खबरहरुको सँगालो

अनुष्काको रोमान्स

‘ब्यान्ड बाजा बारात’ की नायिका अनुष्का शर्माको सोही चलचित्रका अभिनेता रणवीर सिंहसितको रोमान्सको खबरले बलिउड बजार तातेको छ । उक्त चलचित्र निर्माणताका नै एक अर्कासित नजिकिएका अनुष्का र रणवीरले आफूहरूबीचको रोमान्सलाई स्वीकार भने गरेका छैनन्, तर केही समय अघि मुम्बईबाट दिल्ली जाँदा हवाईजहाजभित्र अभिनेत्री अनुष्काका लागि अभिनेता रणवीरले एक जना आईएएस अफिसरसित गरेको झगडाले भने यी दुईबीच केही छ भन्ने कुरा खुलासा गरेको दाबी गरिन्छ ।

अक्षयलाई टि्वङ्कलको उपहार

अभिनेता पति अक्षय कुमारलाई अभिनेत्री पत्नी टि्वङकल खन्नाले कस्टम मेड हार्ली डेभिडसन ब्रान्डको बाइक उपहार दिएकी छिन् । अमे रिकाबाट सीधै आयात गरिएको उक्त बाइकको मूल्य ७ हजार अमेरिकी डलर अर्थात् साढे ३ लाख भारतीय रुपैयाँ छ । अभिनेता अक्षय कुमार बाइक मन पराउाछन् र लामो समयदेखि उनले एउटै बाइक चढिरहेको हुँदा आफ्नो विवाहको दसौं वाषिर्कोत्सवमा टि्वङकलले आफ्ना पति अक्षयलाई बाइक उपहार दिएकी हुन् । टि्वङकलले अक्षयलाई उपहार दिएको बाइक मरुन एन्ड क्रोम रंगको छ भने त्यो अनेकौं स्पेसलाइज्ड फिचरले युक्त भएको बताइन्छ ।

दीपिकाको दिन खराब

भन्छन्, भाग्यले साथ नदिएपछि र समय ठीक नभएपछि जे पनि गलत हुन्छ । यस्तै स्थिति अभिनेत्री दीपिका पादुकोणको छ । अभिनेता रणवीर कपुरसितको ब्रेकअपपछि केही हदसम्म दुःखी दीपिका अभिनीत एकपछि अर्को चलचित्र फ्लप सावित भएका छन् । केही समयअघि प्रदर्शन भएका दीपिका अभिनित लफंगे परिन्दे, ब्रेक के वाद, खेलेगे हम जी जान से लगातार एकपछि अर्को गर्दै फ्लप भए । यति मात्र नभै कफी विथ करणमा आफ्नो पूर्व ब्वाइफ्रेन्ड रणवीरका ’boutमा अनावश्यक टीकाटिप्पणी गरेर उनी थप समस्यामा परिन् ।


आमिर नुहाउँदैनन् रे

मिस्टर पर्फक्सनिस्टका रूपमा परिचित अभिनेता आमिर खानकी निर्देशिका पत्नी किरण रावका अनुसार आमिर नियमित रूपमा नुहाउँदैनन् । एक अन्तर्वार्ताका क्रममा आमिर पत्नी किरणले आफ्ना श्रीमान्को मन नपर्ने बानीका सम्बन्धमा बोल्दा उक्त कुरा बताएकी हुन् । अन्तर्वातार् का समयमा किरणसँगै रहेका अभिनेता आमिरले आफ्नी श्रीमतीको उक्त अभिव्यक्तिमा आफ्नो बचाउ गर्दै आमिरले आफू घरमा हुँदा मात्र नियमित रूपमा ननुहाउने तर काममा जाँदा भने आफू नुहाउने मामिलामा कन्जुस नभएको बताए ।

एउटै भिडियोमा २३

केही समयअघि प्रसन्न पौडेलले गायक शिव परियारको ‘क्या दामी भो…’ गीतको म्युजिक भिडियो निर्देशन गरे, जसमा झण्डै एक दर्जन भन्दा बढी मोडलहरूले अभिनय गरेका थिए । एउटै भिडियोमा त्यति धेरै मोडलले अभिनय गर्नु आफैंमा एउटा रेकर्ड थियो तर प्रसन्नको त्यो रेकर्ड धेरै दिनसम्म कायम रहन पाएन । चलचित्र निर्देशक सुमन दाहालले यसै साता एउटा म्युजिक भिडियो निर्देशन गरेका छन् जसमा २३ जना कलाकारले अभिनय गरेका छन् । गायिका राधिका श्रेष्ठले गाएकी एउटा गीतको म्युजिक भिडियोमा यति धेरै कलाकारले अभिनय गरेका हुन् । नेपालीहरूको बिदेसिने प्रचलनलाई व्यंग्य गर्दै गायिको उक्त गीतको भिडियोमा चलचित्र निर्देशक, नायक, नायिका, मोडल आदिले अभिनय गरेका छन् । म्युजिक भिडियोमा रमेश बुढाथोकी, आकाश अधिकारी, नन्दिता केसी, अरुणिमा लम्साल, युना उप्रेती, दिपाश्री निरौला, सिर्जना बस्नेत, गरिमा पन्त, कल्याण घिमिरे, घनश्याम खतिवडा, मुकेश आचार्य, निरु खड्का, शुभेच्छा थापा, वषर्ा राउत, नारायण पुरी आदि कलाकारहरूले अभिनय गरेका छन् । ‘नेपाली हुँ, नेपालमै बस्छौं, नेपालको सेवा गर्छौ’ गीतमा कलाकारहरूलाई नै अभिनय गराउनुका कारण ’boutमा निर्देशक दाहाल भन्छन्, ‘कलाकारहरू विदेसिएको आरोप सबैभन्दा बढी लाग्ने गरेको छ । यद्यपि यथार्थ त्यस्तो छैन । बिदेशिनेहरू कलाकारभन्दा अन्य पेसाकर्मीको जमात ठुलो छ । यो भिडियोमा देखिएका कलाकारहरू सकेसम्म स्वदेशमै बसेर काम गर्न रुचाउँछन् र गरिरहेका पनि छन् ।’

इतिहास

लामो समयदेखि नेपाली चलचित्रमा निर्माण नियन्त्रकका रूपमा काम गर्दै आएका मिलन सुवेदीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘इतिहास’ अहिले राजधानीका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन भैरहेको छ । राजधानीका विश्वज्योति, गंगा, अष्टनारायण, गोपी, गुण, बाराही आदि सिनेमा हलमा प्रदर्शन भैरहेको यो चलचित्रको निर्देशन उद्धव अविदितले गरेका हुन् । मिराज फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र यसअघि काठमाडौं उपत्यकाबाहिरका सिनेमा हलहरूमा प्रदर्शन भैसकेको छ । चलचित्रमा बिराज भट्ट, रेखा थापा, दिलिप रायमाझी, सञ्चिता लुइँटेल, रेजिना उप्रेती, मिथिला शर्मा तथा बालकलाकार इशान रावतले मुख्य भूमिका निर्वाह गरेका छन् । तीन वर्षअघि नै निर्माण सम्पन्न भएको यो चलचित्रमा एउटा रमाइलो प्रेमकथाका साथै विराज भट्टको आकर्षक द्वन्दलाई दर्शकले मन पराइरहेका छन् । पछिल्लो समयमा चर्चामा रहेका नृत्य निर्देशक कविराज गहतराजले यही चलचित्रबाट नृत्य निर्देशनको करियर प्रारम्भ गरेका हुन् ।

स्रोत साप्ताहिक

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: