प्रधानमन्त्रीको चुनाव बुधबार हुनेभएको छ प्रतिक्षामा जनता

काठमाडौं, प्रधानमन्त्रीको सत्रौं चरणको निर्वाचन बुधबार हुने भएको छ। सत्रौं चरणको निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एक्लै प्रतिस्पर्धा गर्नुहुने भएको छ।

व्यवस्थापिका संसद्को आइतबारबाट शुरु भएको नियमित अधिवेशनमा सभामुख सुवास नेम्वाङले बुधबार प्रधानमन्त्री निर्वाचन हुने जानकारी गराउनुभएको थियो। यसअघि भएका सोह्रौं चरणसम्मका निर्वाचनमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा बहुमत नपुगे पनि बुधबार हुने निर्वाचनमा भने विपक्षमा बहुमत पुग्ने स्थिति देखिएको छ।

कांग्रेस नेता पौडेलले भने बुधबारको निर्वाचनमा आफू निर्वाचित हुने सम्भावना भएको बताउनुभएको छ। आइतबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले शान्ति र लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी नै सर्वोत्तम रहेको बताउनुभयो। आफ्नो उम्मेदवारी दिगो शान्ति र लोकतान्त्रिक संविधानका लागि भएको भन्दै पौडेलले आफू प्रधानमन्त्रीमा निर्वाचित भए पनि नभए पनि शान्ति र लोकतन्त्रविरुद्ध कसैसँग सम्झौता नगरिने बताउनुभयो।

एमाले अध्यक्ष झलनाथ खनालले भने नेता पौडेलको उम्मेदवारी फिर्ता नभए प्रस्तावको विपक्षमा एमालेले मतदान गर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको सत्रौं चरणको निर्वाचनपूर्व नै कांग्रेस नेता पौडेलको उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो। कांग्रेस नेता पौडेलको विपक्षमा मतदान गर्ने निर्णय भने माओवादीले अझैसम्म गरिसकेको छैन।

हामी त नेता पौडेलको उम्मेदवारी खारेज भइसक्यो भन्ने सोचमा थियौं तर सभामुखले उम्मेदवारी कायम छ भनेपछि मान्नैपर्छ विपक्षमा मतदान गर्ने निर्णय चाँडै गर्नेछौं -माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नुभयो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: