नेपालमै बाइक रेसिङ

विदुर खतिवडा

मोटरसाइकल रेसिङ हेर्दा कति मज्जा भयो त ? रेसिङ हेरिरहेका १९ वर्षीय किशोर रिवेल पाण्डेले भनें- ‘गजब मज्जा आयो नि, टिभिमा हेरेको भन्दा ‘लाइभ’ हेरेको अझ रोमाञ्चक हुँदो रहेछ ।’ रिवेल आफैं पनि मोटरसाइकल रेसिङका पारखी हुन्, तर उनको एउटै गुनासो छ, काठमाडौंमा रेसिङ ट्रयाक छैन, उनले थपे-‘सेफि्ट ड्राइभका लागि ट्रयाक भैदिएको भए, हामीले पनि राम्रोसँग प्राक्टिस गर्न पाउँथ्यौं ।’

स्पोर्टी लुक दिन मोटरसाइकललाई मोडिफाइ गर्न भ्याएका रिवेल रेसिङ च्यालेन्जिङ भए पनि एड्भेन्चरस भएको बताउँछन् । ‘अर्को वर्ष हामी पनि प्रतिस्पर्धामा सहभागी हुने योजनामा छौं’ एक हुल साथीतर्फ इंगित गर्दै रिवेलले भनें- ‘हाम्रो प्राक्टिस चलिरहेको छ ।’ पाण्डेसहितका केही किशोर मो टरसाइकल रेसिङ र स्टन्टका लागि नै चोभार जाने गरेको उनले जानकारी दिए तर चोभारको स्टन्ट जोखिमपूर्ण रहेको उनका साथी लाक्पा सोनाम लामाले बताए ।

गत साता काठमाडौंमा ‘यामाहा राइड टेक च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भयो । रिवेल र लाक्पा जस्ता युवाहरूका निम्ति महोत्सव बनेको वाइक रेसिङ तथा स्टन्ट सोमा थुप्रै नेपाली युवाले आफ्नो मोटरसाइकल कला प्रस्तुत गरेका थिए । दोस्रो संस्करणको उक्त कार्यक्रममा राजधानीसहित मुलुकका विभिन्न स्थानका युवा बाइक रेसरको सहभागिता थियो ।

हजारौं दर्शक सहभागी भएको रामशाहपथ बग्गीखानास्थित नेसनल ट्रेडिङ लिमिटेडको ट्रयाकमा ९३ जना युवाले स्पीड, ब्यालेन्स र सेफराइडिङको कला देखाउँदै प्रतिस्पर्धा गरेका थिए । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक मोरङ अटो वक्र्सको प्रायोजन तथा स्टन्ट प्रदर्शन गर्ने समूह टिम नेमिसिसको आयोजनामा राइड टेक च्यालेन्ज-२ सम्पन्न भएको हो, जसमा भारतका प्रोफेसनल बाइक राइडर फरहाद खान कार्यक्रमका प्रमुख आकर्षण थिए । रेसिगं कोर्स बनाउनेदेखि निणर्ायकको भूमिकासमेत निर्वाह गरेका फरहादले उत्कृष्ट स्टन्ट पनि प्रदर्शन गरे । राइड टेक च्यालेन्जमा रेसिङका अतिरिक्त टिम नेमिसिसका सदस्यहरूले स्टन्ट देखाएका थिए । प्रतियोगितामा यामाहाका आर वान फाइभ तथा एफजेड वाइक उपभोक्तालाई मात्र सहभागी हुन दिइएको थियो ।

यामाहा राइड टेक मोटरसाइकल रेसिङमा उत्कृष्ट कला प्रदर्शन गर्दै आर वान फाइभ मोटरसाइकलतर्फको रेसिगंको विजेता बने- समर मानन्धर । त्यस्तै एफजेड मोटरसाइकल रेसिंगमा मनिष श्रेष्ठले उपाधि चुमे । ‘हजारौं दर्शकका बीचमा रेसिगंमा उपाधि चुम्दा खुसीले दंग छु’ उपाधि जितेपछि समरले साप्ताहिकलाई बताए । टायर राखेर बनाइएको रेसिगं कोर्समा बाइकलाई ब्यालेन्स, स्पीड र सेफ राइडिंग गरेर उपाधि जितेको उनले बताए । उनलाई पछ्याउने डिफेन्डिग च्याम्पियन आसुतोष पाण्डे आठौं ल्यापमा चिप्लिएपछि समरलाई रेस जित्न सहज भयो । ‘ऐना नियाल्दै अघि बढेको थिए, मेरो जितको आधार ऐना नै बन्यो’ उनले भनें- ‘आशुतोषलाई ओभरटेक गर्न नदिने मेरो योजना थियो, आठौं ल्यापमा उनी चिप्लिए ।’ बागडोल निवासी २१ वर्षीय समरले सानैदेखि बाइकमा प्रति लगाव राख्दै आएका छन् । ‘म संगीत छोडेर मोटरसाइकल रेसमा लागेको हुँ’ स्नातक अध्ययन पूरा गरेका समरले भनें- ‘अब चेन्नाइ जाने सपना पूरा भएको छ ।’ समरले ६ कक्षादेखि बाइक चलाउन थालेका हुन् ।

एफजेड बाइकतर्फ उपाधि जितेका मनिषले सुरुदेखि नै अग्रता लिएका थिए । उनलाई पछ्याएका दुई खेलाडीको बाइक बीचमै क्र्यास भएपछि मनिषले सहजै उपाधी चुमे । गतवर्ष सेमिफाइनलमा पुगेर तृतीय भएका मनिषले कडा मेहनतपछि यसपटक सफलता हासिल गरेको बताए । यसपटक जितेरै छोड्छु भन्ने विश्वास लिएर प्रतिस्पर्धामा आएको थिएँ, मनिषले भनें, पोहोरको पिडा यसपटकको सफलताले बिर्साएको छ । २० वर्षीय मनिष मो टरसाइकल रेसका पारखी हुन् । उनलाई मोटरसाइकल रेसका लागि परिवारले पनि सहयोग गर्दै आएको छ । यि दुइ विजेताले भारतको चेन्नाइमा हुने ‘यामाहा चेन्नाइ रेसिङ च्याम्पियनसिप-२०११’ म्ाा सहभागिता जनाउने अवसर पाउनेछन् । आर वान फाइभतर्फ बेन्जामिन गौतम दोस्रो तथा प्रसान्त तिमल्सिना तेस्रो भए । यस्तै एफजेडतर्फ करण खतिवडा र विवेक कुमार मन्डल दोस्रो र तेस्रो भएका थिए ।

सुरक्षित मोटरसाइकल सवारीको कला देखाउन यसप्रकारको कार्यक्रम आयोजित गरिएको यामाहाका मिडिया म्यानेजर केशव अर्यालले बताए । ‘सुरक्षित ढंगले मोटरसाइकलमा कला देखाउन सकिन्छ, भन्ने पुष्टि गर्न खोजेका थियौं’ अर्यालले भनें- ‘सफल भएका छौं ।’ प्रतियोगितामा सानो तिनो दुर्घटना भए पनि सुरक्षाका सबै उपाय अपनाइने भएकाले ठूलो दुर्घटना हत्तपत्त नहुने उनले बताए । राइडटेकमा १८ वर्ष पूरा गरेका युवाहरूले अवसर पाएका थिए । दुर्घटना निम्तिन सक्ने खतरालाई मध्यनजर गरेर यामाहाले प्रति खेलाडी दुई लाख रुपैयाँको बिमा गराएको थियो ।

प्रतियोगिता ४ चरणमा सम्पन्न भएको थियो, पहिलो नकआउट, दोस्रो क्वाटरफाइनल, तेस्रो सेमिफाइनल र चौथो फाइनल । पहिलो र दोस्रो चरणमा ४ ल्यापमा रेस गराइएको थियो, त्यस्तै सेमिफाइनल ६ ल्यापमा र फाइनल १० ल्यापमा सम्पन्न भएको थियो । यामाहाका व्यावसायिक रेसर फरहाद खानले प्रतियोगिता अगावैदेखि रेसिंग कोर्स, कुशलता एवं सुरक्षाका सम्बन्धमा प्रतियोगीहरूलाई जानकारी दिएका थिए । मोटरसाइकल रेसिङमा ट्रयाकको दँरी ३ सय मिटर थियो । घरेलु प्रतियोगिता भएकाले युवाहरू प्रतियोगिताबाट उत्साहित देखिन्थे ।

यामाहाले नेपाली युवाहरूको बाइक रेसिङको चाहना बुझेर यसप्रकारको प्रतियोगिता आयोजना गरेको मिडिया म्यानेजर अर्यालले बताए । गतवर्ष सातदोबाटोमा पहिलो सिजन सम्पन्न गरिएको थियो । यस्तै गत बैशाखमा नारायणघाटमा यामाहा स्टन्ट सो पनि भएको थियो । गत वर्षको सिजनमा भारतकी प्रोफेसनल राइडर एलिसा अब्दुल्लाह पनि सहभागी थिइन् । अर्यालका अनुसार काठमाडौं बाहिर भनें राइड टेकका लागि पर्याप्त ट्रयाक भएकाले भविष्यमा अन्तराष्ट्रिय प्रतियोगिताको सम्भावना छ । ‘अब दुई जना खेलाडीका लागि चाहिने सबै सामग्रीदेखि चेन्नाई जाने आउने बस्ने खर्च मोरङ अटो वक्र्सले बेहोर्ने छ ।’ अर्याल भन्छन्- ‘वर्षमा दुई जना खेलाडी छनौट गरेर पठाउने जिम्मेवारी हाम्रो हो ।’

मोटरसाइकल रेसिङमा ट्यालेन्ट भएर पनि ट्रयाकमा चलाउन छुट्टै किसिमको अभ्यास आवश्यक छ । अर्यालका अनुसार स्पीडमा कुदाउने मात्र होइन्, स्पीड कन्ट्रोल गरेर ट्रयाकमा कुदाउन सक्ने हुनुपर्छ । चेन्नाइ प्रतियोगितामा भाग लिनु अगावै यहाँबाट छनौट भएका खेलाडीलाई २-३ दिन त्यहाँको ट्रयाकमा अभ्यास गराइन्छ ।

नेपालका टिनएजरहरूमा मोटरसाइकल मोह बढ्दै गएको पाइन्छ । स्पोर्टी लुकका बाइकमा हुइकिने युवाहरू नै रेसिङका पारखी हुन्छन् । पहिलो प्रतियो गिताभन्दा त्यसपछिको प्रतियोगितामा चासो ह्वात्तै बढेको मोरङ अटोका अर्याल बताउँछन् । ‘यसपटक ७० भन्दा बढीलाई नलिने योजना थियो, र्फम लिन आउने नै सयौं थिए, त्यसमा सर्टलिस्ट गरेर ९३ जना छनौट गरिएको थियो,’ अर्यालले बताए । छनौट भएकाहरूलाई सुरक्षित प्रतिस्पर्धाका लागि रेस कोर्समा कसरी अगाडि बढ्ने भन्ने कुरा सिकाइएको थियो ।

विकसित देशमा हुने मोटरबाइक रेस ‘मोटाजीपी’ टेलिभिजनमा हेर्ने बानी परेका नेपाली राइडरका लागि घरेलु प्रतिस्पर्धाले नयाँ अनुभव दिएको अर्यालले बताए । मेहनतका साथ सफा गरिएको कृत्रिम ट्रयाकमा यामाहाले सेफ्टीका लागि दिएको सामान्य रेस र्‍याकेट, नि- गार्ड तथा एल्बो गार्ड लगाएर खे लाडीहरू मैदानमा उत्रिएका थिए ।

स्टन्ट

टिम नेमिसिसका मोटरसाइकल राइडरहरूले कार्यक्रममा विभिन्न स्टन्ट देखाएका थिए । टिम नेमिसिसका स्टन्ट किङ तथा कोअर्डिनेटर सुवीन्द्र मानन्धरसहित आधा दर्जन खेलाडी सहभागी टिमले विभिन्न शीर्षकमा स्टन्ट देखाएको थियो । स्टपी अर्थात मोटरसाइकलको पछाडिको टायर उठाउने, हि्वली अर्थात् अगाडिको टायर उठाउने, स्वीच्ड ब्याक बर्नआउट अर्थात् सिटमा उल्टो फर्केर बस्ने अनि पछाडिको पाङ्ग्रा घुमाउने, सुसाइड बर्न आउट अर्थात् वाइकको हेन्डिल अगाडि बसेर उल्टो फर्केर पछाडिको पाङ्ग्रा घुमाउने, ट्याङ स्ट्यान्ड वान हेन्ड वर्नआउट अर्थात् बाइक स्ट्यान्डमा राखेर एउटा हातले एक्सिलेटर र ब्रेकमा पावर दिएर ब्रेक लक गरी पछाडिको पाङ्ग्रा घुमाउने, चेन स अर्थात् बाइकलाई मज्जाले ढल्काउने अनि गोलो बनाएर घुमाउने (यसमा एक्सिलेटरको मुख्य भूमिका हुन्छ) स्टन्डका प्रमुख आकर्षण रहे । क्राइस्ट स्ट्यान्ड, बाइक कुदिरहेको बेला जिसस क्राइष्टको आकारमा उभिने, क्रस वान ह्यान्ड स्टपी अर्थात् इन्डो, दाहिने हातको सट्टादेब्रे हातले क्रस गरेर पछाडि पाङ्ग्रा उठाउने कला पनि उक्त अवसरमा प्रदर्शन गरिए । स्टन्ट सोमा नुन्छा राई, छिरिङ खुन्जुक ठकुरी, ज्याक्सन घले, प्रतीक थापा, आयुश धौभडेल सहभागी थिए । उक्त अवसरमा भारतका प्रोफेसनल राइडर फरहाद खानले पनि विभिन्न किसिमका नौला स्टन्ट देखाएका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: