नेपाली यूवाहरुको विदेश यात्रा

अमिर बहादुर राउत

विश्वको शिखर सगरमाथाको देश नेपाल, शान्तिका दूतका ज्ञाता बुद्धको देश नेपाल, अनेकौं सम्पदाहरुको भण्डार भएको देश नेपाल, तापनि नेपाली यूवा रोजगारको निम्ति विदेश पलायन हुनुमा रहर नभई बाध्यता जस्तै भएको छ । जसमा वैदेशिक चालखेल, राजनैतिक अन्योल, धमिलित सामाजिक वातावरण, साथै सम्पूर्ण क्रियाकलाप नियम विपरीत भई दिनाले आज यो कर्मठ नेपाली योद्धा, भावि कर्णधारहरु आफ्नो जम्मभूमी, मातृभूमी, घर परिवार, बुवा आमाको काख, साथी सँगातिहरुको हातेमालो ह्ृदयकी ती आफ्नी प्यारीको अँगालो लगाएत हिमाल, पहाड, तराईका बन, पाखा, खोला, झरनालाई चटक्क छोडि विदेशको भूमीमा रगत पसिना एक गरिरहन परेको छ । त्यति मात्र कहाँ हो र ? सयकडा तीन, पाँचको साहुजीको ऋण, खेत घर बन्दकी सम्म राखेर तीन चार लाख जम्मा गरि कहाँ जाने भन्दा सन्सारले खतरा सावित गरेको देश अफगानिस्तानमा ! जुन प्रवेश आज्ञा निशेधित देश हो ! त्यहि पनि बेरोजगारीले डामेका डोबहरुमा मलम पट्टी कस्न एउटा दलाल नाम गरेको मान्छेलाई तीन लाख पचास हजार दिएपछि यात्रा तय हुन्छ तालिवानको देशमा । दलाल भोली ! र कम्पनी राम्रो छ ! भन्ने शब्दलाई करोँडौँ पटक यौटा मान्छेमा प्रयोग गर्दछ । यहि शब्दलाई आत्मसात गर्दै कोहि भारतको बाटो हूँदै कोहि सिधा दुबई भ्रमण भिषामा आइयो । बख्राको खोरमा झैँ खाँदिएर गुन्द्रक झैँ जीवन दुबईको जुन हाम्रो जीवनको सबैभन्दा भीषण क्षण थियो । पासपोर्टमा कुनै छाप बिना हामी शरणार्थी झैं थियौं दुबईमा । दुबईको बसाई कुनै अनावृष्टि भएको ठाउँ जस्तै थियो नखाने सुविधा ! न बस्ने सुविधा ! जीवन जेलको नेलमा बाँधिएझैँ थियो । आज भोली भन्दा भन्दा कोहि एक महिना कोहि दुई महिना कोहि तीन महिना पछि कोहि काठमाण्डौ र कोहि दिल्ली हुँदै नेपाल फर्कने क्रम जारी हुन्छ ।

दिनहरु दिन भन्दा दिन कष्टकर हुँदै जान्छ र अन्त्यमा अफगानको यात्रा शुरु हुन्छ । जबर्जस्ती विना भिषा एउटा जहाजमा रिजर्भ गरी अफगानको मरुभूमीको बगरमा छोडिँदोरहेछ । जहाँ विश्वको शक्तिशाली हुँ भन्ने अमेरिकाले अफगानलाई उपनिवेश बनाई सम्पूर्ण चिज कब्जा गरि हैकम जमाएको रहेछ । यहाँ नेपालमा राणाहरुको के निरंकुश त्यसको बाउ शासन रहेछ । नियम कानुन अमेरीकन, भूमी अफगान हुँदा हुँदा यहाँपनि दलालहरुको कमिशन खाएर बचेको थोरै तलब पाइँदो रहेछ । अमेरिकन आर्मीहरुको क्याम्प भित्र हामीलाई एक प्रकारको जेल जीवन भन्दा फरक नपर्ने । खान बस्नको मनग्यै सुविधा तर वातावरण उरठलाग्दो धुलो धुवाँ लञ्चर ! बमहरुको असँख्य आवाज सिमित क्षेत्र भित्र मात्र हिँड्ने बस्ने यसले गर्दा मानसिक यातना पाए झैँ हुँदो रहेछ । पचास डिग्रीको तातो जान खोज्छ सातो ! जाडोमा अति जाडो विभिन्न ठाउँबाट रोजगार गर्न आएका मान्छेहरु मध्ये भारतीय साथिहरु पनि हुँदारहेछन् । तर उनिहरुको अमित्रवत् व्यवहारले घरी घरी पारो तातेर आउँछ । झटारो हानौँ कि झैँ लाग्छ तर तीन लाख सम्झँदा हातको झटारो हातमै रहन्छ । नेपालको यादले सताउँछ नेपाल जान मन लाग्छ तर साहुको ऋण बाँकि नै छ । घरमा बिहानै साहु आउँछ, पैसा माग्छ, बाबा र श्रीमतिले भन्छन् महिना सिध्धीनासाथ दिन्छु । महिना सिधिन्छ पैसा जान्छ तर सबै ठाउँ बाँड्दैमा सिधिन्छ । यस्तै हुँदा हुँदै दलेले खाएको पैसा तिर्नको लागी भएपनि डेड साल बस्नै पर्छ । बाध्यता यस कम्पनिको एक सालमा पठाउँछ । बल्ल बल्ल दलेको ऋण तिरेर जेल जीवन मुक्त हुन्छ ।

साथी हो यहाँ यस्तै छ चलन, मेरो भन्नु मात्र यो हो कि हामी आफ्नै देशमा सुःख दुःख बाँच्न सिक्नु नै ठूलो भलो हुनेछ । यस्तै हामी जस्तै लाखौँ लाख यूवाहरु विभीन्न मुलुकमा दर्दनाक जीवन बाँच्न बाध्य छन् । यो अफगान आउन थोरै खर्च बाहेक सबै दलेले खाँदा रहेछन् । यदि विदेश नआई नहुने हुँदा सीपमूलक काममा दक्ष बनी दलालको फन्दा बाहिरबाट प्रवेशाज्ञा भएको मुलुकमा जाँदा राम्रो भन्ने सल्लाह छ है साथि हो । सकेसम्म विदेश नआउँदा राम्रो आएमा जानबुझ गरी आउँदा राम्रो यो अफगानको मरुमूमीबाट ज्यान बचाएर नेपाल पुर्याउनु ठुलो कुरा हुन्छ । आर्थिक योगफल हिँजोकै कायम रहन्छ । नेपाली यूवाहरुको अफगान यात्रा यस्तै चलिरहन्छ । । ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: