अंध्यारो बाटो

नेपालबाट हरेक बर्ष हजारौं चेलीहरु विदेशमा बेचविखनको शिकार बन्ने गरेका छन्

हाम्रो समाजमा नारीलाई देवीको संज्ञा दिने गरिन्छ।
तर त्यही समाजका केही मानिसहरु तिनै देवीहरुलाई केही हजार रुपियाँमा बेच्ने गर्दछन्।

उनीहरू झुठो आश्वासन दिएर, नक्कली बिवाह गरेर, फकाएर, तर्साएर, कलिला बालिका, किशोरी र युवतीहरुलाई यौन दुर्ब्यवहार र यौन शोषणको शिकार बनाउने गर्दछन्।

आन्तरिक रुपमा देशभित्रै पनि देह ब्यापार र यौन ब्यवसाय दिन प्रतिदिन बढ्दो छ।

केही बर्ष अघिसम्म चेलीबेटी बेचबिखन धेरै हदसम्म भारतका शहरहरुमा सीमित थियो।

तर आजभोली नेपालका गाउंगाउंबाट चेलीबेटीहरु शहरका बिभिन्न मनोरञ्जन उद्योगहरुमा आई पुग्ने गर्छन् र धेरै ठाउंमा यौन दुर्ब्यवहार र शोषणको अंध्यारो बाटोमा धकेलिन पुग्छन्।

बिदेशी श्रम बजारमा बिस्तार हुंदै जांदा खास गरी घरेलु कामदारको रुपमा गैह्र कानुनी तवरले मुख्यतया खाडी मुलुकहरु तर्फ पु-याइने चेलीबेटीको संख्या पनि दिनदिनै बढ्दै गैराखेको छ।

यौन शोशणका कारण बिक्षिप्त अवस्थामा केही महिलाहरु देश फर्किएका पनि छन्।

किन भैरहेका छन् यस्ता घृणित कार्य ? कस्ले, कसरी गर्छन् यी कार्य ? कसरी नियन्त्रण गर्न सकिन्छ समाजको यो कलंकलाई ?

टिप्पणी छोड्नुहोस्