सुटिङमा ९ फिल्म


* लगातार फ्लपपछि निर्माता डुब्नेक्रम बढ्दो
* राजधानी र मोफसलमा गरी ९ फिल्म सुटिङमा
* बाटोमुनिको फूलको क्लाइमेक्स फेरि खिचिने

काठमाडौं : एकसँगै अर्काे लगातार फ्लप जाँदा पनि नेपाली फिल्म निर्माणको क्रम रत्तिभर डग्मगाएको छैन । फिल्म जति जति फ्लप गइरहेका छन्, नयाँ बन्ने क्रम त्यति नै चुलिँदै गएको छ । एकातिर प्रदर्शनका लागि हल पाउन निकै पापड बेल्नुपर्ने र हल पाइहाले पनि दर्शक नआउनाले निर्माता बनेकोमा पछुतानेको जमात बढिरहेको छ भने अर्काेतिर फिल्म बनाउन तम्सिने र सुरु गरिहाल्नेको पनि कमी छैन ।

अचेल राजधानी र मोफसलमा गरी नौवटा फिल्म सुटिङ भइरहेका छन् । सुटिङरत फिल्ममा देशले रगत मागे, मालतीको भट्टी, द्रव्य, जलजला, प्रेम विवाह, तँ त साह्रै सपि्रस नि बद्री, संसार आफ्नै, के यही माया हो र फूल छन् । यीमध्ये कतिपय निर्माता दसैँअगाडि नै सुटिङ सिद्धाउने धुनमा ठोकठाक गरिरहेका छन् त केहीले भने बाँकी सुटिङ दसैँपछि फेरि सुरु गर्ने योजनामा आरामले काम गरिरहेका छन् ।

निर्देशक उद्वव अविदितले चलचित्र विकास बोर्डलगायतका ठाउँमा देशले रगत मागे खिचाइरहेका छन् । राष्ट्रभक्तिको विषयमा तुलसी घिमिरेले निर्माण गरेको देश फिल्मले गतिलो व्यापार गर्न नसके पनि त्यस्तै विषयको आफ्नो फिल्मले भने बबाल व्यापार गर्ने ठोकुवा उद्ववको छ । ‘मेरो फिल्म लरोतरो छैन,’ उनको दाबी छ, ‘राष्ट्रप्रेमी हरेक नेपालीको मनभित्रको फिल्म हुने देशले रगत मागेे ।’ उनको जिकिर कत्तिको सत्य हुनेछ, त्यो निकट भविष्यमै देख्न पाइनेछ ।

पोखरापछि हाल राजधानीका विभिन्न स्थानमा सुटिङ भइरहेको प्रदीप उदयको फिल्म मालतीको भट्टी पनि नौलो कथामा रहेको दाबी गरिएको छ । नायिका रेखा थापा शीर्ष भूमिकामा रहेको यो फिल्म गणेशदेव पन्तले निर्देशन गरिरहेका छन् । त्यस्तै, तँ त साह्र्रै सपि्रस नि बद्री पनि राजधानीमै सुटिङ भइरहेको छ । जयकिसन बस्नेतको लगानीमा शोभित बस्नेतले निर्देशन गरिरहेको यस फिल्ममा निर्माता जयकिसन पहिलोपटक सोलो हिरोका रूपमा अभिनयरत छन् । पूर्ण हास्यप्रदान भनिएको यस फिल्ममा रेजिना उप्रेती नायिका छिन् ।

निर्देशक राजु पराजुलीले चोभारलगायतका ठाउँमा प्रेम-विवाह फिल्मको सुटिङ गरिरहेका छन् । दसैँअघि राजधानीको ‘लोकेसन प्याक’ गरेर दसैँपछि बाँकी सुटिङ गर्न वीरगन्ज जाने चक्करमा रहेका राजुको यस फिल्म भोजपुरी भाषामा प्यार के रंग हजार नाममा बन्दै छ । फिल्ममा सुवास मेचे, रेजिना उप्रेतीलगायतका कलाकार छन् । राजधानीमा अहिले द्रव्य पनि सुटिङ भइरहेको छ । विराज भट्ट र कल्पना शाही प्रमुख भूमिकामा रहेको बताइने यस फिल्मको खिच्ने काम अन्तिम चरणमा पुगेको छ ।

मोफसलमा अचेल चारवटा फिल्म सुटिङ भइरहेका छन् । जलजला, संसार आफ्नै, के यही मायो हो र फूल । जलजला झन्डै डेढ महिनाअघि कुरिनटारबाट सुटिङ सुरु भएको जलजला कुरिनटार, पोखरापछि केही दिनदेखि चितवनको शक्तिखोर आइपुगेको छ । शिवजी लामिछानेले निर्देशन गरिरहेको क्रान्तिकारी फिल्म जलजलामा पनि नायिका रेखा नै शीर्ष भूमिकामा छिन् । के यही माया होको हाल पोखरामा सुटिङ भइरहेको छ ।

निर्माता गोबिन्द शाहीले राजधानीपछि केही दिनदेखि आफ्नो फिल्म संसार आफ्नैको सुटिङ चित्लाङ पुर्‍याएका छन् । रञ्जित रानाले निर्देशन गरिरहेको यस फिल्ममा निर्माता गोविन्दका अलावा झरना थापा र सुमन सिंह प्रमुख भूमिकामा छन् । दसैँअघि राजधानी र्फकने बताइएको यो फिल्मको बाँकी सुटिङ राजधानीमा गरिने छ ।

चितवनको सुटिङपछि शिव रेग्मीको फूल फिल्म गीत खिच्नका लागि केही दिनअघि इलाम पुगेको छ । इलामको मौसम खराब भएकाले फूलको सुटिङ रोकिरहेकोे खबर आएको छ । यसैबीच, ऋषि लामिछाने निर्देशित फिल्म श्रीमान्-श्रीमतीको सुटिङ शुक्रबार सकिएको छ भने सुरज सुब्बा निर्देशित बाटोमुनिको फूलको क्लाइमेक्स शनिबारदेखि रि-सुट गरिँदै छ । पहिला बाटोमुनिको फूलको क्लाइमेक्समा अत्यधिक मात्रामा द्वन्द्व र हिंसात्मक दृश्य राखिएको थियो । निर्माताहरू त्यही एक्सनले दर्शक तान्ने ताकमा थिए । तर, अचेल दर्शकले हिंसात्मक दृश्य भएका फिल्म तिरस्कार गर्न थालेकाले यस फिल्मका निर्मातालाई पनि आफ्नो फिल्म पनि फ्लप जाने त्रासले गाँज्यो । जसकारण उनीहरूले क्लाइमेक्समा द्वन्द्वका दृश्य कम गरेर पुनः छायांकन गर्दै छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: