फेसबुकबाटै हिरोइन छनोट

एजेन्सी/ बलिउड अभिनेता आमिर खानकी पत्नी किरण रावले आफ्नो निर्देशनमा बनेको धोबीघाट फिल्मका लागि सोसल नेटवर्किङ साइट फेसबुकबाट हिरोइन भेट्टाएको खुलासा गरेकी छिन् । बिबिसी डटकमसँगको कुराकानीमा उनले भनेकी छिन्, ‘म धोबीघाटमा मुख्य भूमिका निर्वाह गर्ने युवतीको खोजीमा थिएँ । धेरै इन्स्िटच्युटमा पुगेँ । तर, कतैबाट पनि स्त्रिmप्टले मागेजस्तो युवती फेला परेको थिएन । अहिले धोबीघाटमा मुख्य भूमिका निर्वाह गरेकी कृति मल्होत्रालाई मैले फेसबुकमा देखेँ । उनको फोटो मन पर्‍यो । अडिसनका लागि बोलाएँ ।

उनले राम्रो गरिन् ।’

किरणले फेसबुकले गर्दा कलाकार खोज्न तथा बढीभन्दा बढी मान्छेसँग सम्बन्ध विस्तार गर्न निकै सजिलो भएको बताएकी छिन् । धोबीघाटमा गायिका मोनिका डोगरीले पनि अभिनय गरेकी छिन् । किरणले मोनिकालाई एउटा पत्रिकामा उनका ’boutमा छापिएको समाचारले गर्दा छनोट गरेको बताएकी छिन् । ‘मैले एउटा पत्रिकामा मोनिकाका ’boutमा आर्टिकल पढेँ । उनी निकै राम्रो गाउँछिन् । मान्छे पनि निकै राम्री लाग्यो । म उनीजस्तै अभिनेत्रीको खोजीमा थिएँ । मलाई लाग्यो- मोनिकाले मेरो स्त्रिmप्टमा काम गर्न सक्छिन् ।’ मोनिकाले धोबीघाटमा बैंकरको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा उनी लामो समय अमेरिका बसाइपछि भारत आएकी हुन्छिन् । त्यसैक्रममा उनको एक भरियासँग भेट हुन्छ । ती भरिया हुन्छन्- आमिर खान । धोबीघाट २१ जनवरीबाट रिलिज हुँदै छ ।

स्रोत नयाँ पत्रीका

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: