माटो

नयाँ नेपाली चलचित्र ‘माटो’ को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । काठमाडौं उपत्यकाबाहिर बिर्तामोडदेखि धनगढीसम्मका सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको लेखन तथा निर्देशन किशोर सुब्बाले गरेका हुन् । चलचित्रमा राष्ट्रियता तथा संघीयतासँग सम्बन्धित विषयलाई आधार बनाइएको छ । संघीय राज्यले मुलुकलाई एकताको सुत्रमा बाध्छ भन्ने सन्देश बोकेको यो चलचित्रमा चार जना नायकलाई चार समावेशी पात्रका रूपमा चित्रण गरिएको छ । चलचित्रमा खस, मधेसी, आदिवासी तथा जनजातिको प्रतिनिधित्व तिनै समुदायका नायकले गरेका छन् । चलचित्रमा राजेश हमालले खस समुदायको प्रतिनिधित्व गरेका छन् भने श्याम यादव मधेसी युवाको भूमिकामा छन् । मित्र लिङ्देनले जनजातिको प्रतिनिधित्व गरेका छन् । माता पाथिभरा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिएको यो चलचित्रमा आगामी राज्य पुनसंरचनाको खाका कस्तो हुनुपर्छ भन्ने कुरालाई मात्र चित्रण गरिएको छैन, वर्षौंदेखि उत्पीडनमा रहेका आदिवासी, जनजाति तथा मधेसीहरूको हकअधिकार सुनिश्चितताका लागि सशक्त आवाज उठाइएको निर्माण पक्षले जनाएको छ । भीम लामाद्वारा निर्मित यो चलचित्रमा राजेश हमाल, रेजिना उप्रेती, मित्र लिङ्देन, श्याम यादव, कृष्ण केसी, मुकुन्द श्रेष्ठ, सीमान्त उदास, पुष्प श्रेष्ठ, भूपेन्द्र लिङ्देन आदि कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । चलचित्रमा दिनेश राईको संगीत निर्देशन छ भने राम- जनकको द्वन्द्व निर्देशन छ । चलचित्रमा गोविन्द राईले नृत्य निर्देश्ान गरेका छन् । सौरभ लामा यो चलचित्रका छायाँकार हुन् । यसअघि चलचित्रमा समावेश नगरिएको संघीयताको विषयलाई मुख्य कथा बनाइएकाले चलचित्रले दर्शकको मन जित्ने कुरामा निर्देशक सुब्बा आशावादी देखिन्छन् । निर्देशक सुब्बा भन्छन्— ‘चलचित्रले हिमाल, पहाड र तराई सबै क्षेत्रलाई समेटेको छ ।’ काठमाडौंलगायत धरान, धनकुटा तथा झापामा चलचित्रको छायांकन गरिएको हो ।

Advertisements

One Response

  1. Heya i am for the primary time here. I came across this board and I find It
    really useful & it helped me out a lot. I hope to present one thing again and help others such as you helped me.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: