बलात्कारका घटना बढे

तारा वाग्ले, (काठमाडौं), दाङमा प्रहरीद्वारा एक महिलामाथि सामूहिक बलात्कार भयो। गाउँलेहरुको साँधसम्बन्धी विवाद मिलाउन दाङको पुरन्धरा गाविस गएको प्रहरी टोलीले ४६ वर्षीया महिलालाई बलात्कार गरेको हो।

बाँकेमा १५ वर्षीया एक किशोरीले बलात्कारको पीडा सहन नसकी आत्महत्या गरिन्। सप्तरीमा १६ वर्षीया किशोरी बलात्कार भएको उजुरी प्रहरीले दर्ता गर्न मानेन। ती किशोरी बाख्रा चराउन जंगल गएको बेला बलात्कृत भएकी थिइन्।

यी घटनाहरु गएको पुस महिनामा देशभर भएका २१ वटा बलात्कारका घटनामध्ये केही उदाहरण मात्र हुन्। महिला पुनःस्थापना केन्द्रको तथ्यांकमा उल्लेखित यी घटनाले महिलाहरु सुरक्षा दिने व्यक्तिबाटै असुरक्षित भएको पुष्टि भएको छ।
त्यसै गरी नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र नक्सालको विवरणअनुसार आर्थिक वर्ष ०६५/६६ मा ४ सय ६६ वटा बलात्कारका घटना भएका थिए। त्यस्तै ०६२/६३ मा १ सय ३३ जना महिला बलात्कारमा परेका घटना दर्ता भएका थिए। यस्ता घटनाले नेपालमा बलात्कार बढ्दै गएको देखाउँछ।

काठमाडौं जिल्ला अदालतको तथ्यांकले पनि नेपालमा बलात्कारका घटना प्रत्येक वर्ष बढ्दो क्रममा रहेको देखाएको छ। तथ्यांकअनुसार २०६६ मा २९ तथा २०६५ मा २६ वटा बलात्कारका घटना भएका थिए। २०६० देखि २०६२ सम्म बलात्कारको उजुरी नै नपरेको अदालतमा २०६३ मा एक र २०६४ मा पाँचवटा बलात्कारका घटना दर्ता भएका थिए।
महिलाविरुद्धको यौनजन्य हिंसाबाट शुरु हुने यस्ता घटना बलात्कारजस्तो जघन्य अपराधमा पुगेर टुंगिएको पाइएको छ। साथै यस्ता घटना देशमा शान्ति स्थापना भइसकेपछि भएका र न्याय पाउने आशामा दर्ता भएका हुन्। तर न्यायिक उपचारका लागि सरकारी निकायसमक्ष आएका यी घटनाको सम्बन्धमा भने प्रभावकारी तवरबाट सुनुवाइ हुन सकेको छैन।

यसै गरी द्वन्द्वको समयमा कतिवटा बलात्कारका घटना भएका थिए भन्ने ’boutमा स्पष्ट तथ्यांक भेटिदैन। द्वन्द्वका समयमा प्रहरीले जाहेरी नलिँदा र प्रभावकारी तवरबाट अनुसन्धान गर्न नसक्दा त्यतिबेलाका घटना प्रकाशमा आउन नसकेको अधिकारकर्मीहरु बताउँछन्। यद्यपि एड्भोकेसी फोरमले द्वन्द्वको समयमा १ सयवटा बलात्कारका घटना संकलन भएको जनाएको छ। फोरमका कार्यक्रम संयोजक भूपेन्द्र खनालले पीडितसँग प्रत्यक्ष भेटेर कुरा गर्ने अवस्था नभएकोले त्यस्ता घटना बाहिर आउन नसकेको बताउनुभयो। उहाँका अनुसार ति घटनाहरु पनि न्यायका लागि अघि बढ्न सकेका छैनन्।

सभार : नेपाल समाचार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: