यौनकर्मीको भूमिकामा प्रियंका

पूर्वमिस वल्र्ड पि्रयंका चोपडा बलिउडमा भर्सटाइल अभिनेत्रीका रूपमा परिचय बनाउँदै छिन् । त्यही भर्साटाइल छविलाई अघि बढाउने यी बलिउड बाला आफ्नो आगामी चलचित्रमा यौनकर्मीको चरित्रमा पर्दामा देखिने भएकी छिन् । स्रोतका अनुसार निर्माता निर्देशक करन जौहरको आगामी चलचित्रमा अभिनेत्री प्रियंका चोपडाले ‘काली’ नामक चरित्रमा यौनकर्मीको भूमिका निर्वाह गर्न लागेकी हुन् ।
मलाइकाको गुनासो
चलचित्र दबंगको मुन्नी बदनाम… आइटम गीतको चर्चासँगै हट बनेकी अभिनेत्री एवं आइटम गर्ल मलाइका अरोडालाई यो गीतले अनेकौं अफर सिर्जना गरेको छ । उक्त गीतमा स्टेज पर्फर्मेन्स गर्न उनलाई एकपछि अर्को प्रस्ताव आउने गरेको छ, तर चलचित्रसम्बन्धी पुरस्कार वितरण समारोहमा परर्फम गर्नुको जस्तो स्वाद अरू समारोहमा हुँदैन । स्रोतका अनुसार हालै सम्पन्न एउटा पुरस्कार वितरण समारोहमा ‘मुन्नी बदनाम…’ गीतमा डान्स पर्फमेन्स त भयो, तर उक्त गीतमा मलाइका नभै अभिनेत्री सो नाक्षी सिन्हाले कम्मर मर्काइन् । त्यही कुरालाई लिएर ‘मुन्नी’ अर्थात् मलाइका म्याडमको मुड अफ भएको बताइन्छ ।

टिप्पणी छोड्नुहोस्