पारस पक्राउ

ईश्वरी न्यौपाने,नारायण शर्मा

पोखरा/भरतपुर, मंसिर २८ –
पटक-पटक विवादास्पद कार्यमा मुछिए पनि छुट्कारा पाउँदै आएका पूर्वयुवराज पारस शाह पहिलोपल्ट कानुनी दायरामा तानिएका छन् । प्रहरीले उनलाई मंगलबार मध्याह्न साढे १२ बजे पोखराको फूलबारी रिसोर्टमा पक्राउ गरी भरतपुर पुर्‍याएको छ । चितवन गोली काण्डमा समातिएका शाहलाई सरकारले भने अभियोग फेर्दै कमजोर मुद्दा दर्ता गरेको छ ।

पोखराको रिसोर्टमा चार घन्टा नियन्त्रणमा राखी हेलिकप्टरबाट उनलाई चितवन लगिएको हो । उनीविरुद्ध चितवन प्रहरीले सुरुमा ज्यान मार्ने उद्योग -प्रयास) अन्तर्गत गम्भीर अभियोगको जाहेरी दर्ता गरेको थियो । पेस्तोल तेस्र्याई रुवेल चौधरीलाई ज्यान लिन खोजिएको विवरणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता -नम्बर १६६) भएको थियो । ँपछि त्यसलाई फेरियो,’ सुरक्षा स्रोतले भन्यो, ँत्यही दर्ता नम्बरमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा दायर गरियो । सबै काम गृह प्रशासनकै आदेशअनुसार भएको हो ।’

कम सजायको व्यवस्था हुने ‘केही सार्वजनिक अपराध -अपराध र सजाय) ऐन’ सँग सम्बन्धित मुद्दा प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारभित्र पर्छ ।

‘अन्य नागरिकका हकमा यस्तै प्रकृतिका अभियोगलाई ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही चलाइएका कैयौं उदाहरण छन्,’ नेपाल बार एसोसिएसनका महासचिव विजयप्रसाद मिश्रले कान्तिपुरसँग भने, ‘बन्दुक चलाउँदा मुस्किलले बचेको अवस्था छ । यस्तोमा सार्वजनिक अपराधअन्तर्गत मात्र कारबाही हुनु हास्यास्पद हो ।’

चितवनका प्रजिअ वसन्तराज गौतमले किटानी जाहेरी नभएका कारण शाहविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको जानकारी दिए । शाहले उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ चौधरीसँग शनिबार राति चितवन राष्ट्रिय निकुञ्जभित्रको टाइगरटप्स जंगल लजमा झगडा गरी पेस्तोलबाट ‘फायरिङ’ गरेका थिए ।

यसअघि जिल्ला प्रहरी कार्यालय चितवनबाट जारी गरिएको पक्राउ पुर्जी पोखरा लगेर शाहलाई बुझाइएको थियो । कास्कीका प्रहरी प्रमुख एसपी पुष्कर कार्कीले साढे १२ बजे शाह बसेको रिसोर्टको कोठामा छिरेर पक्राउको खबर दिएका थिए ।

‘पक्राउ पुर्जीको जानकारी दिएपछि ‘ए ठीकै छ, अब मैले के गर्नुपर्छ’ भन्दै सामान्य रूपमा लिए,’ एसपी कार्कीले कान्तिपुरसँग भने, ‘पक्राउ आदेश छ भनेपछि ‘कागज आउँछ’ भनी उनले जिज्ञासा राखेका थिए ।’

पक्राउ’bout सूचित गरेको करिब चार घन्टापछि मात्र शाहलाई रिसोर्टबाट निकाल्न सकिएको थियो । ‘उनले कानुनी सल्लाह लिएको र खाना वा अन्य तयारीका कारण केही समय लागेको हो,’ कार्कीले बताए ।

प्रहरी पुगेपछि शाह अघिल्लो दिन आएका ३/४ जना सहयोगीका साथ कोठामै बसेका थिए । उनले खाना नखाई र पटक-पटक बाथरुम जाने गरेर चार घन्टा बिताएका थिए । पक्राउ पुर्जी दिइएपछि उनी आफ्नै कोठामा बसिरहे भने प्रहरीले बाहिर लबीमा पर्खियो । शाहले निस्कने क्रममा ‘धेरै प्रहरी जानुपर्छ र ?’ भनी सोधेको एक प्रहरीले बताए ।

उनले स्वास्थ्यका कारण गाडीमा हिँड्न अस्वीकार गरेका थिए । सरकारले पक्राउ परेकालाई अहिलेसम्म हेलिकप्टरमा नलगेका कारण शाह आफैंले हेलिकप्टर मगाउँछु भनेका थिए । स्रोतका अनुसार हेलिकप्टर खर्च शाहले नै बेहोर्ने भएका छन् । आफूलाई मुटुसम्बन्धी समस्या भएकाले चिकित्सकको सल्लाहअनुसारै गाडी नचढ्ने उनको भनाइ थियो । शाहले भरतपुरतर्फ उड्नुअघि नै त्यहाँ उनका चिकित्सक र कानुनी सल्लाहकार पुग्ने व्यवस्था मिलाएका थिए ।

शाहलाई लिन पौने चार बजे आएको फिस्टेल एयरको हेलिकप्टर ४५ मिनेटपछि मात्र उड्न सकेको थियो । शाहलाई गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी केशव अधिकारी र इन्स्पेक्टर सुनील मल्लले भरतपुरस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा ओरालेका थिए ।

घटना क्षेत्र चितवनमा पर्ने भएकाले शाहलाई मंगलबार पोखरामा बयान लिने वा सोधपुछ गर्ने काम भएन । ‘कारबाहीको सबै प्रक्रिया चितवनबाटै हुन्छ,’ एसपी कार्कीले भने ।

चितवन जिल्ला प्रहरी कार्यालयमा भने मेघौली विमानस्थल इकाईका प्रहरी सहायक निरीक्षकका नामबाट उजुरी दर्ता भएको हो । आइतबार र सोमबार टाइगरटप्समा पुगेको प्रहरी टोलीले गरेको सार्वजनिक मुचुल्काका आधारमा प्रहरीकै नामबाट उजुरी दर्ता गरिएको थियो । जिल्ला प्रहरी चितवनले ‘काठमाडौं महानगरपालिका वडा नं-३ स्थित निर्मल निवास बस्ने तपाईं पारस शाहले टाइगरटप्स होटलका पाहुना रुवेल चौधरीलाई सामान्य अवस्थामै तर्साउन हतियार चलाएको’ भन्ने मनसायको उजुरी लेखेको स्रोतले जनायो ।

चितवन प्रहरी कार्यालयले भने आफूहरूले त्यस’bout केही भन्न नमिल्ने जनायो । ‘यस’bout हामीले केही भन्न मिल्दैन,’ जिप्रकाका डीएसपी एवं गोली काण्डका छानबिन अधिकृत रविराज खड्काले कान्तिपुरसँग भने, ‘अनुसन्धान जारी छ । हामीले त भन्नै मिल्दैन ।

एकै ठाउँबाट मात्रै सूचना दिनु भन्ने माथिको आदेश छ ।’ पूर्वयुवराज शाह यसअघि संगीतकार प्रवीण गुरुङको हत्या, अनेक गोली काण्ड र कुटपिटका घटनामा मुछिए पनि कारबाहीमा परेका थिएनन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: