सत्र वर्षदेखि घाटको बास

बागलुङ, – हि्वलचियर जाने सडक र अपांग मैत्री घरको व्यवस्थ् नभएपछि यहाँका अपांग १७ वर्षदेखि कालीगण्डकी किनारस्थित निर्णयघाटमा कष्टकर जीवन बिताइरहेका छन् ।

मालिका ७ पञ्चासेका शशिकान्त सापकोटा २०५० मा सामान्य ज्वरोको उपचारका क्रममा अपांग भएपछि अझै घर र्फकन नसकेका हुन् ।
म्याग्दीको भकुन्डेस्थित स्वास्थ्य चौकीमा सुई लगाएपछि उनको कम्मरदेखि तलको भाग नचल्ने भएको उनले बताए । उनी कतै जान नसकेपछि श्रीमती निरूले निर्णयघाटमा राखेर बसेकी छन् । दैनिक कालीगण्डकी किनारमा गिट्टी कुट्ने र बालुवा बोक्ने काम गरेर श्रीमान् र आफ्नो जीवन बिताएकी छन् ।

गाउँ जाने बाटो र घरको अवस्था हि्वलचियर चलाउन नमिल्ने भएकाले सापकोटा घर र्फकन नपाएपछि निरूसमेत १७ वर्षदेखि घर, माइत कतै जान नपाएको गुनासो गरिन् । ‘दैनिक गिट्टी, बालुवाबाट कमाएको पैसाले श्रीमान् र मैले दुई छाक खाएका छौं,’ उनले भनिन्, ‘कसैले दिएको दान मुठी खाएर पनि धेरै दिन बितायौ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: