सुरु भयो फेसबुकमा इमेल….

Nepali / English

सुरुवात फेबुक इमेलको:
इन्टरनेटको संसारमा फेसबुकको बहुचर्चित र बहु प्रतीक्षित इमेल सेवा यसका केही प्रयोगकर्ताहरू माझ सार्वजनिक भएको छ । आज बिहान फेसबुक खोलेर हेर्दा आफ्नो फेसबुकमा पनि यो सेवा सुरु भएकोले फेसबुक इमेलको पहिलो झलकका ’boutमा केही लेख्दैछु।

फेसबुक ईमेल अर्थात् युजर आइडिको पछाडि @facebook.com हुने इमेल अबको केही समय भित्रमा विस्तारै फेसबुकका सबै प्रयोगकर्ताको खातामा खुल्दै जानेछ । यसै पनि दुबैतर्फका प्रयोगकर्तासँग फेसबुक भएको अवस्थामा मानिसहरूले सन्देश आदान प्रदान गर्न फेसबुककै ‘मेसेज’, ‘स्टाटस’ ‘नोट’ आदि प्रयोग गर्दै आएका थिए र एटेजमेन्ट भएको अवस्थामा मात्रै इमेलको सहारा लिनु पर्थ्यो । फेसबुकले इमेल सेवा प्रदान गर्ने बित्तक्कै अब त्यो सिमा वा बन्धन पनि टुटेको छ ।

ईमेल र सामजिक सञ्जालको प्रतिस्पर्धा:
अबका दिनमा एकतर्फको प्रयोगकर्तासँग फेसबुक छ र अर्कोतर्फको प्रयोगकर्तासँग फेसबुक छैन (अन्य कुनै इमेल मात्रै छ) भने पनि ती दुईका बीचमा सन्देश मात्रै हैन, ईमेल, डकुमेन्ट, मल्टिमिडिया वा अन्य कुनै डेटाहरू बाँड्न सम्भव भएको छ । फेसबुकमा इमेल खुलेका कुनै पनि प्रयोगकर्ताले अब कुनैपनि इमेल ठेगानामा सिधै पत्राचार गर्न सक्छन भने आफ्नो फेसबुक नभएका कुनैपनि व्यक्तिले फेसबुक प्रयोगकर्ताको “मेसेज’ बक्समा पुग्ने गरि सिधैँ टेक्स्ट र एटेचमेन्ट समेत पठाउन सक्नेछन् । यो प्रविधि र सुविधा फेसबुकको लागि एउटा नयाँ आकर्षण र जिमेल, याहू, हटमेल आदि जस्ता नि: शुल्क इमेल प्रदायकलाई एउटा चुनौती हुनेछ ।

जुनसुकै इमलेबाट फेसबुकमा सिधै सन्देश पठाउन सकिने र फेसबुक बाटै कुनै पनि इमेलमा पत्राचार गर्न सकिने सुविधाले फेसबुकको प्रयोग र प्रोगकर्तामा अझै उल्लेख्य वृद्धि हुने कुरा सहजै अनुमान गर्न सकिन्छ भने फेसबुकको यो सुविधा पश्चात्: बजारमा टिकिरहन र नयाँ प्रयोगकर्तालाई आकर्षित गर्न जिमेल, याहू आदि इमेल प्रदायकले पनि नयाँ नयाँ फिचर र सुविधाको खोजी गर्नै र नयाँ नयाँ सुविधा थप्दै जानेमा करिब करिब ठोकुवा गर्दा पनि फरक पर्दैन । जे होस सञ्चार र सामाजिक सञ्जालका ठूला कम्पनीहरुको प्रतिस्पर्धा आम उपभोक्ता वा प्रयोगकर्ताको हिसाबमा भने लाभदायक नै हुनेछन् । आ-आफ्ना प्रयोगकर्तालाई टिकाई राख्न र नयाँ सुविधा थप्न यी ठूला कम्पनीहरु बीच चल्ने प्रतिस्पर्धाले भविष्यको सञ्चार र सामाजिक सञ्जाललाई अझै सहज, विविधता पूर्ण र जीवनोपयोगी बनाउँछ भनेर अहिले नै भन्दा पनि फरक पर्दैन ।

कस्तो छ त फेसबुक इमेल:
आज भर्खरै खुलेको र व्यस्ताका बीच राम्ररी हेर्न नभ्याए पनि फेसबुकको इमेल सरल र उपयोगी रहेको कुरा भने उल्लेख गर्नै पर्छ । फेसबुक इमेलको लागि मात्रै छुट्टै एकाउन्ट दर्ता गर्न नमिल्ने र फेसबुकका प्रयोगकर्ताले फेसबुककै आफ्नै पेजबाट मात्रै खोल्न मिल्ने गरी यसको सञ्चालन गरिएको छ। हाललाई POP वा IMAP सपोर्ट गर्ने नगर्ने वारे पनि कुनै आधिकारीक जानाकारी दिइएको छैन । टेक्स्ट र एटेचमेन्ट हाल्न मिल्ने भएपनि इमेलमा ‘subject’ लेख्न नमिल्ने र BCC गर्ने सुविधा यसमा छैन् । इमेलमा ‘subject’ नलेख्दा कुन मेल के विषयमा आएको हो भनेर निर्क्योल गर्न पक्कै झन्झट हुने छ । फेसबुकबाट गैह्र फेसबुक वा अन्य कुनै इमेलमा पठाईएका सन्देशको विषयमा “Conversation with …” मात्रै देखिने भएकोले एकैजना प्रेषकको धेरै सन्देशहरू आएमा कुन मेल के विषयको हो भनेर छुट्याउन मुश्किल हुन्छ ।

केही झलकहरु:
हाललाई फेसबुकको इमेल सुविधा आफैँले खोल्न नमिल्ने र फेसबुककै सिस्टमबाट खुलेपछि मात्रै सक्रिय गराउन मिल्ने भएकोले फेसबुक खोल्दा “Message” मा हेर्दै गर्नु होला त्यहाँ “Upgrade to the New Messages” भन्ने सन्देश देखेपछि तपाईँ “See What’s New” मा क्लिक गरेर त्यसलाई सकृय गराउने प्रक्रिया पुरा गर्न सक्नुहुन्छ । अन्तमा फेसबुक इमेलका केही झलकहरु:

Advertisements

One Response

  1. चित्र मात्रै फरक रहेछ, लेख्ने भाषा त तपाईँको र मेरो ठ्याक्कै उस्तै रहेछ है !

    तै तै मैले 11 January, 2011 मै यो पोस्ट आफ्नो ब्लग मा टाँसीसकेको रहेछु नत्र त मलाई नै चोर दोष लाग्थ्यो होला !!

    ब्लगर महोदय, तपाईँको र मेरो लेखन शैली समान देखेकोले यो कमेन्ट छाडेको नि …. नपत्याए मेरो यो पोस्ट हे्र्नुस त ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: