र एक बहिनी छन् । जनयुद्धमा संलग्न उनका पिता युद्धकालमै सेनाको कारवाहीमा मारिएका थिए । गायिका मोक्तानको ‘मइच्याङ’, ‘मनको गीत’ लगाएत एल्वम बजारमा आइसकेका छन् । त्यसबाहेक योगिताले सेलो विटका गीतहरु, नेपाली आधुनिक, लोक, तामाङ सेलो, पप विधा र चलचित्रका गीत गाएकी थिइन् । उनले केही नेवारी गीतसमेत गाएकी थिइन् ।

आधुनिक, पप र सेलो गरि करिव ८ सय भन्दा बढी गीत गाएकी योगिताका ‘डम्फु बजाउ, हेर न हेर, कति राम्रो, कहिले त’ लगाएतका गीतहरु चर्चित थिए । योगिता मोडल पनि हुन् । उनले ‘कति राम्रो’ र ‘हेर न हेर’ लगाएतका गीतमा आफै मोडलिङ पनि गरेकी थिइन् । योगिताको एकल एल्बम ‘होइ लस्सो’ रिलिजको तयारीमा थियो ।

योगिताको आत्महत्या खबरपछि दिनभर पाटन अस्पतालमा कलाकारको भीड रह्यो । योगिताको शबलाई शनिवार श्रद्धान्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने र शनिवारै अन्त्येष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ । उनका पति दुबईबाट शनिवार अपरान्हसम्म काठमाडौं आइपुग्ने बताइएको छ ।

श्रोत : अनलाइन खबर

Advertisements

2 Responses

  1. It is very Sirius subject because it is important. love is life .life is enjoy. but is not in there.i m very sad because yogita moktan is my best artist .so im very sad ??///?????????????????????????????????????

  2. do love with each other and share all thing with each other. but life is once do not die and do not frosted. share true love only one person.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: