चलचित्र ए साली जिन्दगीमा चुम्बन नै चुम्बन

चलचित्र ए साली जिन्दगीमा अरुणोदय सिंह र अदिती रावले २२-२२ पटक चुम्बन दृश्य दिएका छन्।

चलचित्रका लागि दिएको २ दर्जनजति चुम्बन दृश्यले त उनीहरुको व्यक्तिगत जीवनमा असर पर्ला/नपर्ला तर अरुणोदयले वास्तविक जीवनमै गरेको केवल एउटा चुम्बनले भने बलिउडमा हंगामा मचाइदिएको छ।

कांग्रेस नेता अर्जुन सिंहका नाति यी अरुणोदयले सो चलचित्रको प्रमोसनका लागि फणेको सिम्बासिस इन्स्टिच्युट अफ मास कम्युनिकेसनमा गएका बेला त्यहाँकी एक विद्यार्थी युवतीलाई चुम्बन गरिदिएपछि हंगामा भएको हो। आफ्नो विद्यार्थीलाई कलेजमै आएर सार्वजनिक रुपमा चुम्बन गरिदिएपछि सो कलेजले त्यसको कडा विरोध गर्दै आपत्ति जनाएको छ।

अरुणोदयले भावावेशमा आएर एक्कासी चुम्बन गरिदिएपछि ती विद्यार्थी मानसिकरुपले विक्षिप्त भएको र होस्टेलबाट बाहिर निस्कन छोडिदिएको समाचारमा जनाइएको छ। कलेजले आफ्नो आतिथ्यता सत्कारको अरुणोदयले गलत फाइदा उठाएको र अश्लिल हरकत प्रदर्शन गरेर आफ्नो लो बजेटको फिल्मको प्रमोसन गर्न खोजेको उनको आलोचना गरेको छ। अरुणोदयले भने ती युवतीले स्टेजमा आएर आफूलाई चुम्बन गर्न भनेको र सोहीअनुसार चुम्बन गरिदिएपछि उनले धन्यवादसमेत दिएको भन्दै आफ्नो सफाइ दिएका छन्। यो सानो कुरालाई किन ठूलो बनाइँदै छ मैले त बुझिनँ। तिनी स्टेजमा आइन् र मलाई किस गर्न भनिनन्। किस गरेपछि उनले थ्यांक्स पनि भनिन् -अरुणोदयले आफ्नो सफाइमा भनेका छन्। उता ए साली जिन्दगीका निर्देशक सुधीर मिश्राले जो केटी सबैभन्दा पहिला स्टेजमा आउँछे उसलाई अरुणोदयले चुम्बन गर्ने घोषणा पहिले नै गरेको र सोहीअनुसार ती युवतीलाई चुम्बन गरेको बताएका छन्। अरुणोदयले पहिले नै त्यसो भनेर घोषणा गरिसकेकाले चुम्बन गर्दा आपत्ति हुने भए उनी किन स्टेजमा आइन् त -मिश्राले प्रश्नसमेत तेस्र्याउँदै भनेका छन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: