यौनशिक्षा अनिवार्य गर्ने माग

काउन्सिल अफ पोर्टसमाउथका अध्यक्ष हेडेन टेलरले यौन शिक्षालाई कानुनका रूपमा लागू गर्नुपर्ने बताएका छन् । स्थानीय एड्मिरल लर्ड नेल्सन स्कुलका १४ वषर्ीय छात्र हेडेनले विद्यार्थीहरूको काउन्सिलको अध्यक्षमा निर्वाचित भएपछि उक्त कुरा बताएका हुन् । अहिले पोर्टसमाउथमा टिनएजरमै आमा बन्ने बालिकाको संख्या बढ्दै गएको छ । यो अवस्था आउनुको मुख्य कारण विद्यालय स्तरमा यौन शिक्षा उपलब्ध नहुनु एवं शिक्षकहरूले पनि यौन शिक्षालाई अन्य विषयझैं बुझाएर पढाउन नसक्नु भएको काउन्सिलले ठहर गरेको छ । विद्यालयस्तरका बालबालिकाहरूको उक्त काउन्सिलले सरकारले अब यौन शिक्षालाई अनिवार्य रूपमा प्रत्येक विद्यालयले आफ्नो पाठ्यक्रममा राख्नुपर्ने सुझाव दिने भएको छ । पोर्टसमाउथमा सन् १९८० देखि पाठ्यक्रममा सुरक्षित यौनसम्पर्क, यौनसम्बन्ध, लागूपदार्थ तथा स्वस्थ खानपिनको विषयमा पढाइए पनि विद्यालयहरूले यौन शिक्षालाई भने निरन्तरता दिएका थिएनन् ।

छलफलमा अश्लील चलचित्रकी नायिका
बेलायतको क्याबि्रज युनिभर्सिटीले आयोजना गर्ने छलफल कार्यक्रमलाई चासोका साथ लिइन्छ । युनिभर्सिटीले यसअघि विन्सटन चर्चिल, रोनाल्ड रेगन, किष्ट उडजस्ता विश्वकै चर्चित व्यक्तिहरूलाई आफ्नो छलफल कार्यक्रममा सहभागी गराएको थियो । अब यो युनिभर्सिटीले आफ्नो छलफल कार्यक्रममा अश्लील चलचित्रकी नायिका सेली लुबेनलाई प्रस्तुत गर्ने भएको छ । सेलीले पिंक क्रस फाउन्डेसनमार्फत अश्लील सामग्रीको स्तर खस्किएको विषयमा वकालत गर्दै आएकी छिन् ।

छलफल पोर्नोग्राफी
-अश्लील सामग्री) ले सर्वसाधारणमा राम्रो प्रभाव पार्छकी पार्दैन भन्ने विषयमा केन्दि्रत हुनेछ, जसमा बेलायतको पहिलो अश्लील चलचित्रकी निर्देशक एन्ना स्पामले समेत सहभागिता जनाउनेछिन् । युनिभर्सिटीकी अध्यक्ष लाउरेन डेभिडसनका अनुसार युनिभर्सिटीले यसअघि राजनेताहरूलाई छलफलमा बोलाइन्थ्यो, तर अहिले अश्लीलताले समाजलाई अर्कै बाटोमा डोर्‍याइरहेका कारण हामीले यो विषय छनौट गरेका हौं ।

स्रोत साप्ताहिक

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: