पशुपति क्षेत्र दुव्र्यसनको केन्द्र

सन्तोष आचार्य
२०५१ सालबाट शिवरात्रिका बेला पशुपतिमा धुनी बालेर बस्ने जोगीसंन्यासीहरूलाई गृह मन्त्रालयमार्फत गाँजा-चरेस दिने परम्परा तोडियो। तत्कालीन गृहमन्त्री खड्गप्रसाद ओलीले राज्यबाट जोगीहरूलाई गाँजा र चरेस दिने लामो समयदेखिको प्रचलनमाथि प्रतिबन्ध लगाइदिए। भारतलगायतका मुलुकबाट पशुपतिमा शिवरात्रि मनाउन आएका जोगीहरूले यसको विरोध पनि गरे। पूजाका लागि शिवरात्रिकै दिन मन्दिर पुगेका तत्कालीन राजा वीरेन्द्रले सँगै रहेका तत्कालीन गृहमन्त्री ओलीसँग यस’bout बुझ्न खोजे। ओलीले राज्यबाटै प्रतिबन्धित मानिएको गाँजा-चरेस वितरण गैरकानुनी भएकाले आफूले रोक लगाएको बताए। त्यसपछि राजा वीरेन्द्रले भनेछन्, “गो अ हेड।”

तर, जोगीहरूलाई राज्यबाट गाँजा र चरेस उपलब्ध गराउने परम्परा भंग गरएि पनि त्यसको खासै असर परेको छैन। सरकार स्वयंले उपलब्ध गराउने गाँजा-चरेस मात्रैबाट जोगी र साधुहरू वञ्चित भएका छन्। उनीहरूले घुमाउरो तरकिाले आपनो अम्मल तृप्त त गररिहेकै छन्, सँगै सिंगो पशुपति क्षेत्र गाँजा-चरेसदेखि लागूऔषध र मदिरा बिक्री तथा सेवनको त्रिवेणी बन्न पुगेको छ।

पवित्र मानिएको पशुपति क्षेत्र क्रमशः चरेस, अफिम, ब्राउन सुगर र लागूऔषधको बिक्री तथा सेवन गर्ने थलो पनि बन्दैछ। “यहाँ थोकमा होइन, खुद्रामा लागूपदार्थ बिक्री हुन्छ,” पशुपति क्षेत्र विकास कोषका एक अधिकारी भन्छन्, “जोगी, मगन्ते र तीर्थयात्रीको भेषमा सानो परमिाणमा लागूऔषध बिक्री गर्नेहरू बग्रेल्ती देखिन थालेका छन्।” उनका अनुसार, पशुपति क्षेत्रमा गाँजा, चरेस, ब्राउन सुगर र डाइजोपाम, ब्युको नर्भिम इन्जेक्सन आदि चल्तीका औषधीजन्य लागूपदार्थहरूको बिक्री त हुन्छ नै, परसिर क्षेत्रमै दुव्र्यसनीहरूले तिनको सेवन गर्छन्। अर्थात्, अब पशुपति क्षेत्र दुव्र्यसनीहरूको सुरक्षित क्षेत्र मात्रै रहेन, त्यसका कारोबारीहरूको स्वर्गस्थल पनि बन्न पुगेको छ। जानकारहरूका अनुसार, परसिरमा दुव्र्यसनीले चाहेका लागूपदार्थ सजिलै पाउन सक्छन्।

पशुपति क्षेत्र ’roundका दुव्र्यसनीलाई समाजमा पुनःस्थापना गराउने काममा सक्रिय ‘प्रयास’ नामक गैरसरकारी संस्थाका कार्यक्रम प्रबन्धक सुरेन लामा यस क्षेत्रमा लागूपदार्थ बिक्री गर्नेहरू दुई किसिमका भएको बताउँछन्। “पहिलो, दुव्र्यसनीहरूले ठूला डिलरमार्फत लागूपदार्थ किनेर केही नाफा खाई अरूलाई बिक्री गर्छन्,” लामा भन्छन्, “अर्को, ठूला डिलरले सानालाई लागूपदार्थ बिक्री गर्छन्।” लामाका अनुसार, केही समयअघि लागूपदार्थको ‘डिलिङ्’ हुने मुख्य क्षेत्रहरूमध्ये एक तिलगंगा थियो। त्यस क्षेत्रमा प्रहरीले निगरानी बढाएपछि पशुपति क्षेत्रभित्रै यस्तो ‘डिलिङ्’ बढ्न थालेको हो।

“पशुपति क्षेत्र लागूपदार्थ सेवनकर्ताको थलो मानिन्थ्यो तर अब यो कारोबारीहरूको केन्द्र पनि बन्दै गएको छ,” नेपाल प्रहरीको लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन एकाइ, नयाँ बानेश्वरका डीएसपी दिवस उदास भन्छन्, “हामीले लागूपदार्थ आपूर्ति र खपत हुने राजधानीका संवेदनशील स्थानमध्ये पशुपति क्षेत्रलाई पनि लिएका छौँ, यस क्षेत्रमा लागूपदार्थ आपूर्ति गर्ने गिरोहमाथि हाम्रो नजर छ, यसका लागि सुराक परचिालन पनि गरेका छौँ।” केही समयपहिले प्रहरीले जोगीको भेषमा गाँजा, चरेस र औषधीजन्य लागूपदार्थ बिक्री गर्ने गिरोह नै पक्राउ गरेको थियो।

स्रोतका अनुसार, पशुपति परसिरमा विशेष गरी आर्यघाटपार िराममन्दिर, सूर्यघाट, मृगस्थली, वनकाली, भुवनेश्वरी मन्दिर, विश्वरूप मन्दिर आदि लागूपदार्थको बिक्री र सेवन हुने प्रमुख ठाउँ हुन्। घुमन्ते, साधु र माग्नेको भेषमा कारोबारीहरूले लागूपदार्थ बिक्री गर्दै आएका स्रोत बताउँछ। पशुपति परसिरले पूर्वमा धोबीखोला, पश्चिममा एयरपोर्ट, उत्तरमा पिंगलस्थान र दक्षिणमा गौरीघाटसम्मको क्षेत्र ओगटेको छ।

पशुपतिमा बिक्री गरनिे गाँजा-चरेस बारा, पर्सा, पनौती, साँखु, धादिङ, मकवानपुर र सुदूरपश्चिमबाट भित्रिइने कारोबारमा संलग्नहरू बताउँछन्। प्रोक्सोविन, आइरोक्सिवन, डेनिम, अल्फाजोलम, इरासेक्स तथा नरफिन, नाइट्रोसन, नाइट्रोभेट, नेपेक्स, सिनोल, टिडिजेसिकजस्ता लागूऔषध तथा इन्जेक्सन वीरगन्ज र भैरहवा हुँदै भारतबाट भित्र्याइन्छन्। कारोबारीहरूका अनुसार, यस्ता पदार्थहरू विशेषगरी रात्रिबसहरूबाट काठमाडौँ ओसारन्िछन्।

परसिरलाई लागूपदार्थमुक्त बनाउन पशुपति क्षेत्र विकास कोषले सिन्कोसमेत भाँच्न नसकेको आरोप नयाँ होइन। यो क्षेत्र वर्षौंदेखि लागूपदार्थ दुव्र्यसनीहरूको सुरक्षित थलो रहेको कोषलाई पनि थाहा छ। “कोषलाई आफ्नो क्षेत्र लागूपदार्थ बिक्री, सेवन र प्रयोगको केन्द्र बनेको थाहा छ,” कोषका एक अधिकारी भन्छन्। उनका अनुसार, आफ्नो क्षेत्रभित्र रहेका केही भट्टीहरूलाई मदिरा नबेच भन्नसमेत डराउने कोषले लागूपदार्थ बिक्री गर्ने माफियाहरूको नियन्त्रणमा रहेको पशुपति क्षेत्रलाई मुक्त गर्न सक्छ भन्ने विश्वास कसैलाई पनि छैन।

कोषका सदस्य-सचिव सुशील नाहटा पनि पशुपति क्षेत्र विविध खालका विकृति र विसंगतिको अखडा बन्दै गएको अस्वीकार गर्दैनन्। “पशुपति क्षेत्र लागूपदार्थ बिक्रीको केन्द्र बनेको कुरा हाम्रो जानकारीमा छ,” नाहटा भन्छन्, “हामीले प्रहरी प्रशासन र सरकारको गुप्तचर निकायलाई पनि अवगत गराइसकेका छौँ।” प्रशासनलाई सूचना र सहयोग दिएर पशुपति क्षेत्रलाई सबै खालका दुव्र्यसनी र कारोबारीबाट मुक्त राख्ने प्रयास भइरहेको नाहटाको दाबी छ। उनका अनुसार, दुव्र्यसनी र कारोबारीहरू जोगी, मगन्ते, तीर्थालु र भक्तको आवरणमा आउने हुनाले प्रहरीलाई खानतलासीमा समस्या हुन्छ। त्यसैको फाइदा उठाएका छन् कारोबारी र दुव्र्यसनीहरूले।

मन्दिरको भेटी र दानदक्षिणालाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्न नसकिरहेको कोषले यस्तो विकृति नियन्त्रण गर्न प्रत्यक्ष कारबाही गर्न सक्दैन। तर, पशुपति क्षेत्र लागूपदार्थ बिक्रीको केन्द्र बन्दै गएको स्वीकारे पनि गौशालास्िथत महानगरीय प्रहरी प्रभागसमेत निरीह देखिन्छ, यस क्षेत्रलाई लागूपदार्थ बिक्री र सेवनको थलो बन्नबाट रोक्न। महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी निरीक्षक सन्तोषसिंह राठौर भन्छन्, “यस क्षेत्रलाई लागूपदार्थ बिक्रीको केन्द्र बन्न नदिने हामीभन्दा माथिल्लो निकायको काम हो, हामीले त उसले चाहेको सहयोग गर्ने मात्र हो।” राठौरले संकेत गर्न खोजेको माथिल्लो निकाय भनेको नयाँ बानेश्वरस्िथत महानगरीय प्रहरी वृत्तको कार्यालयमा रहेको लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयन एकाइ हो।

राठौर पशुपति क्षेत्र लागूपदार्थ बिक्री गर्ने र प्रयोग गर्नेहरूको संगमस्थल बनेको स्वीकार्छन्। भन्छन्, “पशुपति क्षेत्रमा आउने दुव्र्यसनीहरूले यही क्षेत्रभित्रै लागूपदार्थ किन्ने गरेका छन्।” लागूपदार्थका कारोबारीहरूलाई पक्राउ गर्न नसके पनि दुव्र्यसनीहरूलाई बेलाबखत पक्राउ गरेको दाबी गर्छन् राठौर। जुनसुकै बेला दुव्र्यसनीहरूलाई पक्राउ गर्न सकिने भए पनि पक्राउ परेकाहरूको जिम्मा लिन कोही नआउने समस्याले पनि कठिनाइ भोग्नुपरेको प्रहरी निरीक्षक राठौर बताउँछन्। भन्छन्, “उनीहरूलाई कति दिनसम्म थुनामा राख्ने भन्ने समस्या छ।”

त्यसो त पशुपति क्षेत्रलाई दुव्र्यसनमुक्त बनाउन व्यक्तिगत पहलबाट खोलिएका सामाजिक संघसंस्थाहरूले प्रयास नगरेका होइनन्। तर, सबै प्रयास प्रभावकारी हुन सकेनन्। जस्तो ः केही समयअघि मात्रै खोलिएको पशुपतिनाथ आरती सेवा समितिले पशुपतिनाथ मन्दिर पारपिट्ट िसोह्र शिवालयमा आरती गर्न थालेपछि त्यहाँ गलत क्रियाकलाप हुन बन्द भएको छ। “साँझपख यस्ता असामाजिक काम हुने भएकाले हामीले आरती पनि साँझ नै राखेका हौँ,” समितिका अध्यक्ष जनार्दन अधिकारी भन्छन्, “हामीलाई विभिन्न आवरणमा रहेका व्यक्तिहरूले यस क्षेत्रमा सन्ध्याकालीन आरती नगर्न दबाब र धम्की दिए तर हामी पछाडि हटेनौँ।” तर, अधिकारीले भनेजस्तो विकृति र विसंगतिको अन्त्य भने भएको छैन। जस्तो कि सोह्र शिवालयको ठाउँ अहिले माथिपट्टकिोे मृगस्थलीले लिएको छ। अर्थात्, समस्या स्थानान्तरण मात्र भएको छ।

विश्वभरकिै हिन्दुहरूको पवित्र थलो मानिएको पशुपति क्षेत्रमा जरा गाड्दै गरेको विकृतिपट्ट िसम्बन्धित निकायले आँखा चिम्लेको प्रस्टै छ। नियन्त्रणको सानो उपायले पनि मन्दिर परसिर विकृतिमुक्त हुनसक्छ, जसबाट त्यसको पवित्रता मात्रै होइन, सिंगो नयाँ पुस्ता पनि जोगिने निश्चित छ।

निषेधित क्षेत्रमै आधा दर्जन भट्टी

पशुपति क्षेत्र लागूपदार्थको मात्र होइन, मदिरा बिक्री गर्ने थलो पनि बन्न पुगेको छ। सरकारले राजपत्रमै पशुपति क्षेत्रलाई ‘मांस, मदिरा निषेधित क्षेत्र’ तोकेको छ। तर, निषेधित क्षेत्रमै रक्सीभट्टीहरू बर्गेल्ती छन्। यस क्षेत्रभित्रको भुवनेश्वरी मन्दिरबाट पश्चिमतिर लाग्ने हो भने आधा दर्जन भट्टीहरू देखिन्छन्। “राती झै-झगडा नभएको दिन नै छैन,” एक स्थानीय महिला भन्छिन्, “भट्टीहरू हट्ने हो भने लागूपदार्थ दुव्र्यसनीको आवतजावत पनि कम हुन्छ।”

पशुपति क्षेत्रमा भट्टी सञ्चालनले पारेको नकारात्मक प्रभाव कम गर्ने अभियानमा छन्, महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी निरीक्षक सन्तोषसिंह राठौर। पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरेर यस क्षेत्रलाई मदिरा निषेधित बनाउने तरखरमा आफू जुटेको उनको दाबी छ। भन्छन्, “पछिल्लो बालाचतुर्दशीदेखि नै पशुपति क्षेत्रभित्रका भट्टीहरूमा मदिरा बेच्न निषेध गरेको छु।” विगतमा खुला रूपमा मदिरा बिक्री गर्दै आएका यहाँका भट्टीहरूमा अहिले लुकीचोरी कारोबार हुन्छ।

कोष यस्ता भट्टीहरू हटाउन असमर्थ भएपछि प्रहरी प्रशासनलाई गुहार्न पुगेको हो। “कोषले यस्ता भट्टीविरुद्घ न कारबाही गर्न सक्छ, न त हस्तक्षेप नै,” कोषका सदस्य-सचिव सुशील नाहटा भन्छन्, “परम्परागत जात्रा, पूजा, पर्वका लागि आवश्यक पर्ने मांस र मदिरामा हामी हस्तक्षेप गर्न चाहँदैनौँ।”

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: