खेलाडीको सामीप्यमा रमाउछिन् सारापोभा मनोरञ्जन

मारिया सारापोभा


लसएन्जलस । लसएन्जलस लाकर्सका २६ बषिर्य गार्ड सासा भुजासिकले रुसी टेनिस सुन्दरी मारिया सारापोभासाग झन्डै एक वर्षदेखि चल्दै आएको रोमान्सलाई विवाहको रूप दिने योजना आफ्ना प्रेमिकासाग सल्लाह नै नगरी बनाएका थिए । त्यसैले उनले दुई लाख ५० हजार अमेरिकी डलर पर्ने हीराको औठी पनि कसैलाई थाहै नदिई किनेका थिए ।
‘उसले -भुजासिक) ले मलाई अति नै आश्चर्यमा पारे । म साँच्चै नै धेरै भाग्यमानी रहेछु,’ २३ बषिर्य सारापोभाले ऐजेन्सीसाग भनिन् । सर्बियामा जन्मेका बास्केटबल स्टारले १९ अक्टोबरमा क्यालिफोर्नियाको मानहाटनबीचस्थित आफ्नै निवासमा सारापोभालाई महागो हिरोका औठी लगाइदिदै विवाहको प्रस्ताव राखेका थिए जसलाई सारापोभाले सहजै स्विकारिन् ।
‘त्यो मेरो जीवनको विशेष र सम्झनलायक साँझ थियो,’ ग्रान्डस्लाम च्याम्पियनले भनिन्, ‘मैले जीवनमा सम्भिmरहने घटनामध्ये त्यो पनि एक हो, त्यो साह्रै मिठासपूर्ण साँझ थियो ।’
ज्वेलेरी विशेषज्ञ माइकल ओ कर्नरका अनुसार सारापोभाले इन्गेजमेन्टमा पहिरिएकी औठी ७ देखि ८ क्यारेटको कसन कट हीरा हो । प्लाटिनियमले मोडिएको सो औाठीको बजार भाउ दुई लाख ५० हजार अमेरिकी डलर हो । सो औठी भुजासिकले नै खरिद गरेको सारापोभाले समेत बताइन्, ‘भगवानलाई धन्यवाद, मेरा भावी पतिको रोजाइ अति राम्रो छ । उनले राम्रो काम गरे ।’ विश्व खेलकुदका शक्तिशाली जोडीले कहिले बिहे गर्ने भन्ने टुंगो भने लगाइसकेका छैनन् । ‘हामी समय लिन्छौं,’ सारापोभाले भनिन्, ‘अहिले हामी इन्गेजमेन्टबाटै खुसी छौं । हामी अहिले जे गर्दै छौं, त्यसमा नै ध्यान दिन चाहन्छौं तथा हामी धेरै स्थानमा घुम्ने पनि छौं । हामी एकअर्काको नजिकमा नै रमाइरहेका छौं ।’ उनीहरूको रोमान्स कस्तो छ त ? ‘उनी मेरा लागि बनेका हुन्,’ उनले भनिन्, ‘भेटको सुरुवाती दिनदेखि नै उनी मलाई सम्मान गर्छन् तथा मेरो जीवनशैली बुझेका छन् ।
हामी दुवै स्वतन्त्र व्यक्ति हौं, हाम्रो करियरले नै त्यही खोज्छ, तर अहिले हामी एकअर्काको सामिप्यमा रमाउाछौं तथा नजिक हुदा शक्तिशाली बनेको भान हुन्छ ।’ साथै उनले आफ्नो बिहेमा लगाउने जुत्ता आफै डिजाइन गर्ने पनि बताइन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: