माओवादी, कांग्रेस र एमालेको दौडधुप

सरकार बनाउने’bout मुख्य तीन दल माओवादी, कांग्रेस र एमालेको दौडधुप तीव्र भएको छ । संसद्को विशेष अधिवेशन बिहीबारसम्म रोकेर उनीहरू आ-आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसर भएका हुन् ।

माओवादीले एमालेसँग मंगलबार दुई पटक र कांग्रेससँग एक पटक वार्ता गरेको छ । छुट्टाछुट्टै ती वार्तामा माओवादी र कांग्रेसले आ-आफैंले सरकारको नेतृत्व दाबी गरे । एमालेले पनि सहमतिको सरकार बनाउनुपर्ने भन्दै समर्थन आफूतिरै तान्ने प्रयास गरेको स्रोतले जनायो । उसले माओवादीसँगको छलफलमा त्यस्तो संकेत गरेको हो ।

माओवादीले एमालेसँग दुई पटक छलफल गर्‍यो । दुवै छलफल माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा भएका थिए । साथै कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न दाहाल र अन्य नेताहरू महाराजगन्ज पुगेका थिए ।

प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको अर्को दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच दुई पटक भेटवार्ता भएको हो ।

‘सकभर माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्छ, त्यसमा सहमति नभए विकल्प खुला गरिसकेका छौं,’ बैठकमा सहभागी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘मुलुकले सरकार पाउनुपर्‍यो भन्ने हाम्रो जोड हो ।’ माओवादीले आफ्नो नेतृत्वमा सरकार नभए खनाललाई समर्थन गर्न सक्ने संकेत गरेको छ । करिब छ महिना पहिले माओवादीले खनाललाई दुई तिहाइको सरकार बनाउन लिखित समर्थन गरेको थियो ।

माओवादी सचिव पोस्टबहादुर बोगटीले पार्टीको नेतृत्वमा सरकार नभए दोस्रो विकल्प एमाले हुन सक्ने बताए । ‘झलनाथ उम्मेदवार भए समर्थन गर्ने दोस्रो विकल्प हो,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो सरकारको नेतृत्वको दाबी कायम छ ।’

मंगलबार बिहान माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष खनालबीच सरकार निर्माण’bout कुराकानी भएको थियो । स्रोतका अनुसार दाहालले सरकार निर्माण’bout पार्टीले विकल्प खुला गरेको बताउँदै खनाललाई समर्थन गर्ने संकेत गरेका थिए ।

तर उनले एमालेको औपचारिक निर्णय र प्रधानमन्त्री नेपालले पौडेललाई अहिलेकै प्रक्रियाबाट प्रधानमन्त्री चुन्ने प्रस्तावले द्विविधा भएको बताएका थिए । माओवादी अध्यक्ष दाहालले एम्ाालेको पार्टी निर्णय र नेताका अभिव्यक्ति जहिले पनि फरक-फरक ढंगको हुने गरेको उल्लेख गर्दै अहिले पनि त्यही देखिएको बताएका थिए ।

‘पार्टीको निर्णय कुनै व्यक्तिलाई अहिले समर्थन गर्ने भन्ने छैन, पौडेललाई त हामीले उम्मेदवारी फिर्ता लिन भनेका छौं,’ बैठकमा सहभागी एमाले उपाध्यक्ष अशोक राईले कान्तिपुरसँग भने, ‘पार्टीको निर्णय नै आधिकारिक हो भन्ने हामीले जानकारी गरायौं ।’

उनका अनुसार माओवादी नेताहरूले ठूलो दल भएको नाताले आफ्नै नेतृत्वका लागि दाबी गर्ने बताएका थिए । ‘ठूलो दल भएकाले आफूले पनि नेतृत्व दाबी गर्ने माओवादीको कुरा थियो,’ एमाले नेता राईले भने,’ आफ्नो नेतृत्व नभए एमालेको नाममा सबैको सहमति भयो भने त्यस्तो अवस्थामा सोच्न सकिन्छ भन्ने धारणा पनि आयो ।’

एमाले नेताहरूले विशेष अधिवेशन फिर्ता लिए त्यसका एजेन्डाहरूलाई नियमित अधिवेशनमा प्रवेश गराउन सकिने बताएका थिए । अधिवेशन फिर्ता नलिएको अवस्थामा आफूहरू बाध्य भएर विपक्षमा उभिनुपर्ने एमाले नेताहरूले बताएका थिए ।

माओवादीसँगको वार्तामा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि सकारात्मक भइदिन आग्रह गरेको थियो ।

शान्ति प्रक्रियाको प्रमुख हिस्सा र ठूलो राजनीतिक दलको हैसियतले माओवादीले नेतृत्व पाएमा शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढ्ने माओवादीले धारणा राखेको थियो ।

तर कांग्रेसले माओवादी लडाकुको समायोजन र पुनःस्थापनाको कार्य अघि नबढेसम्म माओवादी नेतृत्व अस्वीकार गर्ने अडान राखेपछि एमालेसहितको तीन दलको बैठकमा सरकार निर्माण’bout सहमति जुटाउने भन्दै माओवादी बाहिरिएको थियो ।

‘माओवादी र एमालेले सरकारको नेतृत्व गरिसक्यो, आलोपालाको हिसाबले पनि अब कांग्रेसले पाउनुपर्छ, त्यसका लागि माओवादी सकारात्मक भइदिनुपर्‍यो भनेर हामीले भन्यौं,’ वार्तामा सहभागी केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले भने, ‘माओवादी अध्यक्ष प्रचण्डले ठीक छ । एमालेसँग पनि सल्लाह गरेर जाउँ कभन्नुभयो । अरू खास कुरा केही भएन ।’

माओवादी केन्द्रीय पदाधिकारीको मंगलबार बिहान बसेको बैठकले सबै पार्टीसँग सरकार, अनमिनको म्याद थप्ने विषयमा बाक्लो भेटवार्ता गर्ने निर्णय गरेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: