हप्तामा तीनपटक यौनसम्पर्क राम्रो

हप्तामा तीनपटक यौनसम्पर्क गर्नुहोस् र आफ्नो वैवाहिक जीवन स्वस्थ र सुखमय बनाउनुहोस् । हालै गरिएको एक नयाँ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो ।

यो अनुसन्धानअनुसार मानिसले आफ्नो वैवाहिक जीवनलाई स्वस्थ र सुखमय बनाउनका लागि हप्तामा तीनपटक यौनसम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । ‘यदि तपाइर्ं आफ्नो वैवाहिक जीवन स्वस्थ, सुखमय र खुसीले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीनपटक यौनसम्पर्क राख्ने गर्नुहोस् र हरेक दिन ४ पटक आफ्नो श्रीमान् वा श्रीमतीलाई चुम्बन गर्ने गर्नुहोस्’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

अनुसन्धानअनुसार मानिसले आफ्नो सुखमय वैवाहिक जीवनका लागि हरेक दिन आफ्नो श्रीमान् वा श्रीमतीलाई बिहान एकपटक ‘आइ लभ यु’ भन्न पनि आवश्यक रहेको छ । यसका साथै यदि तपाइर्ंले हरेक दिन आफ्नो जोडील्ााई कम्तीमा तीनपटक अँगालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नुभयो भने तपाइर्ंको वैवाहिक जीवन स्वस्थ र सुखमय बन्न सक्नेछ ।

यो अनुसन्धानमा तीन हजारभन्दा बढी विवाहित मानिसलाई समावेश गरिएको थियो । अनुसन्धानमा सहभागीलाई वैवाहिक जीवनका ’boutमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समूहका वैवाहिक जोडीमा विवाह भएको दिनदेखि दुई वर्षसम्म वैवाहिक जीवन बिताएका मानिस सामेल थिए । अनुसन्धानपछि अधिकांश मानिसले हप्तामा कम्तीमा तीनपटक यौनसम्पर्क गर्ने गरेको र दैनिक चारपटक चुम्बन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका थिए, जसमा सबैभन्दा खुसी र स्वस्थ जोडी हप्तामा तीनपटक यौनसम्पर्क गर्ने र दैनिक चारपटक आफ्नो जोडीलाई चुम्बन गर्ने मानिस रहेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: