बीर गोर्खाली बिष्णु श्रेष्ठलाई मेरो हृदय देखि नै सलाम !

बिष्णु श्रेष्ठ

पोखरा निवासी बिष्णु श्रेष्ठ १७ बर्षको सेवा पश्यात गोर्खा पल्टन (भारतीय सेना )बाट स्वच्छिक अबकास लिएर भदौ १७ ,२०६७ ,सेप्टेम्बर २ तारिख घर फर्किदै थिए !उनी चडेको रेल जंगलमा आईपुग्दा मध्ये रातमा ४० जना डाँकाहरुले यात्रुहरुको सामान, गरगहना लुट्ने र युवतीलाई हातपात गर्दै बलात्कार गर्ने प्रयास गरे ! बीर गोर्खाली बिष्णुले एउटा खुकुरीको भरमा आफ्नो ज्यानलाई बाजी राखेर डाँकाहरुलाई परास्त गर्न सफल भए भने आफ्नै दिदी बैनी सरह सम्झि दयावान बनेर युवतीको अस्मिता लुटिनबाट बचाए ! उनको यो अदम्य साहसलाई हामी सम्पूर्ण नेपालीहरुले कदर नगरिरहन सक्दैनौ ! सिरुपाते खुकुरीको शान र अभिमानलाई उनले फेरी चम्काउँन सफल बनेका छन् ! गोर्खालीहरु साच्चै कै बहादुरी हुन्छन् भन्ने कुरा उनले प्रमाणित गरिदिएका छन् !

नेपाली इतिहासमा कोरिएको नेपाली बिरताको पहिचान खुकुरीको कथालाई मजबुद बनाएका छन् उनको बहादुरीले ! उनको बहादुरीको कदर गर्दै भारत सरकारले सौर्य चक्र, बहादुरी आभूषण र सर्बोत्तम उच्च पदकले सम्मानित गर्दैछ ! बिश्वमा नै उच्च सगरमाथा ,बुद्धको देश र बीर गोर्खालीको देश भनेर चिनिने नेपाललाई फेरी उनले अर्को बिरता थपी दिएकाछन् ! जुन सम्पूर्ण नेपालीहरुको शान र गौरबको बिषय हो !

पुन बीर गोर्खालीको बाहादुरी देखाउँदै उनको अदम्य साहस र पराक्रमलाई सलाम !!
स्रोत फकेबूक

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: