नो सेक्स विफोर म्यारिज

  • मोडेल लिजा सेनका अन्य तस्बिरहरु
  • ललितपुर सातदोबाटोकी ५ फुट ५ इन्च अग्ली लिजा सेनको तौल ५० किलोग्राम छ । कक्षा १२ मा अध्ययनरत सेनको सपना मोडलिङ हो । हङकङबाट सञ्चालित वे बसाइट नेप्सटाइम डटकमका लागि हालै उनले पहिलो पटक तस्बिर खिचाएकी छिन् । यद्यपि उनी अहिलेसम्म हङकङ सहर भने घुमेकी छैनन् । साथीभाइहरूबाट सकारात्मक प्रतिक्रिया पाएपछि मोडलिङलाई निरन्तरता दिने रहर पलाएको सेनले बताइन् । इन्टरनेटमा आफ्ना आकर्षक तस्बिर देखेपछि उनी स्वयं पनि दंग छिन् ।

    लिजाको फुर्सद इन्टरनेटमै बित्छ । अधिकांश युवाहरूझैं उनको रोजाइ पनि फेसबुक हो । फेसबुकमार्फत थुप्रै साथीभाइ बनाएकी लिजाले च्याट गर्न मन पराउने बताइन् । च्याट गर्दागर्दै कसैले मायाजालमा पार्‍यो कि भन्ने साप्ताहिकको जिज्ञासामा भने उनले लामो हाँसोसँगै कुरा टारिन् । ‘मलाई युवतीहरूलाई सम्मान गर्ने युवक मन पर्छ,’ लिजाले युवकहरूका ’boutमा आफ्नो धारणा व्यक्त गरिन् । यौनलाई प्रकृतिको उपहार सम्झने सेनले विवाहअगावै यौनसम्पर्क गर्नु नहुने विचार राखिन् । ‘आई डन्ट वान्ट सेक्स विफोर म्यारिज,’ उनले भनिन् ।

    निर्मल श्रेष्ठ, तस्बिरः नेप्सटाइम डट कम/विनय शाह

    Advertisements

    जवाफ लेख्नुहोस्

    Fill in your details below or click an icon to log in:

    WordPress.com Logo

    You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

    Twitter picture

    You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

    Facebook photo

    You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

    Google+ photo

    You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

    %d bloggers like this: