पूर्वयुवराज पारसले गोली चलाए

पूर्वयुवराज पारस शाह

काठमाडौं, २६ मंसिर

पूर्वयुवराज पारस शाहले परराष्ट्रमन्त्री सुजाता कोइरालाका छोरी ज्वाइँमाथि लक्षित गर्दै गोली चलाएका छन् ।

चितवन घुम्न गएका बेला टाइगर टप होटलमा शनिबार राति बसिरहेका बेला पारसले उनीहरूलाई लक्षित गरेर गोली चलाएका थिए । सुजाताकी छोरी मेलानी र ज्वाइँ रुवेल पनि सोही होटलमा रहेका बेला सामान्य भनाभनका क्रममा पारसले गोली चलाएको स्रोतले जनाएको छ । “तेरो हजुरबुवा गिरिजाप्रसाद कोइरालाले नै नेपालको राजतन्त्र फाल्यो,” पारसको भनाइ उदृत गर्दै स्रोतले भन्यो, “त्यसैले कोइराला परिवारलाई यहीँ सिध्याउँछु ।” राति पारसले गोली चलाएपछि होटलका कर्मचारीले मेलानी र रुवेललाई त्यहाँबाट भगाएर रातभरि होटल बाहिर राखेका थिए । मेलानी र रुवेललाई आइतबार बिहान होटलका कर्मचारीले गंगादेवी चौधरी उद्योगग्राम पु¥याएको स्रोतले जानकारी दिएको छ । उनीहरू सोमबार मात्र राजधानी फर्किने भएका छन् । पारस पनि परिवारका साथ चितवन घुम्न गएका थिए । पछिल्लो समयमा सामाजिक कार्यमा संलग्न हिमानीसँगै पारस त्यहाँ पुगेको स्रोतले जनाएको छ । नेपालमा राजतन्त्रको अन्त्यपछि सिंगापुर बस्दै आएका पारस केही महिनादेखि नेपालमै रहेका छन् । उनले नेपालमा राजसंस्था अझै पनि नसकिएको अभिव्यक्ति यसअघि पनि दिँदै आएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: