हिन्दी सिरियलका नेपाली निर्देशक

निर्देशक लोकनाथ पाण्डे

गुल्मीको विकट गाउँ अस्लेवाका लोकनाथ पाण्डेले नेपालमा रहँदा टेलिभिजनसम्म देखेका थिएनन्। ७ कक्षा पढ्दापढ्दै कामको खोजीमा मुम्बई हानिएका तिनै लोकनाथ अहिले टेलिभिजनमा करोडौंले हेर्ने सिरियलका निर्देशक बनेका छन्।

भारतीय टिभी च्यानल सोनीको अमरधरा टेलिसिरीयलको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका पाण्डेले साहरा च्यानलबाट प्रसारण भएका माताकी चौकी, मान रहे तेरा पिता, अग्ले जनम मोहे वेटिया होकी जो निर्देशन गरिसकेका छन्। उनकै निर्देशनमा बनेको अग्ले जनम मोहे वेटीया होकी जो अहिले जी-टिभीबाट प्रसारण भइरहेको छ। सहारा च्यानलबाट पुनः प्रसारण शुरु भएको माताकी चौकी को निर्देशन गर्ने जिम्मेवारीसमेत पाएका पाण्डे मुम्बईमा सानो पर्दाको दुनियाँमा नेपथ्यमा रहेर काम गर्ने सयौँ नेपालीमध्ये आफ्नै सङ्घर्षबाट सफलता चुमेका औँलामा गन्न सकिने नेपालीमा पर्छन्। कामको खोजीमा १५ वर्षको उमेरमै मुम्बई हानिएका पाण्डे भन्छन्, “यो मेरा लागि अकल्पनीय सफलता हो।”

डेढ दशकदेखि परदेशमा सङ्घर्षरत यी युवा अहिले धेरै कलाकारको भविष्य बनाइदिने हैसियतमा छन्। कला निर्देशकको सहयोगीका रूपमा तारा लगायतका सिरियलमा काम गरेका पाण्डेले जी-टिभीबाट प्रसारित दिवार, राहे, साटरडे सस्पेन्स, एक्सजोन, संसार जस्ता सिरियलमा सहायक निर्देशक बनेर काम गरे। त्यसपछि मिडिटेक कम्पनीमा रहेर कभी बीबी कभी जाजुस मा मूख्य सहायक निर्देशकको जिम्मेवारी पाए। लगत्तै रोज मुभिजमा एसोसियट डाइरेक्टरको रूपमा जीत, गन्ज एण्ड रोजेज, लिपिस्टिक, इण्डिया कलिङ मा काम गरेका पाण्डेका लागि जी-टिभीको रियालिटी शो जी सिनेस्टारकी खोज पछि उज्याला दिन शुरु भएका थिए।

अमरधरा सिरियललको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका उनलाई यतिखेर भ्याइनभ्याइ छ। शुरुवातका दिनमा थुप्रै हण्डर खाँदै नेपाली भएकै कारण अनेकन् भेदभावसमेत खेपेका पाण्डेको करिअरले निर्देशकमा पदोन्नतिसँगै ठूलो फड्को मारेको छ। आफ्नै निर्देशनमा बनेको पछिल्लो सिरियल माताकी चौकी मा नेपालीहरूकै बाहुल्यता रहनुलाई सङ्घर्षको फल ठान्छन् उनी। सिरियल निर्देशनबाट मासिक भारु.३ लाखसम्म आम्दानी गरिरहेका पाण्डेले केही समयपछि मुम्बईको अनुभव प्रयोग गर्दै नेपाली चलचित्रको निर्देशन गर्ने सोच पनि बनाएका छन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: