नेपालीका नाममा भुटानी

दुर्घटनाग्रस्त तारा एयरको जहाजमा रहेका यात्रुमध्ये एक जना अमेरिकी नागरिकता भएका तिब्बती र बाँकी सबै भुटानी भएको खुलासा भएको छ । जहाज टिकटमा भने सबै यात्रुको नाम नेपाली राखिएको थियो ।

सबै यात्रुलाई टिकट बिक्री गर्ने पुतलीसडकस्थित ट्राभल लाइटकी प्रबन्ध निर्देशक कमला गुरुङलाई छानबिनका लागि प्रहरीले हिरासतमा लिएको छ ।

कर छल्न र बढी नाफा लिन ट्राभल एजेन्सी र विमान कम्पनीका कर्मचारीको मिलेमतोमा पहिचान लुकाएर यात्रु पठाइएको एजेन्सीका कर्मचारीले बताए । ‘यसरी यात्रु पठाउँदा एजेन्सीले डलरमै टिकट लिन्छ,’ ती कर्मचारीले भने, ‘तर विमान कम्पनीलाई नेपाली रुपैयाँमा टिकट बेचेको देखाएर कमिसन खाने प्रवृत्ति छ ।’

विदेशीका लागि काठमाडौं-लामीडाँडा

-एकतर्फी) हवाई भाडा प्रतिव्यक्ति ९४ अमेरिकी डलर पर्छ ।

त्यस्तै, नेपालीले यही गन्तव्यमा उडान गर्दा २ हजार २ सय ३५ रुपैयाँ मात्र तिर्नुपर्छ ।

‘डलरमा केही प्रतिशतमात्र

छुट दिएर यात्रुसँगको मिलेमतोमा नाफा लिइन्छ,’ एजेन्सी स्रोतले भन्यो ।

ट्राभल लाइटकी प्रबन्ध निर्देशक गुरुङले भने यात्रुबाट आफूहरू ठगिएकाले बताइन् । ‘टिकट लिन आउनेले नेपाली नाम दिए,’ उनले भनिन्, ‘राम्रो नेपाली बोल्ने

र हेर्दा पनि शेर्पा/लामा जस्तो देखिने भएकाले शंका गरेनांै ।’ उनका अनुसार टिकट लिन आउनेको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

नाम परिवर्तन गर्नुमा कुनै गलत नियत नभएको तारा एयरका कार्यकारी प्रबन्ध निर्देशक विजय श्रेष्ठले बताए । उनका अनुसार टिकट लिने प्रक्रिया सहज बनाउन मात्र नेपाली नाम लेखाएको हुनसक्छ । ‘चार्टर उडान

भएकाले नेपाली/विदेशी दुवैलाई एउटै मूल्य पर्छ,’ उनले भने, ‘त्यसैले ट्राभल र यात्रुले पैसाको लोभमा नाम परिवर्तन गरेजस्तो लाग्दैन ।’

दुईतर्फी चार्टरका लागि १ हजार ३ सय डलर पर्ने उनले बताए । विदेशीले टिकट लिँदा पार्सपोर्ट जम्मा गर्नेदेखि अन्य प्रक्रिया

लामो पर्ने भएकाले सहज

बाटो खोजिएको हुनसक्ने श्रेष्ठको भनाइ छ ।

जस्तोसुकै कारण दिए पनि नाम परिवर्तन गरेर जहाज टिकट खरिद गर्नु गलत भएको विमान कम्पनीका एक अधिकारीले बताए ।

गुरुङलाई हिरासतमा लिएपछि काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलले अनुसन्धान गरी आवश्यक कारबाहीे प्रक्रिया थाल्ने बताए । ‘सम्बन्धित पक्षसँग छलफल गरी राय लिने तयारीमा छौं,’ उनले

भने । खरेलका अनुसार कर छल्ने नियतले काम गरेको देखिए कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पठाइनेछ ।

यसैबीच आवश्यक छानबिन गर्न कमिटी बनाउने पर्यटन मन्त्रालयले जनाएको छ । ‘यसरी नाम परिवर्तन गर्नु गम्भीर विषय हो,’ पर्यटन सचिव किशोर थापाले भने, ‘सम्बन्धित सबै पक्ष शंकाको घेरामा रहेकाले वास्तविक जानकारीका लागि अनुसन्धान गरिनेछ ।’

यसैबीच आफ्ना नागरिक दुर्घटनामा परेपछि घटना’bout सोधखोज गर्न र शवलाई आफ्नो देश लैजान ९ सदस्यीय उच्चस्तरीय भुटानी टोली बिहीबार काठमाडौं आएको छ । उनीहरूले शुक्रबार शव लैजाने पर्यटन मन्त्रालयले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: