अब मल्लिका शेरावतको फिल्म १८ वर्षमुनिको लागि पनि

मल्लिका शेरावतलाई आफ्ना धेरैजसो फिल्म १८ वर्षका वयष्कले मात्र हेर्न मिल्ने भएकाले टेन्सन भएको छ। यो टेन्सन हटाउनका लागि मल्लिकाले अब १८ वर्ष नपुगेका किशोरकिशोरी र बालबच्चाले पनि हेर्न मिल्ने काम गर्ने निर्णय गरेकी छिन्।

मल्लिका कलस्र च्यानलले प्रसारणमा ल्याउन लागेको डान्स रियालिटी शो चक धुमधुममा प्रस्तुत भएर अवयष्क दर्शकमाझ पनि पुग्न लागेकी हुन्। नयाँ डान्स प्रतिभाले अवसर पाउने यस शोमा मल्लिका निर्णायकका रुपमा सहभागी भएकी छिन्।
अहिलेको जमानामा टेलिभिजनको पहुँच धेरै छ -मल्लिकाले भनेकी छिन्- मेरा धेरैजसो फिल्म १८ वर्षमाथिकालाई मात्र हुन्छन्। यो मेरा लागि ठूलो अवसर हो कि अब १८ वर्षमुनिका दर्शकले पनि मलाई हेर्न सक्छन्। म प्रतीक्षा गरिरहन सक्दिनँ कि मानिस १८ वर्ष पुगून् अनि मात्र मलाई हेरुन्। मल्लिकाले ख्वाहिस मर्डर हिस्सजस्ता थुप्रै चलचित्रबाट आफ्नो कामुक छवि बनाएकी छिन् भने अत्यधिक कामुकताका कारण उनका चलचित्रलाई सेन्सरले वयष्कका लागि मात्र -भन्दै एडल्टको ट्याग लगाइदिने गरेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: