लन्डन सपना

बेलायतले ‘टायर फोर’ कार्यक्रमको सट्टा ‘कास सिस्टम’ अर्थात् कन्फर्मेसन एसिस्टेन्स सिस्टम -सीएएस) लागू गरेपछि अहिले फेरि विद्यार्थी उतै आकषिर्त हुन थालेका छन् । टायर फोरमा धेरै विद्यार्थीले दुःख बेहोरे भने निक्कैवटा बेलायतका कलेजहरू कारबाहीमा पनि परेका छन् । कास सिस्टमले अब विद्यार्थी ठगिनबाट बच्ने विश्वास गरिएको छ ।

किन बेलायत जाने ? ‘स्वदेशमा पढाइने विषय व्यावहारिक छैन,’ स्नातक दोस्रो वर्ष पढ्दै गरेकी एक छात्राले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भनिन्, ‘पढेपछि हामीजस्ता युवाका निम्ति व्यवहारमा लागू नहुने र पढेर बेरोजगार बन्नुभन्दा अहिल्यै बेलायत उचित ठानेँ ।’ ट्राभल, टुर एन्ड हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनका निम्ति भिसा आवेदन गरेकी उनको ठम्याइमा देशको राजनीतिक अस्थिरताले युवाहरू रहरले होइन बाध्यताले भविष्य निर्माणका निम्ति विदेशिनुपर्ने अवस्था आएको हो ।

‘कास सिस्टम’ लाई पहिले ‘भिसा लेटर’ भनिन्थ्यो । अहिले विदेशी विद्यार्थी पढाउन चाहने कलेजले ‘सीएएस’ इस्यू गर्छ । यूके बोर्ड एजेन्सीबाट यो नयाँ सिस्टम लागू गरेको हो । बेलायतको कुन कलेजको अवस्था कस्तो छ र त्यसले कुन क्षमताका विद्यार्थी अध्ययन गर्न सक्छन् भन्ने आधिकारिक सिस्टम हो यो ।

‘कास’ मा ३० प्वाइन्ट र मेन्टेनेन्स फन्डमा १० -खानेबस्ने खर्च या बैंक ब्यालेन्स) गरी ४० प्वाइन्ट देखाएपछि विद्यार्थीले भिसा आवेदन गर्न सक्ने शैक्षिक परामर्श संघका महासचिव राजेन्द्र बराल बताउँछन् । ‘ती विद्यार्थीको आवेदन र रोजेको कलेज’bout बि्रटिस हाई कमिसनले जाँचबुझ गर्छ,’ विद्यार्थी चाप बढ्न थालेको उल्लेख गर्दै उनी भन्छन्, ‘त्यो विद्यार्थीलाई प्रवेश दिने नदिने हाई कमिसनको हातमा हुन्छ ।’ परामर्श दिने निकाय कुनै म्यानपावर कम्पनीजस्तो नभई शैक्षिक अवसरको खोजी गर्ने माध्यम मात्र भएकाले विद्यार्थीलाई शतप्रतिशत बेलायत पुर्‍याउन ग्यारेन्टी दिन नसक्ने उनी जनाउँछन् ।

विद्यार्थीले सेन्टर लन्डन यार आउट अफ लन्डनलाई गन्तव्य रोज्न सक्छन् । सेन्टर लन्डन रोज्नेले मासिक ८ सय पाउन्ड तिर्नुपर्छ भने अन्यत्र रोज्नेले ६ सय पाउन्ड चुक्ता गर्नुपर्छ । बेलायतमा हाइलिट्रस्टेड, ट्रस्टेड, ए रेटिङ र बी रेटिङ भनेर कलेज चार किसिमले वर्गीकरण गरिएका छन् । ‘त्यसमध्ये हाइली ट्रस्टेड र ट्रस्टेडलाई रोज्न बढी फाइदाजनक हुने’ विज्ञ बताउँछन् ।

बेलायत जाने तयारीमा रहेका हरि पन्थी यो पटक आफ्नो योजना सफल बन्नेमा ढुक्क छन् । ‘गत वर्ष प्रयास गरियो, सफल भएन,’ श्रीमतीका साथमा डिपेन्डेन्ट भिसामा जान लागेका उनले भने, ‘प्रक्रिया पूरा गरिसकेँ ।’ उनी होटल म्यानेजमेन्ट एन्ड टुरिजम विषय अध्ययनका निम्ति जान लागेका हुन् । त्यसका निम्ति आवश्यक २८ दिनभरि झिक्न नमिल्ने रकम २२ लाख रुपैयाँ जम्मा गरिसकेको उनले सुनाए ।

आईएलटीएस -इन्टरनेसनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम) पढेर ५ वा ५ दशमलब ५ अंक हासिलले ‘सीएएस’ आवेदन दिन पाउँछ । कलेजबाट इंग्लिस टेस्ट गरेको प्रमाणित भएकाले पनि पाउँछन् । सबै प्रक्रिया पूरा गर्न करिब डेढ महिना लाग्छ । हालै बेलायतमा अध्ययनरत विद्यार्थी’bout जानकारी लिएर फर्किएका इक्यानका प्रेस सल्लाहकार श्याम कँडेल भन्छन्, ‘नयाँ सिस्टमले अब विद्यार्थीले कम दुःख

पाउनेछन् । बेलायत पुगेका विद्यार्थीले सामान्य काम पाउने स्थिति छ ।’ कतिपय परामर्श संस्थाले ‘ठूलो सपना देखाउने’ भएकाले दुःख पाउने गरेकोसमेत उनले जनाए ।

शिक्षा मन्त्रालय छात्रवृत्ति शाखाको तथ्यांक अनुसार ‘टायर फोर’ लागू रहँदा गत वर्ष २० हजारजनाले ‘नो अब्जेक्सन लेटर’

-एनओसी) लिएका थिए भने तीमध्ये १२ हजार बेलायत छिर्न भ्याए । चालू आर्थिक वर्ष साउनदेखि मंसिरसम्ममा ५ हजार ३ सय ४० जनाले एनओसी लिएको शाखाका अधिकृत देवीराम पौडेलले जानकारी दिए ।

शिक्षा प्रणाली

बेलायतको शिक्षा प्रणाली चार भागमा बाँडिएको छ । ती शैक्षिक तहलाई प्राइमरी एजुकेसन, सेकेन्डरी, र्फदर र हायर एजुकेसन भनेर चिनिन्छ । १६ वर्ष उमेरकाले जनरल सर्टिफिकेट अफ सेकेन्डरी एजुकेसन

-जीसीएसई) हासिल गर्छन् । त्यसपछि सुरु हुन्छ- ए लेभल या जीएनभीक्यू, बिटेक

आदि । उक्त तहपछि मात्र उच्च शिक्षाको ढोका खुल्छ । बेलायतले ए लेभल अर्थात् त्यही सरहको शिक्षा र त्यसभन्दा माथिका तहमा अन्य मुलुकका १६ वर्ष कटेका तन्नेरी विद्यार्थीलाई अध्ययनका निम्ति अवसर दिने गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: