‘गोली चलाएकामा पछुतो छैन’

गोलीकाण्डपछि सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेर रिहा भएका पूर्वयुवराज पारस शाहले घटनालाई राजनीतिक रंग दिन खोजेका छन् । चितवन प्रशासनबाट १० हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार साँझ पोखरा आएका शाहले ‘आफूले देश र राष्ट्रका लागि यस्तो काम गरेको’ बताउँदै घटनालाई राजनीतीकरण गर्ने प्रयास गरेका हुन् ।

पोखरा विमानस्थलमा संवाददाताहरूको ‘यस्तो घटना किन घटाउनु भएको ?’ भन्ने जिज्ञासामा उनले ‘देश र जनताका लागि फेरि पनि यस्तो गर्न सक्ने’ बताए । उनले देश र राष्ट्रका लागि भनेर पटक-पटक वाक्य दोहोर्‍याएका थिए ।

करिब पाँच मिनेटसम्म समर्थकहरूसँगै मूलसडकमा हिँडेका शाह पहेंलो लेन्डरोभर गाडी चढेर फिस्टेल लज गएका थिए । गोलीकाण्ड’bout जिज्ञासा राख्दा शाहले हाँसेर भने, ‘सेना, पुलिसका बीच एकपटक होइन, पटक-पटक यसरी नै बस्न तयार छु ।’

उनले आफूलाई प्रहरीले पक्राउ नगरेको दाबीसमेत गरे । ‘मलाई कसैले लगेको हैन, म

आफैं गएको हुँ,’ उनले भने, ‘पोखरामा साथीहरूलाई छाडेर गएको थिएँ, फेरि उनीहरूलाई भेट्न यहीं आइपुगेँ ।’

गलाभरि लगाएको माला र खादा निकाल्दै उनले गोली चलाएर आफूलाई कत्ति पनि पछुतो नभएको बताए । चितवनबाट

अपराह्न फिस्टेल एयरबाट

पोखरामा उत्रँदा निकै हषिर्त

मुद्रामा देखिएका उनले साथीहरूलाई भेटेर शुक्रबार काठमाडौं फर्किने बताए ।

सयौं समर्थकले फूलमालाले स्वागत गर्दा हात हल्लाउँदै अघि बढेका उनले ‘अहिले तपाईंलाई कस्तो लागिरहेको छ ?’ भन्ने जिज्ञासामा भने ‘जनताले एकतर्फी कुरा सुनेनन्, त्यसैको परिणाम आज जनता सडकमा उत्रिएर मलाई स्वागत गरिरहेका छन्, मलाई निकै खुसी लागेको छ ।’

गाडीमा चढेर केहीबेर पत्रकारहरूसँग कुरा गरे पनि उनले धेरै बोल्न मानेनन् । हात जोडेर नमस्कार भन्दै गाडी अघि बढाउन चालकलाई निर्देशन दिए । विमानस्थलमा झरेपछि समर्थकले उनलाई अंगालो हाल्दै ‘हाम्रंो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै चर्का नारा लगाएका थिए ।

राष्ट्रिय झन्डा हल्लाउँदै स्वागत गर्न बसेका समर्थकहरूसँग हात मिलाउँदै शाह उनीहरू सँगसँगै सडकमा निस्किएका थिए । समर्थकले उनलाई

घेर्दा सञ्चारकर्मीलाई तस्बिर लिन हम्मे परेको थियो ।

बाजागाजासहित सडकमा निस्केका समर्थकहरू पारस बस्ने फिस्टेल लज परिसर बाहिरसम्म पुगेका थिए । त्यहाँ पनि केहीबेर नाराबाजी गरेका थिए । शाहीकालमा पोखरा उप महानगरपालिकाका उपमेयर भएका गणेशबहादुर भट्टराई, राप्रपा नेपालका जिल्ला नेता जयलाल पुनलगायत शाह आएको केहीबेरपछि फिस्टेल लज पुगेका थिए । पत्रकारलाई भट्टराईले ‘तपाइर्ंहरू यहीँ बस्नुस्’ भन्दै रोकेका थिए । थकित भएर आरामका लागि पोखरा आएको भन्दै होटलबाट निस्केका शाहनिकट युवाहरूले ‘पत्रकारलाई आज भेट्न नसक्ने’ भन्दै फर्काएका थिए । होटल परिसरमा प्रहरी तैनाथ गरिएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: