तारा एयरको विमान बेपत्ता / चालकदलसहित २२ यात्रु सवार थिए

पूर्णभक्त दुवाल, (काठमाडौं), गोपालचन्द्र राई, (खोटाङ), खोटाङको लामीडाँडाबाट काठमाडौं उडेको तारा एयरको ९ एन-एएफएक्स डीएचसी-६-३०० ट्विनअटर विमान हराएको छ। दिउँसो ३ बजेर ८ मिनेटमा उडेको सो विमान ३ बजेर ४० मिनेट पुग्दा काठमाडौं आइपुग्नुपर्ने त्रिभुवन विमानस्थलले जनाएको छ।

३ बजेर १३ मिनेट जाँदा विमानस्थलको टावरसँग साचारसम्पर्क टुटेको सो विमान दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ। हराइरहेको उक्त विमानमा चालक अनुपराज शाक्य सहचालक सचिन्द्र श्रेष्ठ र परिचारिका सदीक्षा गुरुङ एक विदेशी यात्रु र स्वदेशी १८ गरी २२ जना सवार थिए। तारा एयरका अनुसार विमानमा टीआर तामाङ ए टीआर तामाङ बी जी शेर्पा के शेर्पा एस तामाङ ए एस तामाङ बी पीजी लामा केडब्ल्यू लामा पी तामाङ केएन लामा एलडी शेर्पा एलडब्ल्यू शेर्पा एसबी लामा टी शेर्पा टीवाई शेर्पा पीडब्ल्यू तामाङ जेबी तामाङ टीडब्ल्यू शेर्पा र भुटानी नागरिक छोडेक केल्साङ सवार थिए।

हराइरहेका यात्रुमध्ये ९ महिला र १० पुरुष छन्। उनीहरु सबै हलेसी महादेवको दर्शनका लागि गएका भक्तजन भएको बताइएको छ। सो विमान लामीडाँडादेखि ओखलढुंगासम्म उडेको अवस्थामा देखिएको लामीडाँडा विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठका अनुसार हराइरहेको विमानको खोजी कार्यका लागि सम्भावित क्षेत्रतर्फ एयर डाइनेस्टीका दुईवटा हेलिकोप्टर तारा एयरको ट्विनअटर र पिलाटस पोर्टर विमान परिचालन गरिए पनि बुधबार अबेरसम्म तुवाँलो र बादलका कारण खोजी गर्न सकिएको छैन।

मौसम सुधार हुनासाथ खोजी कार्य चालू गर्नका लागि ती विमान तथा हेलिकोप्टर रुम्जाटार विमानस्थलमा तमतयार अवस्थामा राखिएको प्रमुख श्रेष्ठले बताउनुभयो। खोजी कार्यका लागि सेनाको नाइटभिजन हेलिकोप्टरसमेत त्यसतर्फ पठाइने बताए पनि बुधबार अबेरसम्म सम्भावित घटनास्थलमा पुगेको थिएन। स्थलगत खोजीका लागि स्थानीय प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ।

यसअघि गत भदौ ८ गते मंगलबार अग्नि एयरको विमान मकवानपुरको बस्तीपुरमा दुर्घटनाग्रस्त हुँदा १४ जनाको मृत्यु भएको थियो। त्यस्तै दुई महिनाअघि सोलुखुम्बुको अमादब्लम हिमालमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा चालक र प्राविधिकको ज्यान गएको थियो।

भुटानी प्रमको चासो
काठमाडौं, (नेस), प्रधानमन्त्री माधवकुमार नेपाललाई भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्लेले बुधबार फोन सम्पर्क गरी तारा एयरको विमान दुर्घटनामा परेका आफ्ना नागरिक छोडेक केल्साङको अवस्थाका ’boutमा चासो देखाउनुभएको छ।
फोनवार्तामा प्रधानमन्त्री नेपालले उद्धारको प्रयास भइरहेको जवाफ थिन्लेलाई दिनुभएको प्रमनिकट स्रोतले बताएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: