राजधानीमा विष्फोट गराउने पक्राउ

रौतहट, माघ २५ – काठमाडौं बम काण्डमा संलग्न नेपाल प्रहरीको सर्बाधिक खोजीको सूचीमा रहेका तराई आर्मिका राजनारायण ठाकुर (मिस्टर डोन) लाई रौतहट प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । उनको साथबाट बिभिन्न नम्बरका मोबाईल फोन पार्टीको दस्ताबेज बरामद गरेको छ ।

गत ०६३ भदौ १६ गते राजधानीको त्रिपुरेश्वर, बालाजु र महाराजगञ्जमा एकै साथ बम बिस्फोट गराउदा दुईजनाको मृत्यु भएको थियो । तराई आर्मिका केन्द्रीय अध्यक्ष मिस्टर जोनको पार्टीले उक्त बिस्फोट गराएको थियो । उक्त मानबता बिरोधी बिस्फोट पछि नेपाल प्रहरीले तराई आर्मिका केन्दि्रय अध्यक्ष मिस्टर जोन, राजनारायण ठाकुर, अजयकुमार सहनी, धुरन ठाकुर, रमाकान्त ठाकुर र पसिन्दरकुमार बैठा लगाएतकालाई सार्बाधिक खोजीको सुचिमा राखेको थियो । दुई बर्ष अघि तराई आर्मिका केन्दि्रय अध्यक्ष जोन प्रहरी कारबाहीमा मारीएका थिए । प्रहरीले सार्बाधिक खोजी गर्दै आएका राजनारायण ठाकुरलाई रौतहटको लक्ष्मिपुर गाबिस-८ बाट मोटरसाईकलमा सर्लाही जादै गर्दा पक्राउ गरेको जनाएको छ । स्थानिय बसबिट्ट जिङ्गडिया गाबिस-८ घर भएका ठाकुर घट्नापछि केहि महिना भारत बसेर नेपाल अएका हुन । आईतबार जिल्ला प्रहरी कार्यालय गौरमा ठाकुरलाई सार्बजनिक गरेको छ ।

लामो समय देखि खोजी गर्दै आएका ठाकुर सहित सर्लाहीका बिरेन्द्र ठाकृुर र सुरेन्द्र ठाकुरलाई पक्राउ गरीएको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले बताए । राजधानी बम काण्डमा कर्तब्य ज्यान मुद्धा रहेको ठाकुरलाई राजधानी लैजाने तयारी भईरहेको प्रउ अधिकारीले जनाए । प्रहरीले हतियार सहित पक्राउ गरेको रङ्गपुर गाबिसका सजिब चौधरीलाई समेत सार्बजनिक गरेको छ । चौधरीलाई थि्रफिफ्टी पेस्तोल सहित पक्राउ गरेको प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । चौधरीको ’boutमा आबस्यक अनुसन्धान भईरहेको जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: