नौमतीमा युवती

एउटा जमाना थियो, क्षेत्री-बाहुनले बाजा बजाउन हुँदैनथ्यो, तर अहिले समय फेरिएको छ । क्षेत्री-बाहुन मात्र नभएर किशोरी र युवतीहरूले समेत नौमती बाजा बजाउन थालेका छन् । इटहरीमा सुरु भएको नौमतीबाजा प्रशिक्षण कार्यक्रममा सबै समुदाय र लिंगको सहभागिता देखिएको छ । पूर्वाञ्चल संगीत विद्यालयको आयोजनामा सुरु भएको दुईमहिने प्रशिक्षणमा २३ जना सहभागी छन्, जसमा ९ जना महिला र १४ जना पुरुष छन् ।

नेपाली संस्कृति र मौलिक बाजा संरक्षणका लागि नौमती तालिम लिन लागेको सहभागी निरु राईले बताइन् । निरु जस्तै आधा दर्जन किशोरीहरू नौमती सिकिरहेका छन् । युवा उमेर पार गरेका कलापारखीहरूसमेत बाजा बजाउन सिक्नेहरूको समूहमा छन् । कला क्षेत्रमा काम गर्दै आएकी विद्या कार्कीले कला-संस्कृतिको संरक्षणमा हरेक नेपालीले चासो राख्नुपर्ने भएकाले नौमती बाजा बजाउन सिक्न लागेको बताइन् । नौमती संरक्षण समिति र अरुण उपत्यकाका प्रशिक्षकहरूले नौमती बाजा बजाउने प्रशिक्षण दिनेछन् । हराउँदै गएको नेपाली मौलिक बाजाहरू संरक्षणका र संवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमक सुरु गरेको पूर्वाञ्चल संगीत विद्यालयका केशव कार्कीले बताए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: