‘फोनबाटै किस साट्नेछु’

झरना थापा, नायिका

प्रयण दिवस युवापुस्तामा मात्र सीमित छ । तर, प्रेम जुनै समूह र वर्गका मान्छेका लागि नभई हुदैन । त्यसैले प्रेम दिवसको सन्देश सबैसम्म पुग्न सकेको छैन । आमाबुबा दाजुभाइबीच माया साटासाट गरेर पनि प्रेम दिवस मनाउन सकिन्छ । यो कमजोर पक्ष हो । म कलेज पढ्दैदेखि भ्यालेन्टाइन्स डे मनाउँथेँ । आपनो केटा साथी सुनिलजीसित भ्यालेन्टाइन्स डे मनाइन्थ्यो । अहिलेजस्तो तडक-भडक ढंगले कहाँ मनाउनु ? हामी त ‘भ्यालेन्टाइन किस’ साटासाट गरेर मनाउथ्यौँ । सधैँ त्यही परम्परा बनिसकेको थियो । योपटक भने म पोखरा छु त्यसौले फोनबाटै माया साटासाट गरिन्छ । सधैँ मनाउँदै आएकाले अलिकति नरमाइलो लागिरहेको छ । काम व्यस्तताले भेट्न नसकिने अवस्था छ । हिजोआजका युवामा बढी तडक-भडक बढेको देख्दा दुःख लाग्छ । चोखो माया गर्नेका लागि सानो फूलको थुँगा नै महान् उपहार हो । जालीका लागि जे-जति गरे पनि त्यसले कुनै अर्थ राख्दैन । त्यसैले पवित्र र चोखो माया चिनेरमात्र प्रेममा बाँधिनु हुन युवापंक्तिलाई मेरो सुझाव छ ।

‘श्रीमतीको मार्केटिङ गरिदिन्छु’

दीपक विष्ट, खेलाडी

यो विदेशी सस्कृति भए पनि मान्नै हुन्न भन्ने पक्षमा म छैन । भ्यालेन्टाइन्स डेका नाममा विसंगति बढेको छ । यो युवायुवतीको पेवा भनेझै भएको छ । खासमा त्यस्तो हुनु नपर्नेजस्तो लाग्छ । भ्यालेन्टाइ डे सुरु भएको देशमा त कसरी मनाउँछन्, त्यो मलाई त्यत्ति जानकारी छैन । तर, नेपाली युवामा भने प्रेम दिवसको गहिरो प्रभाव परेको देखिन्छ ।

पहिला-पहिला मलाई भ्यालेन्टाइन्स डे’bout थाहा थिएन । पारिवारिक संस्कार नभएकाले पनि होला । मैले कहिले कसैलाई फूल दिने उपहार टक्य्राउने गरिनँ । त्यसप्रति रुचि नै नभएकाले ‘फोकटमा’ के गरे होलान् जस्तो लाग्थ्यो । तर, अहिले मान्नेप्रति मेरो आपत्ति छैन । खाली ‘घाँटी हेरी हाड निल्नु’ भन्ने सुझावमात्र हो ।

दुई/चार वर्षयता यो दिवसको चर्चा व्यापक भएको छ । यसैले पछिल्लोपटक मलाई पनि तानेको छ । भ्यालेन्टाइन्स डेमा परिवारका सदस्य भेला हुने योजना छ । केही दिनपछि श्रीमती धनगढी जाँदै छिन् । त्यसैले केही मार्केटिङ गर्नु छ । उनी जे रुचाउँछिन् त्यही किन्दिन्छु । अरू विशेष योजना छैन ।

श्रोत नयाँ पत्रीका

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: