बालबालिका, यौन शोषण र इन्टरनेट

काठमाडौ । राजधानीकी एक १६ वर्षीया किशोरीले प्रत्येक दिनजसो साइबरमा च्याट गर्दागर्दै अनभिज्ञ व्यक्तिसँग सम्बन्ध जोड्न पुगिन् ।
सुरुमा त उनीहरूका कुराकानी च्याटमा मात्र सीमित र सामान्य मित्रवत् हुन्थे । तर त्यसको एक हप्ता नबित्दै उनीहरूबीच साक्षात्कार भयो र सामिप्यता पनि बढ्न पुग्यो । तर दुर्भाग्य, अहिले ती किशोरीको जीवनमा त्यही सम्बन्धले कहिल्यै बिर्सन नसक्ने तीतो अनुभूति दिएको छ ।
“सुरुमा त च्याटमा कतिमा पढ्ने, कहाँ पढ्ने ? पढाइ कस्तो छ ? लगायत मेरो भविष्यसँग जोडिएका कुराकानीमात्रै हुन्थे तर भेटिसकेपछि भने सेक्स’bout मात्रै कुरा गर्न थाल्यो र पछि यौन दुर्व्यवहारसमेत गर्‍यो”-ती किशोरीले सुनाइन् ।
यतिबेला भने त्यो युवक कुनै सम्पर्कमा नै नरहेको पनि उनले बताइन् ।
अनलाइन च्याट गर्दागर्दै गोङ्गबुकी अर्की एक बालिका मानसिक समस्याको सिकार भइन्् । “च्याट गर्दागर्दै एक्कासि हेर्नै नसकिने तस्बिरहरू आए, म त आत्तिएँ”- ती बालिकाले सुनाइन् ।
ती १२ वर्षीया बालिकाले अगाडि थपिन्- ‘आफू अनलाइनमा बस्यो नानाथरिका तस्बिर आउन थाले अनि आमालाई किन यस्तो भएको भनेर सोधेँ । आमाले अबदेखि च्याट नगर्नु भन्नुभयो, अचेल च्याट गर्न बन्द गरेकी छु ।’
इन्टरनेटले बालबालिकालाई समेत आफ्नो पहुँच बढाउनमा असीमित सम्भावनाहरू प्रदान गरेको छ । तर सँगसँगै बालमस्तिष्कले पचाउन नसक्ने अश्लील सामग्रीहरूमा समेत पहुँच बढाइ असीमित चुनौतीहरू थपिदिएको छ ।
सिविन नेपालले बालबालिकामाथि हुने यौन दुव्र्यवहारका ’boutमा गरेको पटकपटकको अनुसन्धानले यी दुई मात्रै होइनन्, थुपै्र नेपाली बालबालिका अनलाइनका अश्लील सामग्रीहरूबाट नराम्ररी प्रभावित भएको देखाएको छ । यस्ता गुनासा र समस्या लिएर सिविनमा आउने बालबालिका र अभिभावकहरूको सङ्ख्या बढ्दो छ ।
सिविनले सन् २००८ मा काठमाडौँका एक हजार ५०० बालबालिकामा गरेको अनुसन्धानले ८२ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको देखाएको छ । जसमध्ये ९४.७ प्रतिशत निजी विद्यालयका र ५८.३ प्रतिशत सरकारी विद्यालयका विद्यार्थीहरू रहेका थिए ।
यसरी इन्टरनेट प्रयोग गर्ने ती कुल बालबालिकामध्ये बालकको सङ्ख्या ९१ प्रतिशत थियो भने बालिकाको सङ्ख्या ७४ प्रतिशत थियो । यीमध्ये ६३ प्रतिशतले साइबर क्याफेमा र ५१ प्रतिशतले घरमा इन्टरनेट प्रयोग गर्ने गरेको पनि सो अध्ययनले देखाएको छ ।
अनुसन्धानका क्रममा कुलमध्ये ६०.३ प्रतिशत बालबालिकाले नचिनेकासँग च्याटमार्फत व्यक्तिगत भेटघाट गरेको र १५.५ प्रतिशतले पहिलो भेटमै नराम्रो अनुभव गरेको बताएको पाइएको छ । अनुसन्धानमा सहभागी यी बालबािलकामध्ये ६६.६ प्रतिशतले च्याटमा यौनजन्य सामग्री जस्तै तस्बिर, फिल्म रहेको बताएका थिए ।
संसारका कुनै पनि ठाउँमा उत्पादन भएका सामग्रीहरू इमेल, वेभसाइट, च्याट, सामाजिक सञ्जाल, वेब क्यामराहरूमार्फत सजिलै प्रयोग गर्न सकिन्छ । यस प्रविधिको दुरूपयोग गरी बाल यौन दुराचारीहरूल्ो आफ्नो सशक्त सामाजिक सञ्जाल बनाइ यस्ता सामग्रीको सजिलै उत्पादन र बिक्री वितरण गरिरहेका छन् ।
इन्टरपोलका अनुसार सन् १९९७ देखि सन् २००५ भित्रमा इन्टरनेटमा बालअश्लील सामग्रीहरू १५०० प्रतिशतले बढेको छ ।
एफबिआइका अनुसार बालबालिकाको अश्लील चित्रण करोडौँ डलरको व्यापार हो । जहाँ दस लाख बालबालिकाको यौन शोषण गरिएका चित्रहरू अनलाइनमा उपलब्ध छन् भने एक लाखभन्दा बढी बालअश्लीलताका वेबसाइटहरू सञ्चालनमा छन् ।
यसरी इन्टरनेटमा बाल अश्लीलताका सामग्रीहरू छयाप्छयाप्ती उपलब्ध भइरहेका छन् तर यसको माग झन् बढ्दै गएको छ । जसको फलस्वरूप मागको आपूर्ति गर्न बालबालिकाको यौनशोषण पनि बढ्दै गएको छ ।
यस्ता सामग्रीको प्रयोग नगर्ने मानिसहरू पनि आर्थिक कमाई राम्रो हुने प्रलोभनले यो काम गर्न अग्रसर देखिएका छन् । यतिबेला बालबालिकाको अश्लील चित्रणको माग बढ्दै जाँदा विभिन्न वेबसाइटहरूमा कमभन्दा कम उमेरका बालबालिकालाई अझ बढी क्रूरताका साथ शोषण गरिरहेका चित्रहरू अपलोड गर्ने गरिएको बाल मजदुर सरोकार केन्द्र -सिविन) नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधर बनाउनुहुन्छ ।
इन्टरनेट वाच फाउन्डेसनको प्रतिवेदनअनुसार यसरी अश्लील चित्रणमा प्रयोग गरिएका प्रत्येक तीनजनामा एकजना बालबालिका छ वर्षमुनिका र प्रत्येक २० जनामा एकजना बालबालिका दुई वर्षभन्दा पनि कम उमेरका भएको पाएको छ ।
यस्ता सामग्रीहरूमध्ये एक तिहाइ सामग्रीहरूमा बालबालिकाको बलात्कार, पीडाकामिता -सेडिजम) र अमानवीय क्रूरता रहेको इन्टरनेट वाच फाउन्डेसनलाई उद्धृत गर्दै सिविन नेपालले जनाएको छ ।
संयोजक तुलाधरका अनुसार विभिन्न वेबसाइट र सामाजिक सञ्जालका साइटहरूमार्फत दुराचारीहरूले एकै समय मिलाई बालबालिकाका यस्ता चित्रहरू र भिडियोहरू प्रत्यक्षसमेत हेर्ने गरेका छन् ।
नेपालमा बालबालिकाविरुद्ध भइरहेको इन्टरनेटको दुरूपयोग तथा हिंसाका विरुद्धमा सन् २००८ देखि अभियान थालिएको सिविन नेपालले जनाएको छ । यसअन्तर्गत अनुसन्धान, जनचेतना, राष्ट्रिय सचेतना, बालबालिका र अभिभावकसँग अन्तरक्रिया र परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपाली बालबालिकासम्बन्धी ऐन १९९२ ले बालबालिका विरुद्ध गरिने यस्ता क्रियाकलापहरूलाई अपराधको रूपमा मानेको छ । कसैले बाल अश्लीलतासम्बन्धी कार्य गरेमा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुई लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था पनि गरेको छ ।
त्यस्तै, कसैले यौनजन्य दुव्र्यवहार गरेमा दुई महिनादेखि एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था नेपाली कानुनमा गरिएको छ ।
यी व्यवस्थाका अतिरिक्त सरकारले विद्युतीय सञ्चार आदान-प्रदान ऐन र नियमावली पनि पारित गरेको छ । तर यो ऐनमा बालबालिका संरक्षणसम्बन्धी प्रत्यक्ष बुँदाहरू उल्लेख नगरिएको संयोजक तुलाधर बताउनुहुन्छ ।
बालबालिकालाई यस्ता हिंसाबाट जोगाउन इन्टरनेट सेवा प्रदायक, मोबाइल फोन अपरेटर, साइवर क्याफे, विद्यालय, अभिभावक तथा स्वयम् बालबालिका सचेत हुनुपर्ने देखिन्छ ।

स्रोत: यफ यन न्युज

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: