प्रेमका स्वरूपहरू

मञ्चला झा

कसैको बुझाइमा प्रेम दुई आत्माको मिलन हो । कोही प्रेमलाई सम्बन्धको बन्धनसित दाँज्छन् भने कोही केवल अनुभूतिको संज्ञा दिन्छन् । कसैको दृष्टिमा प्रेम शाश्वत चिज हो, जो कहिल्यै मर्दैन । वास्तवमा कुनै परिभाषामा बाँध्न खोज्नु प्रेमको अवमूल्यन गर्नु हो । म तिमीलाई औधी माया गर्छु, तिमीबिना बाँच्न सक्दिन जस्ता सस्ता शब्दावलीहरू प्रेमलाई प्रकट गर्ने साधन हुनसक्छ, साध्य हुन सक्दैन । साँचो प्रेम मौन हुन्छ र व्यवहारमा मात्र झल्किन्छ । त्यसैले प्रेमको परिभाषा खोज्नुभन्दा पनि यसका विभिन्न स्वरूपलाई बुझ्नु आवश्यक छ ।

प्रेम केवल प्रेमः जब दुई विपरीत लिंगीबीच सामिप्य बढ्दै जान्छ, अनि एकअर्काको व्यक्तित्व, सौन्दर्य, विचार र व्यवहारले आकर्षण उत्पन्न गर्छ । र यो आकर्षण प्रेममा परिवर्तित भएर जान्छ । एक-अर्काबिना जीवनलाई अपूर्ण ठान्ने, एक-अर्काका निम्ति त्याग र समर्पण गर्ने प्रेमको यस्तो स्वरूपमा कामवासनाको कुनै गन्ध हुँदैन । अंग्रेजीमा यस्तो प्रेमलाई ‘प्लाटोनिक लभ’ भनिन्छ । राधाकृष्णको प्रेम यस्ाको उदाहरण हुनसक्छ । आधुनिक समाजमा पनि कामवासना बिनाको पे्रमको कैयौं उदाहरण भेटाउन सकिन्छ । जुनसुकै उमेर, विवाहित-अविवाहित जोसुकैबीच पनि यस्तो प्रेम स्थापित हुनसक्छ । यस्तो किसिमको प्रेम आत्मीयतामा आधारित भएकोले जीवनपर्यन्त चलिरहन्छ र यसमा धोकाधडी अथवा असफल हुने सम्भावना कमैमात्र हुन्छ । प्रेमको यो स्वरूपमा जो भिज्न पाएको छ, उसले सम्पूर्ण संसारलाई नै प्रेममयी देख्छ ।

प्रेम र यौन ः प्रेम आत्माको भोजन हो भने यौन शरीरको । जब प्रेम गहिरिँदै चरमोत्कर्षमा पुग्छ, अनि दुई आत्मा र शरीरको मिलन हुन पुग्छ । जब प्रेम र यौन आफ्नो स्वाभाविक दिशामा बहन पाउँदैन, तब अनेक विकृति पैदा हुन्छन् । त्यसैले प्रेमलाई प्रगाढता प्रदान गर्न यौन स्वाभाविक प्रक्रिया हुन जान्छ । तर प्रेमपछिको यौनलाई जति मर्यादित राख्न सक्यो, प्रेममा त्यति नै सुन्दरता र निखार आउँदै जान्छ । यस्तो प्रकारको प्रेमले व्यक्तिलाई सिर्जनशील बनाउनुका साथै उन्नतितिर उकास्न उत्प्रेरित गर्छ । सायद त्यसैले होला, ओशोले भनेका छन्, ‘हि फेल इन लभ होइन हि रेज इन लभ’ भन्नुपर्छ । अर्थात् प्रेममा कोही खस्दैन, बरु माथितिर उठ्दै जान्छ । प्रेम र यौनको योगले केवल सन्तान जन्माउँदैन, अनेकानेक प्रकारका सिर्जना पनि जन्माउँछ । प्रेमलाई अनुभूत गर्ने र यसको गहिराइमा डुब्ने प्रेमीजनका निम्ति यो संसार नै प्रेममयी देखिन थाल्छ । संसारमा सबभन्दा बढी प्रचलनमा देखिएको यो प्रेमको स्वरूप पूर्णतः भावनात्मक हुन्छ । त्यसैले यो स्वरूपमा एक-अर्काको भावनाको सबभन्दा बढी ख्याल राख्नुपर्ने हुन्छ । यस्तो प्रकारको प्रेम प्रायः यौवनावस्थामा सुरु हुनाले पछि प्रेम विवाहमा परिणत भयो भने सामाजिक दृष्टिले सफल प्रेम मानिन्छ । तर जससित प्रेम हुन्छ, त्यसैसित विवाह हुन्छ भन्ने आवश्यक छैन । ’cause प्रेम र विवाह दुई फरक चिज हुन्, जसले यस यथार्थलाई बुझेको छ, त्यस्ता प्रेमीजन छुटेर पनि प्रेमलाई अनुभूत गरी जीवनपर्यन्त रमाइरहेका हुन्छन् ।

यौन र प्रेम ः सुन्दा अनौठो लाग्ने पहिला यौन अनि प्रेम । तर हाम्रो समाजमा सबभन्दा बढी प्रचलित प्रेमको भरपर्दाे र दीर्घकालीन स्वरूप हो

यो । अहिले पनि हाम्रो समाजमा करिब ८५ प्रतिशतभन्दा बढी मागी विवाह गर्ने चलन छ । यस्तो वैवाहिक जीवनमा बाँधिनु अघि विपरीत लिंगी साथीसित न खास परिचय भएको हुन्छ, नत प्रेम नै । तर वैवाहिक सूत्रमा बाँधिनेबित्तिकै पहिला सुरु हुन्छ, यौन । यही यौन सम्बन्धले विस्तारै दम्पतीका बीच प्रेम बढाउँदै जान्छ । आपसी सम्झौता र विश्वासमा आधारित यौन र प्रेमको यो स्वरूप जीवनपर्यन्त चलिरहन्छ । प्रेमको यो स्वरूपले सन्तान उत्पन्न गराउने र गृहस्थ जीवनलाई पूर्णता प्रदान गर्छ । यौन र प्रेमको यस सम्बन्धमा व्यक्ति आफ्नो खुसीभन्दा पनि सामाजिक बन्धन र मर्यादाप्रति बढी सचेत रहेको देखिन्छ । कुनै कारणवश सम्झदारी मिल्न नसकेर सम्बन्धविच्छेद हुनु यौन र प्रेम सम्बन्धको अपवाद हो । यौन र प्रेमको यस्तो सम्बन्धमा अहिले पनि पारपाचुकेको घटना विरलैमात्र देखिन्छ ।

प्रेमविहीन यौन ः यस्तो यौन जसमा कतै प्रेमको कुनै लेसमात्र पनि हुँदैन । प्रेमले अतृप्त, कामवासनाका भोका र भौतिक सुखसयललाई नै सर्वाेपरी ठान्ने विलासीहरू प्रेमबिनाको यौनमा नै रमाउँछन् । यस्तो सम्बन्ध कुनै एक महिला या पुरुषसित मात्र सीमित नभएर एक-दुईभन्दा बढीसित पनि स्थापित हुनसक्छ । तर जसको आत्मा प्रेमले तृप्त छ र जसले यो भौतिक शरीरको रहस्यलाई बुझिसकेको छ, त्यस्ता प्रेमीजन यस्तो सम्बन्धलाई अंगीकार गर्न सक्दैनन् । अहिलेको आधुनिक समाज प्रेमविहीन यौनतिर सबभन्दा बढी भौंतारिएको देखिन्छ । अमर्यादित तवरले अपनाउने प्रेमबिनाको यस यौन सम्बन्धले नै आज समाजमा अनेकानेक विकृति उत्पन्न गरिहेको छ ।

कल्पना र प्रेम ः यस्तो प्रेम जसमा दुई विपरीत लिंगी एक-अर्कालाई कल्पनामै प्रेम गर्छन् र प्रेमलाई अनुभूत गरी यिौन गर्ने गर्छन् । विशेश्वरप्रसाद कोइरालाको सुम्निामामा यस्तै प्रेमको स्वरूप देखिन्छ । सोमदत सुम्निमाकै कल्पना गरी पत्नीसित यौन गर्छ र अन्ततः सन्तान सुख प्राप्त गर्न सफल हुन्छ । यस्तो प्रेम दुईतिरैबाट हुन्छ भन्ने छैन । भवानी भिक्षुको ‘त्यो फेरि र्फकला’की पात्रा सानी पहिलो भेटमै यात्रीलाई चाहन थाल्छिन् र १५ वर्षसम्म ती यात्रीको प्रेमको कल्पनामा बिताउँछिन् । तर प्रत्युत्तरमा ‘तिमी त बूढी भइसक्यौ नि ?’ सुनेर उनको सारा सपना क्षणभरमै चकनाचुर भएर जान्छ ।

विश्वप्रसिद्ध हृदयरोग विशेषज्ञ डिन अर्निस भन्छन्, ‘आधुनिक संस्कृतिको वास्तविक महामारी भौतिक हृदयरोगमात्र होइन, यो भावनात्मक र आध्यात्मिक हृदयरोग हो । एक्लोपन, परित्यक्तता र डिप्रेसन आजका प्रमुख समस्या हुन् । यी समस्या समाधानका निम्ति प्रेम र आत्मीयताको विकल्पमा मैले कुनै प्रभावकारी औषधी अथवा शल्यक्रिया भेटेको छैन ।’ यसबाट प्रस्ट हुन्छ, प्रेमले पुनर्जीवन र जीवन्तता प्रदान गर्छ । संसारका अति महत्त्वाकांक्षी र क्रूर अपराधीहरू दुवै प्रेमको अभावले नै पैदा हुन्छन् । जो व्यक्ति कसैको गहन प्रेममा छ, उसबाट हत्या, हिंसा र अन्याय सम्भव हुँदैन ।

आज भ्यालेन्टाइन डे, प्रेमीजन यस दिनलाई उत्सवको रूपमा मनाउने गर्छन् । सन् २६९ फरवरी १४ का दिन प्रेमका लागि मृत्युदण्ड पाएका सन्त भ्यालेन्टाइन त मारिए । तर उनले लेखेका यो अन्तिम वाक्य ‘लभ प|mम योर भ्यालेन्टाइन’ अमर भएको छ । यसले के प्रमाणित गरेको छ भने प्रेमीजन मरे पनि प्रेम कहिल्यै मर्दैन । प्रेम गर्नु मानवको नैसर्गिक अधिकार हो, तर संसारमा आज जति प्रेमीजन प्रेमपीडाले पीडित देखिन्छन्, ती प्रेमलाई नबुझेर पीडित छन् । त्यसैले तपाईं प्रेमका विभिन्न स्वरूपको पहिचान गर्नुस् । साँचो मनले कसैसित प्रेम प्रस्ताव राख्न चाहनुहुन्छ भने प्रेममा धेरै इच्छा र आशा नराख्नुस्, केवल तपाईं प्रेममा कति दिन सक्नुहुन्छ भन्ने सोच्नुस्, अनिमात्र प्रेममा आनन्दको अनुभूत गर्न सक्नुहुन्छ ।

श्रोत : कान्तिपुर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: