प्रेम दिवस भ्यालेन्टाइन डे

प्रत्येक फेब्रुवरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइने गरिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू त्ायार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । आज विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

२००७ सालपछि बढ्दो विश्व सम्पर्कसँगै फस्टाएको पर्यटन व्यवसायले नेपालमा पनि भ्यालेन्टाइन डेको ठूलै माहोल बनाइसकेको छ र मन मुटु साट्ने पर्वको रूप लिँदो छ । तर कतिपयले भने यस दिवसलाई विदेशी वा आयातित भनेर आक्षेप लगाउने गरेको पनि सुनिन्छ । दौरासुरुवाल र गुन्युचोली थन्क्याएर टाइसुट अनि स्कर्टमा गर्वसाथ सजिने हामीले फलानो हाम्रो अनि ढिस्कानो चाहिँ अरूको भन्नु कति उचित हो ? के प्रेम अनुसरण गर्नु पनि कसको भनेर जाँचिरहन पर्छ र ?

यहाँ उल्लेख गरिएको प्रेम शब्दको अर्थ विपरीत लिङ्गप्रतिको आकर्षणमा मात्र सीमित छैन । किनकि देहप्रतिको प्रेम मोह हो जसमा स्वार्थ लुकेको हुन्छ । खाँटी प्रेम त त्यो हो जसले माग्दैन, दिन्छ मात्र । प्रेम कस्तो हुनुपर्छ भन्ने बुझ्न यहाँ एउटी बिधवाको मर्मस्पर्शी कथा हेरौँ । उनको एउटा आँखा नै थिएन । आँखा भएको भाग धस्सिएर खोपिल्टो परेको थियो । उनी एउटा आँखाको भरमा छोरोलाई स्कुल लाने ल्याउने गर्थिन् । साथीहरू उसकी आमालाई सधैँ गिज्याउने गर्थे- तेरी आमा बोक्सी भनेर । छोरोले ठान्यो कि आमाको कुरुपताका कारण म अपमानित भइरहेछु । आमालाई भन्यो, मलाई लान ल्याउन पर्दैन अब त आफैँ सक्छु । उसको आशय आमाले बुझिनन् । उनले यति मात्र ठानिन् कि मेरो आँखाको नानी ठूलो भइसकेछ ।

समयान्तरसँगै छोरो हुर्कियो, जागिरे भयो, घरजम गर्‍यो र बाउ पनि बन्यो र आमालाई झुप्रोमा राख्यो । छोरालाई भेट्न उनी चारपाउ टेकेर दैलोमा पुगिन् । त्यहाँ भुराहरू खेल्दै थिए । उनलाई देखेपछि ती बाबा बाबा भन्दै भित्र भागे । बाउचाहिँ के रहेछ भनी तल झरेको त आमा पो रहिछन् उसले खाउँलाझैँ गरेर आमालाई हकार्‍यो । तर बूढीआमाले भनिन्, छोरा, तिमीलाई देख्न पाएँ । मेरो इच्छा पूरा भो ।

यसको केही दिनपछि नै बूढीआमा मरिन् । छोरा र छरछिमेक भेला भए । शव उठाउने क्रममा सिरानीमुनि एउटा चिठी भेटियो । लेखिएको थियो, छोरा तिम्रो बाबाले छोेडेर गएपछि मेरो सर्वस्व भन्नु नै तिमी मात्र थियौ । तर दुर्भाग्य दुर्घटनामा परेर तिम्रो पनि एउटा आँखा काम नलाग्ने भयो । एउटै भएको छोरो पनि कानो, मैले सहनै सकिन । अनि मेरो एउटा आँखा तिम्रोमा प्रत्यारोपण गराइदिएँ । मेरो आँखा ममा हुनु र तिमीमा हुनु के फरक छ र ? यो पढिसकेपछि बल्ल छोराचाहिँको घैँटामा घाम लाग्यो तर ढिलो भइसकेको थियो ।

आमाबाबुको प्रेम स्नेह हो जहाँ वासनाको बास हुँदैन । आफू कानो भएर सन्तानलाई दृष्टि दिने यी विधवा आमा स्नेहकी अमर पात्र हुन् । यस्तै प्रेमका खानीहरूले देशका लागि ज्यान दिएका थिए, सहादत प्राप्त गरेका थिए । हामीलाई आफू गुमेर प्रजातन्त्र दिए, लोकतन्त्र दिए अनि गणतन्त्र दिए । हाम्रो पोल्टा भरिएको छ तर माथि कथाका छोराले झैँ सहिदको बलिदानीलाई हामीले चिन्ने प्रयास गरेका छैनौँ । सप्ताह मनाइयो तर सहिदका सपना साकार पारिएनन् ।

शेक्सपियरले भनेका छन्, प्रेम आफ्ना जन्मदाता र मातृभूमिप्रति हुनुपर्दछ । तर हामी यसबाट निकै नै टाढा छौंं । फगत विपरित लिंगीय आकर्षणलाई हामील्ेा प्रेमको परिभाषा बनाएका छौं । बाआमाप्रतिको प्रेम कमजोर बन्दो छ ।

हामीले बाहिरबाट भित्रिएको प्रेम दिवसलाई आफ्नो माटोको गुणमा ढालेर आफूमा समाहित गर्नुपरेको छ । स्त्री र पुरुषबीचको आकर्षणबाटमाथि उठेर सहिदको जस्तो पवित्र समर्पण राष्ट्रियतामा पोख्न परेको छ । मायापिरतीमा उत्पन्न हुने स्तरको आत्मीयता आमाबाबु र देशका लागि देखाउन परेको छ । दश बर्षसम्म बम, बारुद र गोलीको त्रासदीमा देश गुजि्रयो । अशान्तिको कालो बादल मडारियो । आज देश थोरै तंग्रेको छ । यस अवस्थामा हामीले एक अर्कामा हानाहान गरेर होइन, हातेमालो गरेर अघि बढ्नु परेको छ । यसका लागि पनि प्रेम अपरिहार्य शर्त हो । अतः मारधाडमा अघाउँजी फसिसकेको मुलुक अब थप द्वन्द्व चाहँदैन । हाम्रो आकाशै भरि सेता परे हाम्रो र राम्रो पनि हुनेछ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: