देवी प्रसादको जीवनी


पृष्ठभूमि

नेपालमा धेरै देवीप्रसादहरू चर्चामा छन्। देवीप्रसाद बनवासी, देवीप्रसाद नेपाल, देवीप्रसाद किसान आदि। यी देवीप्रसादहरूले अनेक पुस्तकहरू लेखेका छन्, पुरस्कारहरू जितेका छन्, नाम कमाएका छन््। अन्य क्षेत्रमा पनि कतिपय देवीप्रसादहरू उपल्लो तहमा होलान्। तिनीहरूको जीवनी तपाईंले पनि पढ्नुभएको होला अथवा कुनै दिन पढ्नुहोला। मैले यहाँ प्रस्तुत गर्न खोजेका देवीपर्साद तिनीहरूहरूभन्दा भिन्न छन्। यी देवीप्रसाद होइनन्, देवीपर्साद हुन्।

देवीपर्सादको बायोग्राफी
यी देवीपर्सादले कुनै कृति त के एउटा कविता पनि लेखेका छैनन्। कुनै पुरस्कार प्राप्त गरेका छैनन्। यिनको बायोग्राफी हेर्दा नेपालका दुई-चार जिल्लाबाहेक संसारको कुनै पनि देश पुगेका छैनन्। यिनी कुनै राजनीतिक दलका सभापति वा अध्यक्ष वा महासचिव होइनन्। कुनै ठूला अफिसर, स्टार कलाकार, नेता वा मन्त्री पनि होइनन्। निजामती किताबखाना, सञ्चय कोष, नागरकि लगानी कोष कतै पनि यिनको नाम छैन। यिनको नाम उनको नागरकिताको प्रमाणपत्रमा वा आफ्नै नाममा जग्गाको कुनै टुक्रो कतै भए लालपुर्जामा हुनसक्छ। बाबुबाजेदेखि नै यिनको पेसा खेतीपाती हो। गोरु जोत्छन्, खलो पोत्छन्। गाई पाल्छन्, भकारो फाल्छन्।

देवीपर्सादको जन्ममिति र स्थानका ’boutमा पाठकले जानकारी राखिरहनु आवश्यक छैन। ’cause, कसैले यिनकोे जन्म कहिले र कहाँ भएको थियो भनेर कुनै परीक्षा वा प्रतियोगितामा सोध्ने छैन। उनकी आमालाई नै उनको जन्ममिति’bout यकिन छैन। छोराले पनि देवीपर्सादको मृत्युपछि देहान्त भएको तिथिमिति मात्रै याद गर्नेछ, त्यो पनि सुरुका केही वर्ष पिण्ड लडाउन। सके उसलाई पनि कुनै प्रोफेसनल पुरोहितले जबरजस्ती घच्घच्याएर सम्झाउनुपर्ला। त्यसपछि देवीपर्सादको इतिहास सदाका लागि समाप्त हुनेछ।

लाछी देवीपर्साद
देवीपर्साद कुनै प्रजातान्त्रिक आन्दोलनका पुराना वा नयाँ योद्धा होइनन्। योद्धा नभएकाले आजसम्म यिनले एक जना पनि मान्छे मारेका छैनन्। कसैलाई जिउँदै गाडेका पनि छैनन्। खुकुरी, खुर्पा, हँसिया आदि हतियारचाहिँ चलाइरहन्छन्, बाँस काट्न वा घाँस काट्न। बरु दाउरा गिँड्छन्, चोया काड्छन् तर मान्छेको छाला कहिल्यै काड्दैनन्, लाछी छन्।

हैसियतबिनाका देवीपर्साद
देवीपर्साद गाउँका मर्दापर्दाका भरपर्दा साथी मात्रै हुन्। लिङ्गा खोज्ने, गेट बनाउने, तोरन टाँग्ने, पुलाउ पकाउने, अचार बनाउने, शंख फुक्ने, खाल्डो खन्न्ोजस्ता सामान्य काममा उनी अघि सर्छन्। परअिाउँदा मूढा चिर्छन्, भारी बोक्छन्, बालुवा ओसार्छन्, दूध बेच्छन्, अनेक गर्छन्। कामको चटारो र खानाको असन्तुलनले गर्दा उनी खिनौटे छन्, रोगी छन्। गाला चाउरी परेर भित्र पसेका छन्, उमेरभन्दा निकै बूढा लाग्छन्। यसरी हेर्दा देवीपर्साद कुनै हैसियतका मान्छे होइनन्।

राजनीतिप्रति अनावश्यक चासो
देवीपर्साद अस्ितसम्मका दुब्लापातला नेताहरू दिनदिनै सुँगुर मोटाएजस्तो मोटाएको देखेर डाहा गर्छन्। तिनीहरूका गाला गर्भवती बुँगुर्नीको भुँडीजस्ता पोटिला, रगत चुहिएलाजस्ता राता र तेलभन्दा चिल्ला छन् भने देवीपर्सादका गाला गाला हो कि खस्रे भ्यागुताको छाला हो, उनैलाई छुट्याउन मुस्िकल पर्छ। उनलाई लाग्छ, यो देश बिगार्नेर् तिनै भुँडे नेताहरू हुन्। सुधारको आशामा उनी वर्षौंदेखि नेताहरूको मुख ताकेर बसेका छन्। सकेका ठाउँमा सहयोग गरेका छन्। जुलुसमा हिँडेका छन्, लाठी र अश्रुग्यासहरूसँग भिडेका छन्। चुनावमा कहिले यसले गर्ला कि भनेर यसलाई, कहिले त्यसले गर्ला कि भनेर त्यसलाई भोट हालेका छन्। सबैतिरबाट धोका पाउँदा आक्रोशित छन्। उनलाई राजधानीतिरका समाचार सुन्दा वाक्वाकी लाग्छ। नेताहरूको खानपान, ऐसआराम र चैन देख्दा बेचैन हुन्छन्। नेताहरूले व्यक्तिगत स्वार्थका लागि देशलाई बन्धक बनाएको देखेर भित्रभित्रै रगत उम्लेर आउँछ। प्रकृतिको अभूतपूर्व वरदान प्राप्त यो देशलाई नरकजस्तो बनाउने नेताहरू नै हुन् भन्ने लागेर उनको मन बिनसित्तिमा पोल्छ।

देवीपर्साद बौलाउन खोज्छन्
उनलाई आफ्नो वरपिरकिो वातावरण देखेर बौलाउन मन लाग्छ। नजिकैबाट खोलो बग्छ, खेत बाँझै छ। जलस्रोतमा संसारकै धनी देश भनेको सुनेका छन् तर घरमा दिनको अठार घन्टा लोडसेडिङ् हुन्छ। हेर्दाहेर्दै गाउँमास्ितरको घनाजंगल तस्करहरूले फाँडेर खाइसके। आफ्नै घरछेउबाट तिनीहरूले ढुंगा, बालुवा र गिट्टी ओसारेर सिमाना कटाएका कटाएकै छन्। नेता भनाउँदा पाङ्ग्रेहरू सिंहदरबारको रछ्यानमा सत्ताको हाड टोक्न ङ्यार्र र ङुर्र गरेर बसेका छन्। यस्तो सोचेर देवीपर्साद दाह्रा किट्छन्, मुर्मुरन्िछन् र आँगनछेउमा लडिरहेको मूढालाई बन्चराले जथाभावी चिर्न थाल्छन्।

देवीपर्सादको अभूतपूर्व थप्पड
दाउरा चिररिहेका बेला एक जना ठूला नेता उनकै घरपर्तिर आएर ठूल्ठूलो स्वरमा भाषण गर्न थालेको देखेपछि देवीपर्साद पनि भाषण सुन्न जान्छन्। नेताका कुरा सुन्दासुन्दै देवीपर्सादलाई देवी चढ्न थाल्छ। नेताका चिल्ला गाला देख्ता उनको हत्केलो त्यसै त्यसै चिलाएर आउँछ। उनी बुरुक्क उपि|mएर मञ्चमा जान्छन् र सम्पूर्ण नेपाली देवीपर्सादहरूका तर्फबाट भन्दै नेताका गालामा कस्िसएर एक थप्पड हान्छन्।

उपसंहार
देवीपर्साद त ठूला नेताका रुईजस्ता राम्रा गालामा थप्पड हानेर आफ्ना खस्रा हात टक्टक्याइवरी भकारो सोहोर्न गइसके। अब ती नेताचाहिँ गालामा बसेको छाप मेटाउनतिर लाग्लान् कि जुनीभर िगालामा पञ्जाछाप बोकेर शक्ति र सम्पत्ति सोहोर्न लागिरहने हुन्, त्यो हेर्न हामी बाँकी देवीपर्सादहरू पनि लालायित छौँ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: