धनकुटामा स्थानीय ब्लु भिडियोको बिगबिगी

मुलुकमा नाम चलेका हिरोइनहरूको ब्लु भिडियो क्रमशः सार्वजनिक भइरहेको बेला धनकुटामा पनि ब्लु भिडियोको बिगबिगी बढेको छ । धनकुटामा राजधानीबाट सार्वजनिक भएका ब्लु भिडियोको नभई स्थानीयस्तरमा बनाइएका ब्लु भिडियोको बिगबिगी बढेको हो ।
धनकुटाका विभिन्न साइबर क्याफे र युवायुवतीको मोबाइलमा यस्ता ब्लु भिडियो प्रशस्त हेर्ने पाइन्छ । धनकुटा र पूर्वका विभिन्न सहरमा बनाइएका करिब दुई दर्जन ब्लु भिडियो सहज रूपमा छ्याप्छ्याप्ती पाइने गरेको धनकुटा हुलाकटोलका कक्षा १२ मा अध्ययनरत १८ वर्षिया एक युवा बताउँछन् । ती युवाका अनुसार धनकुटामा खिचिएका तीन, धरानमा खिचिएका चार र झापाको दमकमा खिचिएका तीनवटा ब्लु भिडियो उनको मोबाइलमा छन् । आफ्नो मोबाइलमा भएका ती ब्लु भिडियो देखाउँदै उनले भने, ‘ती सबै पूर्वमा बनाइएका भिडियो हुन् । यस्ता भिडियो अरू कति छन् । चाहिन्छ भने ल्याइदिन्छु ।’
धनकुटामा मात्रै तीनवटा ब्लु भिडियो बनेको स्थानीय युवायुवती बताउँछन् । तर, त्यस्ता अश्लील भिडियो बनाउनेको पूर्ण रूपमा परिचय नखुले पनि अधिकांश १७ देखि २२ वर्षका युवायुवती संलग्न रहेको देखिन्छ । तीनमध्ये एउटा भने धनकुटा-७ स्थित चुलीवन जंगलमा बनाइएको स्पष्ट देखिन्छ । करिब पाँच मिनेट लामो सो भिडियोमा जंगलमा एकजोडी युवायुवती यौनक्रीडामा लीन भएको देखिन्छ ।
यस्तै अन्य दुई अश्लील भिडियो पनि धनकुटामै खिचिएको बताइन्छ । ती भिडियोमा देखिने युवायुवती १७ देखि २२ वर्षभित्रकै रहेका छन् । यसरी ब्लु भिडियो बनाउने अधिकांश युवायुवती धनी परिवारको भएको धनकुटा-६ सिरान बजारका सञ्जीव श्रेष्ठले बताए । धनकुटामा चुलीवन सिन, धरान नर्स, दमक सेट, धरान लोकल आदि नामका स्थानीय ब्लु भिडियो पाइएका छन् । ‘लोकल सिनमा रियल सेक्स भिडियो हेर्न पाइन्छ,’ धनकुटा-७ डाँडागाउँकी एक युवतीले भनिन्, ‘आफ्नै ठाउँमा खिचिएका सेक्स भिडियो हेर्नुको मज्जा बेग्लै हुदोरहेछ ।’ नजिकका साथीसँग लुकीलुकी सेक्स भिडियो हेर्दा चरम मनोरञ्जन मिल्ने गरेको तर्क राख्ने ती युवतीले दिनमा एकचोटि ब्लु भिडियो हेरेर मनोरञ्जन लिने गरेको बताइन् ।
केही समयअघि मात्र बजारमा आएका नाम चलेका नायिकाहरू नम्रता श्रेष्ठ र पूजा लामाको ब्लु भिडियो हेरेर त्यसको सिको गर्दै स्थानीय युवायुवती पनि ब्लु भिडियो बनाउन सक्रिय हुदै गएकोमा स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । ब्लु भिडियोलेे समाजमा ठूलो विसंगति फैलाउँदै गएको र यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने विचार राख्छन्, धनकुटा-७ का रमेश कार्की । कार्की भन्छन्, ‘समाजमा विकृति फैलाउने यस्ता ब्लु भिडियो बनाउनेलाई कडा कारबाही गर्नुपर्छ ।’ यस्ता भिडियो युवायुवतीले मात्रै नभई समाजका विभिन्न क्षेत्रका व्यक्तिले पनि हेर्ने गरेको पाइएको छ ।
ब्लु भिडियोको बिगबिगी बढेको जानकारी पाए पनि कारबाही गर्ने स्पष्ट कानुन नहुँदा नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजेश राई /धनकुटा/नयाँ पत्रिकाबाट

Advertisements

One Response

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: