ठुलो नितम्ब र तिघ्रा हुनुको फाइदा

भारतीय सौन्दर्य शास्त्रमा ठुलो नितम्ब र तिघ्रालाई अकर्षणको केन्द्र मानिदै आएको छ। अब यो सौन्दर्यको हतियार स्वास्थ्यका लागि पनि महत्वपूर्ण रहने गरेको खुलासा भएको छ। बेलायतका डाक्टरका अनुसार जुन महिलाको नितम्ब र तिघ्रामा बढी तौल हुन्छ अर्थात ठुलो हुन्छ उनीहरुको स्वास्थ्य राम्रो छ भन्ने प्रमाण हो । ’cause यसले मुटुरोगबाट बचाउने गर्दछ। साथै ठुलो नितम्ब र ठुलाठुला तिघ्राले पाचन क्रिया र शरीरलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्ने डाक्टरहरुको भनाइ छ । यी डाक्टरहरुका अनुसार ठुला नितम्बले हानिकारक रसायनहरुलाई पगाल्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसमा यस्ता रसायनका कणहरु हुने गर्दछ कि जसले मुटुसम्म पुग्ने रक्त बाहिनीहरुमा रगत जम्नबाट रोक्दछ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुको एउटा टोलीले गरेको प्रयोगपछि महिलाको कमरको आसपास जुन वजन जम्मा हुने गर्दछ। यसको तुलनामा नितम्बमा जम्मा हुने वजन स्वास्थ्यको दृष्टिले बढी राम्रो हुने गर्दछ। ’cause कमरको आसपास हुने वजनले स्वास्थ्यका लागि कुनै फाइदा हुँदैन । यो अध्ययन इन्टरनेशनल जर्नल अफ ओबीसिटीमा प्रकाशित भएको छ। यो निष्कर्षपछि भविष्यमा डाक्टरहरु महिलालाई वजन कमरमाथि जम्मा गर्नुको सट्टा नितम्ब र तिघ्रा ’round जम्मा गर्ने तरिकाका ’boutमा सल्लाह दिने तयारीमा लागेका छन्। जसबाट मुटुरोग, डायविटिजजस्ता रोगबाट बच्न सकिनेछ। शोधकर्ताहरुका अनुसार नितम्बमा निकै कम वजन भएका कारणबाट अनेक गम्भीर रोग लाग्ने खतरा रहने गर्दछ।

वजनको आकार प्रयोगकाअनुसार नितम्ब र तिघ्रामा जम्मा भएको वजन हटाउन कठिन हुन्छ । जवकि कमर आसपास जम्मा भएका बोसो सजिलै हटाउन सकिन्छ। बैज्ञानिकहरुका अनुसार जब बोसो तिब्रत्तर पग्लने वा कम गर्ने कोसिश गरिन्छ तब यसबाट विशेष रासायनिक तत्व निक्लने गर्दछ। जसले शरीरमा झनझनाहट पैदा गर्दछ। यो रसायनिक तत्वको सम्बन्ध मुटु वा डाइविटिजजस्ता रोगसँग हुने गर्दछ। शोधकर्ता टिमका प्रमुख डाक्टर कोन्सटेन्टिनोस मैनोलोराँलोसका अनुसार यो अति आवश्यक छ कि कम्मरको आकारलाई महत्व दिइयोस्, जसबाट कहाँ र कसरी बोसो जम्मा हुने गर्दछ। ‘नितम्ब र तिघ्रामा बढी बोसो त तपाईका लागि ठिक छ तर पेटको आसपास बढेको बोसोले स्वास्थ्यमा समस्या ल्याउनेछ।’

नितम्बको बोसो हल्लिनाले एक प्रकारका रसायन बन्ने गर्दछ । जुन मुटुको धमनीहरुलाई जम्नबाट बचाउने गर्दछ। र, ब्लडसुगरलाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउछ। जसको कम्मर र पेटको चारैतर्फ बोसो जम्मा हुन्छ, उनीहरुमा मुटुरोग र डायविटिज हुने बढी खतरा रहन्छ। यस्ता मानिसमा पेट र कम्मरको चारैतिर बोसो जम्मा भएको हुन्छ। जसबाट यसको आकार स्याउजस्तो देखिन्छ। डाक्टर कोन्सटेन्टिनोसका अनुसार यदि महिलाको पेट पातलो छ, त्यहाँ बोसो जम्मा हुँदैन । त्यतिबेला तिघ्रामा बोसो जम्मा हुनु निश्चय नै राम्रो हुन्छ।

उनका अनुसार ‘कठिन यो छ कि जब तिघ्रामा बोसो आउँछ त पेटमा पनि बोसो जम्मा हुन्छ, त्यसैले ठुलो तिघ्राका साथ पातलो पेट राख्नु मुस्किल काम निश्चय नै हो। बृटिश पाउण्डेशनका फोटिनी रोजाकीजका अनुसार ‘यो शोधबाट यो बुझ्न सहयोग पुगेको छ कि शरीरमा बोसोले कसरी काम गर्दछ। र, कहाँ जम्मा हुने बोसो राम्रो र कहाँ जम्मा भएको नराम्रो हुन्छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ। यसबाट मुटुरोगलाई बुझ्न पनि निकै सहयोग पुगेको छ। बीबीसी

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: