रङकर्मी

– रीता राई

रङगकर्मका ती पुराना दिन : आज भन्दा १४-१५ वर्ष अघी धनकुटातिर यसरी नाटक गरिन्थ्यो । रङगकर्मको यात्रामा देशका बिभिन्न ठाउँ लगायत नेपाल प्रज्ञा प्रतिस्ठान को अत्याधुनिक मन्च,ध्वनी,प्रकाश र प्रेक्ष्यालयमा समेत नाटक गर्न पुगिएछ । तिनिहरुले यस्ता खाले अब्यवस्थित स्टेजहरुलाई गिज्याउँदा होलान् तर रङ्गकर्मका प्रारम्भिक दिनहरु भएकाले आफुलाई भने तिनै गाउघर,दियालो-टुकी,र स्कुल-कलेजतिर नाटक गर्दाका क्षणहरु नै रोमान्चक लाग्दारहेछन् । २०५३ सालतिर धनकुटा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको स्वागत कार्यक्रममा मन्चित नाटक ” प्रेरणा ” को यो फोटो तत्कालिन मेरो समुहकी अनुशासित कलाकार,धनकुटाकी रङ्गकर्मी शैलजा वाग्ले ले TAG गरिछ्न् । ती पुराना दिन सम्झेर भित्र भित्रै रोमान्चित हुँदैछु । क्याम्पसका आधुनिक विद्यार्थीहरुको कथामा आधारित उक्त नाटक ” प्रेरणा ” ले त्यो समय निक्कै चर्चा पनि बटुलेको थियो । त्यतिबेला हाम्रो समुहलाई क्याम्पसका सबै विद्यार्थी संगठनहरु- ने.वी.संघ.अनेरास्ववियु,राप्रविसंघ,स्ववियु लगायत हरुले आफ्ना स्वागत,बिदाइ,वार्षिक तथा बिभिन्न खाले कार्यक्रमहरुमा नाटक गरिदिन आग्रह गर्दथे, र हामीलाई रिहर्शल खर्च उनिहरुले नै उपलब्ध गराउँथे । रङ्गकर्मी शैलजा वाग्ले लाई मुरी-मुरी धन्यवाद एउटा मिठो अतित ब्यूँझाइदिएकोमा ।।।

नाटक प्रस्तुत गर्दै

टिप्पणी छोड्नुहोस्