करिश्मा डाइरेक्टर हरिवंशपुत्र मोहित हिरो

नायिका करिश्मा मानन्धरलाई अब चाँडै नै नाचगान र अभिनय गर्न छोडेर एक्सन कट गरिरहेको देख्न पाइने भएको छ। हो करिश्मा अब निर्देशक बनेर एक्सन कट भन्दै अरु कलाकारलाई अभिनय सिकाइरहेको र क्यामराको एंगल मिलाइरहेको देखिने भएकी छिन्। उनी गोपीकृष्ण मुभिजले निर्माण गर्ने एउटा नयाँ फिल्ममा निर्देशकका रुपमा देखिन लागेकी हुन्।

लामो अमेरिका बसाइपछि नेपाल फर्केयता गिनेचुनेका फिल्ममा मात्र अभिनय गर्दै आएकी करिश्मालाई निर्माता वितरक तथा प्रदर्शक उद्धव पौडेलले आफ्नो नयाँ फिल्म निर्देशन गरिदिन अफर गरेका हुन्। करिश्माले वर्क आउट गरिराछु -भनेको छ उसको तर्पुबाट तयारी पूरा हुनासाथ हामी फिल्म शुरु गर्छौं पौडेलले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने- करिश्मालाई फिल्म डाइरेक्स गर्ने इच्छा रहेछ त्यो थाहा पाएर हामीले उसको इच्छा पूरा गरिदिन लागेको हो। करिश्माले गोपीकृष्णको फिल्मबाट निर्देशकका रुपमा डेब्यु गर्ने पक्का भइसके पनि तयारीमा धेरै पक्ष भने बाँकी नै छन्। चलचित्रको कथावस्तु चयन गर्नेदेखि लिएर कलाकार प्राविधिक चयन तथा नामकरणसम्मका सबै पक्षको तयारी गर्न बाँकी नै रहेको छ।

करिश्माले डाइरेक्स गर्ने भएपछि त्यो हामीबाटै गरौं भन्ने चाहना हाम्रो हो -निर्माता पौडेल भन्छन्- फिल्म कहिलेदेखि स्टार्ट गर्ने भन्ने कुरा उहाँकै हातमा छ। करिश्माले सबै तयारी भयो भनेपछि हामीले फिल्म शुरु गरिदिने हो। मेटामोटी समझदारी भइसकेको छ। आउने वर्षमा उसको फिल्म शुरु हुन्छ। पौडेलका अनुसार आगामी नयाँ वर्ष २०६८ को पहिलो महिना दयाराम दाहालले गोपीकृष्णको ब्यानरको मायाको बारीमा नामक फिल्म निमर्ँण गर्नेछन्। जसमा ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यलाई नायकका रुपमा डेब्यु गरिने निर्माता पौडेलले जानकारी गराए। मोहितले यसअघि आफ्ना बाबु र उनका जोडी मदनकृष्ण श्रेष्ठका सिरियलमा विभिन्न भूमिकामा अभिनय गर्दै आएका छन्। मोहितलाई ब्रेक दिएर मायाको बारीमा बनाइसकेपछि करिश्माको प्रोजेक्ट शुरु हुनेछ -पौडेलको भनाइ थियो।

फिल्म निर्माण कठिन काम हो। हालसम्म अभिनय मात्र गर्दै आएकी नेपाली चलचित्रकै सर्वाधिक यी सन्दीले अब एकैचोटि निर्देशन गर्न सक्लिन् त पौडेलको भनाइ छ- सिनेमा भनेको सिर्जनाको कुरा हो। यसमा पढ्ने एउटा पक्ष पनि छ। करण जौहर पनि कुनै दिन नयाँ थियो यशराज पनि नयाँ थियो। दुवै फिल्म पढेर आएका पनि होइनन् तर दुवै टप छन्। फेरि नयाँ मान्छे हिट भएको र पुरानो फ्ल्प भएको उदाहरण पनि प्रशस्त छ नि। चलचित्र व्यवसायी पौडेलले फाइदामा जोड दिए- म करिश्माको २५ वर्षको अनुभवलाई क्यास गर्दैछु। नेपाली सिनेमामा २५ वर्ष बिताइसकेको करिश्ममा पनि धेरै अनुभव होला नि त। मलाई करिश्माको खुबीप्रति विश्वास छ।

करिश्माले २५ वर्षअगाडि ख्यातिप्राप्त निर्देशक स्व. प्रकाश थापाको निर्देशनमा बनेको सन्तानबाट डेब्यु गरे पनि सन्तानभन्दा अघि पौडेलद्वारा निर्मित मायालु उनको पहिलोपल्ट प्रदर्शित फिल्म बन्न पुगेको थियो।

सभार : नेपाल समाचार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: