बाटोमुनिको फुल

गायकद्वय यशकुमार र नायिका रेखा थापा


यो चलचित्रमार्फत गायनकलाबाट ख्याति कमाएका गायकद्वय यशकुमार र बाबु बोगटी नायकका रूपमा पदार्पण हुँदैछन् । चलचित्रमा राजेश हमाल पनि छन् । उनको भूमिका कस्तो छ भन्ने विषयमा भने केही बताइएको छैन, ’cause हमाल चलचित्रका नायक होइनन् । बुधबार प्रथम प्रदर्शन गरिएको यो चलचित्रलाई बहुप्रतिक्षित चलचित्र भनिएको छ । आज शुक्रबार देशभरिका प्रमुख सहरहरूबाट एकसाथ ‘बाटोमुनिको फुल’ सार्वजनिक हुँदैछ । चलचित्रका प्रस्तुतकर्ता, संगीतकार, कथाकार, गीतकार तथा नायक यशकुमार नै हुन् । यस अर्थमा चलचित्रमा उनी हाबी भएको अनुमान गर्न सकिन्छ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्र ‘बाटोमुनिको फूल’मा समाजका दुई वर्गबीचको अन्तर केलाइएको छ । जातपातका ’boutमा समाज जागरूक भैरहेको सन्दर्भमा चलचित्रमा समाजबाट तथाकथित तल्लो जात मानिएको परिवारको प्रतिनिधित्व गरेका नायक तथा आफूलाई उपल्लो जात भनेर गर्व गर्ने परिवारको इज्जत मानिएकी नायिका बीचको प्रगाढ प्रेम सम्बन्धलाई नौलो ढंगबाट प्रस्तुत गरिएको छ ।

सञ्जय लामाको छायांकन तथा विपिन मल्लको सम्पादन पक्ष उत्कृष्ट मानिएको यो चलचित्रमा रेखा थापा नायिका छिन् । यश र रेखाका अतिरिक्त बाबु बोगटीकी जोडी भएर नायिका नन्दिता केसीले अभिनय गरेकी छिन् । बाबुको पहिलो चर्चित गीत ‘सान्नानी’को म्युजिक भिडियोमा यी दुईको ‘केमेस्ट्री’ सुहाएको बताइएको थियो । यशको संगीतमा चलचित्र ‘बाटोमुनिको फूल’का केही गीत चर्चामा पनि छन् । यो चलचित्रले व्यावसायिक सफलता पाउने थुप्रै सम्भावना छ । बलिउडबाट पनि यो साता कुनै चर्चित चलचित्र सार्वजनिक नहुनुले ‘बाटोमुनिको फूल’ लाई नै सघाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: