मिस मंगोलको तेस्रो संस्करण

एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शुरु भएको मिस मंगोलको तेस्रो संस्करण मिस मंगोल २०११ को छनोट प्रक्रिया शुरु भएको छ।

आगामी फागुनको अन्तिम साता राजधानीमा आयोजना हुने यस प्रतियोगितामा सहभागी हुन चाहनेका लागि आवेदन फारम आ³वान गरिएको आयोजक संस्थाले जनाएको छ। आयोजकले दिएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुन मंगोलियन समुदायका १६ देखि २४ वर्ष उमेरसमूहका अविवाहित युवतीले आवेदन दिन सक्नेछन्। त्यसका लागि घटीमा ५ फिट उचाइ एवम् एसएलसी उत्तीर्ण हुनुपर्ने नियम छ।

पछिल्लो समयमा नेपालमा जातीय सौन्दर्य प्रतियोगिताको लहर चलेका बेला आदिवासी जनजातिका युवतीलाई समेटेर शुरु भएको यस प्रतियोगितालाई सांस्कृतिक अभियानका रुपमा अगाडि सारिएको एक्सन इन्टरटेनमेन्टले जनाएको छ जसमा मंगोलियन समुदायको भाषा मौलिक कला संस्कृति वेशभूषा रहनसहन एवम् परम्परागत जीवनशैलीका ’boutमा जानकारी दिने दाबी गरिएको छ। यसबाट मंगोलियन युवतीमा लुकेर रहेको प्रतिभा प्रस्फुटन आत्मविश्वास व्यक्तित्व विकासमा अभिवृद्धि जनमानसका अगाडि आफूमा भएको प्रतिभा प्रदर्शन गर्नेदेखि मौलिक कला एवम् संस्कृतिका ’boutमा जानकारीसमेत हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

मिस मंगोलको यस संस्करणमा शीर्ष उपाधिका साथै फस्ट रनरअप सेकेन्ड रनरअप मिस ट्यालेन्ट मिस कल्चरल एम्बेसडर मिस डिसिप्लिन मिस पस्रनालिटी मिस फ्रेन्डसिपलगायतका विभिन्न उपाधि प्रदान गरिनेछ। प्रतियोगितालाई पारदर्शी एवम् समयसापेक्ष बनाउन मिस मंगोल विजेता छनोटमा गत वर्षदेखि तीन प्रक्रिया अपनाइँदै आएका छन् जसमा २५ प्रतिशत सहभागीमा निहित प्रतिभा प्रदर्शन २५ प्रतिशत एसएमएस भोटिङ र ५० प्रतिशत अन्तिम प्रतिस्पर्धाका दिन प्रतियोगीको प्रस्तुतिलाई आधार बनाइनेछ। प्रतियोगीको प्रतिभा प्रस्तुति र जनसमर्थन तीन पक्षको संयोजनबाट उचित र योग्य विजेता छनोट हुने भएकाले नेपाली सौन्दर्य प्रतियोगितामा विजेता छनोटका लागि अपनाइएको यो विधि पहिलो र सबैभन्दा वैज्ञानिक भएको आयोजकको दाबी छ।

आवेदन दिनेमध्येबाट पहिलो चरणको छनोट अडिसन बाट तीन दर्जन प्रतियोगीको छनोट गरी अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएका छन्। अडिसनबाट छनोट भएका प्रतियोगीलाई प्रतियोगितासँग सम्बन्धित विभिन्न विषयमा एक महिना प्रशिक्षण दिइनेछ। प्रशिक्षणका क्रममा प्रतियोगीहरुलाई विभिन्न जातजाति एवम् भाषाभाषीको मौलिक कला संस्कृति वेशभूषा रहनसहन एवम् जीवनशैलीका ’boutमा विशेषज्ञहरुबाट जानकारीसमेत गराइने जनाइएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: