धर्मा

मनिषा अभिनित नेपाली दोश्रो नेपाली चलचित्र


झन्डै दुई दशकपछि नेपाली चलचित्रका दर्शकले मनीषा कोइरालालाई नेपाली चलचित्रमा फेरि एकपटक हेर्न पाउने भएका छन् । आजै देशव्यापी रूपमा सार्वजनिक हुन लागेको चलचित्र ‘धर्मा’ मा मनीषा केन्द्रीय भूमिकामा छिन् । बलिउडमा चर्चाको शिखरमा पुगेकी यी नेपाली नायिकाले अभिनय गरेको चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको श्रेणी राखिएको छ । राजेश हमाल, निखिल उप्रेती, अनु शाह, शंकर आचार्य, माधव आचार्य, गजित विष्ट आदि कलाकारले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको यो चलचित्रबाट संयोग पोखरेलले नायकका रूपमा डेब्यु गरेका छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रमा मनीषा र राजेश पति-पत्नीका रूपमा देखा पछर् न् । खलतत्वले उनीहरूलाई सताउन थाले पछि चलचित्रमा द्वन्द्व सुरु हुन्छ ।

श्रीमान्लाई साथ दिँदै पतिव्रता नारीले अन्ततः असत्यमाथि विजय हासिल गर्छिन् । कथा यति मात्र भए पनि चलचित्रको प्रस्तुतिलाई कर्मचारीतन्त्रको भष्टाचारमा केन्दि्रत गरिएको छ । त्यसैले यो चलचित्रलाई सेन्सरले दुई पटक हेरेर मात्र सार्वजनिक प्रदर्शनको अनुमति दिएको थियो । डा. दुर्गा पोखरेलले निर्माण गरेको चलचित्र ‘धर्मा’ मा राजुविक्रम थापाको छायांकन एवं हरि लम्सालको संगीत छ । यो चलचित्रमा सूर्य ठाकुरको द्वन्द्व, उगेश रायमाझीको लेखन तथा रिनेशा राई र कृष्ण अछामीको नृत्य निदेर् शन हेर्न-सुन्न पाइन्छ । चलचित्रमा नायिका रेजिना उप्रेतीले एउटा आइटम डान्स गरेकी छिन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: